छुवाछुत न्युनिकरणका लागी बाल समुह गठन

रमित बि.क, बाजुरा,बैशाख,३०- गौमुल गाउँपालिका वडा नं. ६ बसाला टुनीमा रहेका दलित बालबालिकाहरुले एक कार्यक्रमको आयोजना गरी बाल समुह गठन गरेका छन् । दलित बालबालिकाहरुको अधिकार माथि वकालत तथा दलित बालबालिकाका अधिकार प्रत्याभुति कसरी गर्ने,गाउँमा हुने छुवाछुत,छाउँपडी प्रथा,महिला हिंसा,बालबिवाहलाई न्युनिकरण गर्नका लागी र गाउँमा हुने बिकृति बिसंगतिलाई निर्मुल पार्ने उदेश्यका साथ बाल समुहको गठन गरिएको […]

निर्वाचित प्रतिनिधिले तत्काल जिम्मेवारी नपाउने

 काठमाडौं ,वैशाख,- पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुन अभाव देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथ ग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन । जसले गर्दा निर्वाचित सरकार आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका छन् ।दुवै चरणको निर्वाचनबाट देशभरमा सात सय ४४ स्थानीय […]

पश्चिमको पहिचानः ‘देउडा भाषा होइन, यो संस्कृति हो’

काठमाडौं, ३० वैशाख – फिल्म ‘छक्का पञ्जा’ को गीत ‘देख न चम्पा, सुन न चम्पा..’ निकै रुचाइयो । युट्युबमा यसको ५५ लाखभन्दा बढी भ्युज   छ । सुदूरपश्चिमेली लवज यस्तो विशेषता बन्यो । तर, यसमा डोटेली भाषालाई सही तरिकाले प्रस्तृत नगरिएको देउडा गायक शकरसिह विष्टले बताए । ‘भाषा बिगारिएको छ’, उनले भने, ‘शब्दहरुपनि जभाभावी छन् […]

चितवन र मध्यपश्चिमका जिल्लाहरू संवेदनशील

काठमाडौं, ३० वैशाख – पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चितवन र ६ नम्बर प्रदेशका जिल्लाहरू सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील सूचीमा परेका छन् । गृह मन्त्रालयले सोहीअनुसार ती जिल्लामा सुरक्षा रणनीति बनाई थप सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधि धेरै भएकाले संवेदनशीलको सूचीमा परेको हो । सुरक्षा मूल्यांकनकै […]

भोट हाल्न शिविर रित्याएर गाउँ गए भूकम्पपीडित

काठमाडौं, ३० वैशाख – २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्तरी धादिङबाट विस्थापित भएर सदरमुकाम आसपासमा बसिरहेका र्भकम्पपीडित मतदान गर्न गाउ फर्किएका छन् । उम्मेदवारले मतदाता लैजान सवारीसाधन रिजर्भ गरिदिएपछि र्भकम्पपीडित शिविर खाली गरेर मत हाल्न गाउ गएका हुन् । दुई वर्षअघि र्भकम्पले बस्ती नै जोखिममा पारेपछि धादिङ सदरमुकाम आसपास बस्दै आईरहेका पीडित चुनावमा आफ्नै […]

मतदान भोलीः केके गर्न पाइँदैन ?

काठमाडौं, ३० वैशाख – कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ रु झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिनेछ, त्यो गणनामा समावेश गरिने छैन । तपाईको मत खेर जानेछ । आइतबार स्थानीय तहका लागि […]

स्थानीय निर्वाचन २ दिन बाँकीः मतदान तयारी धमाधम

काठमाडौं, २९ वैशाख – मौन अवधिसँगै तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा मतदाता परिचयपत्र वितरण, मतदानस्थलमा मतदानको तयारी, राजनीतिक दलसँग मतदानलाई सहज बनाउन छलफल र मतदाता शिक्षा कार्यक्रम सुरु भएको आयोगले उल्लेख गरेको छ । बिहीबार मध्यरातबाट चुनाव प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरु भएको हो । पहिलो चरण निर्वाचनका लागि मतदानको व्यवस्थापकीय काम […]

एक लाख बाहिरिने अनुमान, उपत्यकाबाट आठ दिनमा २८ हजार बाहिरिए

काठमाडौं, २९ वैशाख – स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको […]

मेरो नेतृत्वमा सरकार हुँदैनथ्यो भने निर्वाचन त के स्थानीय तह पनि बन्दैनथ्यो : प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख-  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताउनुभएको छ । राजधानीका साँखु, थली र बौद्धमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । ‘स्थानीय तहलाई गाउँ पंचायत वा गाविसकै रुपमा राख्न खोज्ने प्रवृत्तिबिरुद्ध लामो संघर्ष गर्नु परेको र अन्ततः […]

आयोगका पदाधिकारीबीच बजेटमा विवाद

काठमाडौं २८ बैशाख- स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ । निर्वाचानअघि सरकारले बजेट ल्यान सक्ने नसक्ने विषयमा आयोगकै पदाधिकारीबीच गम्भीर मतभेद देखिएको हो । आजको नागरिकमा खबर छ । पमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिताभित्र रहेर सरकारले बजेट ल्यान […]