नगरमा निशुल्क खानेपानीको व्यवस्था

नेपालगञ्ज, बैसाख,२५- सुरक्षाकर्मीलाई लक्षित गर्दै नगरका विभिन्न स्थानमा आजदेखि खानेपानीको व्यवस्था गरिएको छ । यस वर्ष अहिले सम्मकै ४१ डिग्री सेल्सियस मापन गरिएको नेपालगञ्जमा दिनप्रतिदिन गर्र्मी बढदै गएपछि पानीको माग बढदै गएको छ । डिउटीमा खटिने सुरक्षाकर्मी र सर्वसाधारण यात्रुलाई खानेपानीको समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख उमा थापामगरको विशेष पहलमा आज प्रहरी विटमा निशुल्क […]

समावेशी तथा भयरहित शिक्षाका लागि अभिमुखिकरण

नेपालगञ्ज, बैशाख,२५- बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई एक दिने समावेशी तथा भयरहित शिक्षाका बिषयमा अभिमुखिकरण गरिएको छ । परियोजना संचालन भएको गाउँपालिका भित्रका बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई आज मंगलबार एक दिने अभिमुखिकरण दिइएको हो । बिद्यालयमा बालबालिकाको सिकाईलाई भयरहित बनाई अध्ययन कार्य संचालनमा सहयोग पु¥याउन तथा केटा–केटीबीचको भेदभावाई समाप्त गरी समान शिक्षा […]

अटो रिक्सा र स्कुटी एक आपसमा ठोक्किदा ६ जना घाइते ४ जनाको अवस्था गम्भीर

के-पी-घिमिरे/ नेपालगन्ज, बैशाख,२५- नेपालगन्ज उप महानगर पालिका वाड न- १८ कारकादो यातायात कार्यालय नजिकै अटो रिक्सा र स्कुटी एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् जसमा ४ जनाको अवस्था अलि गम्भीर रहेको छ । नेपालगन्ज देखि राझा एयर्पोर्ट तर्फ जादै गरेको भे १ घ २५२८ न- को अटो रिक्सालाई सोही दिशा तर्फ जादै गरेको […]

मोदीको भ्रमणलाई राष्ट्रिय हितमा प्रयोग गर्न पूर्वप्रधानमन्त्रीहरुको सुझाव

काठमाडौं, वैशाख,२५- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्नु भएको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकाबारेमा छलफल गर्नु भएको हो । छलफलकाक्रममा पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र परिणाममुखी हुनपर्नेमा जोड दिएका थिए ।विकासको गति निकै सुस्त रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले […]

राप्तीसोनारी गाउँपालिकामा धमाधम कालोपत्रे

नेपालगन्ज, वैशाख २५- राप्तीसोनारी गाउँपालिकामा धमाधम सडक कालोपत्रे सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ८ मा कुल ८ सय १० मिटर सडक कालोपत्रे निर्माण सुरु गरिएको हो । कालोपत्रे निर्माण कार्यको मंगलबार धार्मिक विधिपुर्वक पुजाआजा र रिवन काटेर गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले विधिवत रुपमा उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै गाउँपालिका […]

व्यवसायका लागि स्वदेशमै थुप्रै अवसरः सहभागी

नेपालगञ्ज,बैशाख,२४- व्यवसाय गर्न चाहे स्वदेशमै थुप्रै अवसरहरु रहेको एक कार्यक्रममा जोड दिइएको छ । मनमा चाहना र आँट भए नेपालमै व्यवसाय गर्न सकिने अवसरहरु रहेको सोमबार नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका हुन । रोजगार तथा व्यवसाय गर्न चाहनेहरुका लागि नेपालगञ्जमा संचालन गरिएको पाँच दिने लघु उद्यम बिकास तालिमको समापनमा बोल्नेहरुले यहीँ नै […]

नियमित पठन पाठन नभएको भन्दै विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,२४- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नियमित पठन पाठन नभएको भन्दै तीन विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझएका छन । आँशिक प्राध्यापकहरुले पटक पटक आफ्ना मागहरु पूरा गर्नु पर्ने भन्दै क्याम्पसमा गर्ने गरेको आन्दोलनका कारण क्याम्पसमा पढ्ने थुप्रै विध्यार्थीहरुको पढाईमा खेलवाड गरेको भन्दै अ-ने-रा -स्व – व्यु- , ने – बि – संघ , […]

संस्थागत शुल्क निर्धारण लगायतको पहल

नेपालगञ्ज,बैशाख,२४- नेपालगञ्ज उपमहानगरपालिकामा संस्थागत विद्यालयहरुको शुल्क निर्धारण गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विभिन्न शुल्क तथा पाठयपुस्तक निर्धारण लगायतका निर्णय गरेको छ । जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा चैत्र १७ गते बसेको संस्थागत विद्यालय भर्ना तथा शुल्क अनुगमन समितिले गरेको निर्णयानुसार नै शुल्क कायम गरिने भइएको छ […]

मोदीको भ्रमणक्रममा सीमा अतिक्रमणको विषयलाई वार्ताको एजेन्डा बनाउन माग

काठमाडौं, वैशाख,२४- राष्ट्रियसभाका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोको आसन्न नेपाल भ्रमणकाक्रममा कन्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलबाट भएको ज्यादती र सीमा मिचिएकोबारे कुरा राख्न सरकारसँग आग्रह गरेका छन् ।   राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर सांसदहरुले पुनर्वासमा भएको सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीलाई दुईपक्षीय वार्ताको एजेन्डा बनाउन माग गरेका […]

मोडल सिवाकोटीले पाए आफ्नै प्रेमिकाबाट धोका

सिर्जना बर्देवा/  बैशाख,ओखलढुंगा,२४- पछिल्लो समयका एक चर्चित मोडल दिनेश सिवाकोटीले आफ्नै प्रेमिकाबाट धोका पाएका छन् । आफुले माया गरेको आफ्नै पे्रमिकाबाट मोडल सिवाकोटीलाई धोका भएको हो । भर्खरै सार्बजनिक भएको एउटा म्युजिक भिडियोमा सिवाकोटीलाई प्रमिकाले धोका दिएकी हुन् । यस मार्मिक लोक दोहोरी गीतमा सबिना मगरको लय तथा सुभराज बराईलि “दिलदार”को शव्द सिर्जना रहेको छ […]