टोकियो,साउन,२८-जापानको राजधानी टोकियोमा पहिलो पटक क्षत्री समाज गठन भएको छ।नरेशबहादुर जिसी क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती चयन गरिएको हो। यस्तै समाजको उपाघ्यक्षमा शुक बहादुर के.सि. सचिवमा सरोज कार्की,सहसचिवमा एस.बि. साउॅंद र कोषाध्यक्षमा रोशन प्रताप क्षेत्री रहनुभएको छ। कार्यक्रममा बोल्दै वृहत्त क्षेत्री समाजको एकता र संगठनको आवश्यकता महशुस गरी टोकियोमा पहिलो पटक समाज गठन गरिएको अध्यक्ष […]
Images
“घरज्वाइँ”फिल्म टोकियोमा प्रदर्शन
टोकियो,जापान,साउन,२७,अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनित फिल्म ‘घरज्वाइँ” फिल्म आज अगस्ट ११ तारिख आईतवार टोकियोमा प्रदर्शन भएको छ। नेपाल मगर संघ जापानको आयोजनामा प्रदर्शन भएको “घरज्वाइँ” फिल्मका अभिनेत्री मिरुना मगरले दर्शक संगै बसेर फिल्म हेरेका थिए। नेपाल मगर संघ जापानको आयोजनामा यो फिल्म जापानव्यापी रिलिज हुनेछ।यो फिल्म जापानका विभिन्न शहरहरुमा लाग्नेछ,यस्तै अगष्ट १४ […]
अल स्टार एफसीको BBQ कार्यक्रम पार्टी सम्पन्न
टोकियो,साउन,२७-जापानको राजधानी टोकियोमा रहेको अल स्टार एफसीले BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको छ। विगत ७,८ वर्ष देखी टोकियोमा बस्दै आईरहेका प्रवासी नेपालीले समुदायले संचालन गरेको अल स्टार एफसीले आज आईतवार खासाई रिन्काई पार्कमा एक औपचारिक कार्यक्रम गर्दै BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको हो। अल स्टार एफसीले लामो समय देखी नै टोकियोमा आयोजना हुने फुटसल प्रतियोगितामा सहभागिता […]
फुकुओकामा आठौं “समर कप” फुटसल हुने
टोकियो,जापान,साउन,१९-जापानको फुकुओकामा आठौं “समर कप” फुटसल प्रतियोगीता हुन लागेको छ। श्री गणेश खुकुरी एफसीको आयोजनामा आउदो भाद्र २२ गते अर्थात (सेप्टेम्बर ७ तारिख) शनिवारका दिन फुकुओका हिगासीकु माचुसिमा मा “समर कप” हुन लागेको आयोजक टिमका सह-म्यानेजर तथा कोच प्रदिप राईले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो। उहाँका अनुसार विगत ७ वर्ष देखि निरन्तर रुपमा सन्चालन गर्दै […]
कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जित्यौ
टोकियो,जापान,असार,३१-कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जितेको छ।अर्जेन्टिनाको जितमा मार्टिनेज नायक बने । फाईनल खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पछि थप समयको ११२ औं मीनेटमा अर्जेन्टिनाका जर्सी नं. २२ का खेलाडी मार्टिनेजले गोल गर्दै आफ्नो देशलाई उपाधी दिलाएका हुन्। खेलमा दुवै टिमबाट थुप्रै अवसर पाए पनि सदुपयोग गर्न भने सकेनन्।खेलको ६६ औं मिनेटमा अर्जेन्टिनाका कप्तान तथा […]
युरोकपको उपाधि स्पेनलाई
टोकियो,जापान,असार,३१-युरोकप २०२४ को उपाधि स्पेनले जितेको छ।फाइनलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेन चौथोपल्ट युरापेली च्याम्पियन बनेको हो। स्पेनका लागि ४७ औं मिनेटमा निको विलियम्स र ८६ औं मिनेटमा ओयारजबालले गोल गरे।ईग्ल्याण्डका लागि ७३ औं मिनेटमा पाल्मरले गोल गरेका थिए। यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा युरोकप तथा २०१० मा विश्वकप उपाधि जितेको […]
केपी ओली आज चौथो पटक देशको ४१ औं प्रधानमन्त्री बन्दै
काठमाडौं,असार,३०-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ। आफू सेम्मेलीतको सरकार नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस-एमाले गठबन्धन बनेसँगै पुष्पकमल दाहालको सरकार ढलेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। राष्ट्रपती रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्नुहुने भएको छ। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तीन […]
भुवन भट्टराई र अस्मिताको “मेरि माया” गित सार्वजनिक (भिडीयो सहित)
काठमाण्डौं,असार,३०-वर्तमान समयमा नेपाली गीत संगीतको बजार निकै नै नयाँ नयाँ र फरक खालका गितहरु सुन्न पाईन्छ र थुरै गितहरुले दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल पनि भएका छन। यस्तै भर्खरै मात्र पनि “मेरि माया” गीत सार्वजनिक भएको छ।गीतमा गायक भुवन भट्टराईको सिर्जनात्मक शब्द र संगीतले प्रेमको अनन्त कथालाई प्रस्तुत गरेको छ।यस गीतमा भुवन भट्टराई र […]
टोकियो गभर्नरमा कोइके युरिको तेस्रो पटक विजयी
टोकियो,जापान,२४-टोकियो गभर्नर(मेयर) मा लगातार कोइके युरिको तेस्रो कार्यकालका लागी विजयी भएकी छन्। आइतबार भएको मतदानपछि उनले ५५ जना आफ्ना प्रतिस्पर्धी लाई पछि पार्दै तेस्रो कार्यकालका लागी विजयी हुनु भएको हो। टोकियोवासीहरूले उहाँलाई अर्को चार वर्ष कार्यकाल लागी मतदान गरी जिताएका छन्। विजय भए भएपछि कोइकेले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै टोकियोले सामना गरिरहेको विभिन्न चुनौतीहरू, जस्तै […]
टोकियो गभर्नरको चुनाव सकियो,आजै राती बाट मतगणना सुरु हुने
टोकियो,जापान,२३-जापानको राजधानी टोकियो महानगरपालीकाको नयाँ (मेयर) गभर्नरका लागी आज आईतवार भएको मतदान सम्पन्न भएको छ। टोकियोका करिब १,८०० सय मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो।इजु आइल्याण्ड चेन जस्ता केही स्थानहरू बाहेक अन्य मतदान केन्द्रमा बेलुका ८ बजे सम्म मतदान गरिएको थियो। राजधानी टोकियो महानगरपालीकाको नयाँ गभर्नरका लागि कीर्तिमानी ५६ जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन्। […]