काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याक निर्माण प्रक्रिया अघि बढ्छ: मन्त्री लेखक

काठमाडौं,पुस ९-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक महिनाभित्र काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याक निर्माण प्रक्रिया अघि बढ्ने बताउनु भएको छ ।आज रिर्पोर्टस क्लबले गरेको कार्यक्रममा मन्त्री लेखकले दु्रतमार्ग निर्माणका लागि डिपीआर, वित्तीय व्यवस्थापन र टेण्डर प्रक्रियाका बारेमा कार्यदलले दिएको सुझावका आधारमा निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभयो । रकारले केही दिनअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको संयोजकत्वमा दु्रत मार्ग निर्माण अध्ययन समिति गठन गरेको थियो।

समितिले सरकारले आफैं निर्माण गर्ने भनिएको द्रुतमार्ग निर्माण प्रक्रियाका लागि डिपीआर, आर्थिक व्यवस्थापन र टेन्डर प्रक्रियाका बारेमा सुझाव दिनेछ।सरकारले हुलाकी सडक निर्माण कार्य पनि अघि बढाइसकेको भन्दै मन्त्री लेखकले ७ सय किलोमिटरका १५ वटा सडक निर्माणको लागि ८० प्रतिशत ठेक्काको काम भइसकेको जानकारी दिनुभयो। उहाँले उत्तरी चीन र दक्षिणी भारतको सीमा जोड्ने सडक सञ्जाल बिस्तार गर्न सके चीन र भारतको व्यापारीक र पारवाहन सम्बन्धबाट नेपालले प्रशस्त फाइदा लिन सक्ने बताउनुभयो ।

मन्त्री लेखकले यातायात व्यवस्थाको सुधारको लागि चालकल लाइसेन्स लिदाँ देखिएका समस्या समाधान गरेको दावी गर्नुभयो। उहाँले विभागले अनलाइमार्फत् फारम भरेर लाइसेन्स लिने व्यवस्था गरेको बताउनुभयो। मन्त्री लेखकले काठमाडौं उपत्यकाका थप तीन स्थानमा यातायात कार्यालय स्थापना गरेर सेवाग्राहीलाई सहजरुपमा लाइसेन्स लिने व्यवस्था गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।