निर्वाचन घोषणासँगै आयोग व्यस्त : दर्तामा १ सय ३ दल, ४४ अस्तिस्वविहीन

काठमाडौं,माघ,२७-संख्यात्मक दृष्टिले निर्वाचन आयोगमा थुप्रै दलको अस्तित्व रहे पनि चुनावी प्रतिस्पर्धामा भने थोरैको उपस्थिति देखिने गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा १ सय १३ दर्तामा रहे पनि ५७ दल मात्र प्रतिस्पर्धामा उत्रिएका थिए । हाल आयोगमा १ सय ३ वटा दर्ता भए पनि ४४ वटा खारेजीमा परिसकेका छन् ।   २०७४ सालमा वैशाख […]

खेलकुदलाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयासमा सरकार

काठमाण्डौं,माघ,२५-सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ। स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले खेलकुदलाई राष्ट्रिय […]

भारत लैजांदै गरेको ५ हजार किलो केराउसहित ट्रक चालक पक्राउ

काठमाडौं,माघ,२५-प्रहरीले कपिलवस्तुको यशोधरा गाउँपालिका – ७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करीब ५ लाख रुपैयाँ बराबरको ५ हजार किलो केराउसहित ट्रकका चालकलाई पक्राउ गरेको छ । भारत सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो । नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त […]

विभाजनका घाउ बिर्सिंदै माओवादीहरू एक हुँदै छौं : प्रचण्ड

काठमाण्डौं,माघ,२५-सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित माओवादीहरू एक हुँदै गरेको दाबी गर्नुभयो। आज (मंगलबार)बिहान आफ्नो निवास (खुमलटार) मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँ हुनुको कुनै विकल्प नरहेको बताउनुभयो। ‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ […]

स्थानीय तह निर्वाचन वैशाख ३० मा,आयोगले सुरु गर्‍यो निर्वाचन प्रक्रिया

काठमाडौं,माघ,२५-सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेको छ ।मिती घोषणा भएकै दिन निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, यातायातका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्निचरसहितका […]

कोरोनाबाट थप ९ जनाको मृत्यु, १७ सय १४ संक्रमित

काठमाडौं,माध,२२-नेपालमा थप ९ जनााको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ५ सय १३ जनामा भएको परीक्षणमा १ हजार ७ सय १४ जनामा कोरोना […]

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिनुहोस्,जोडीएको भए तत्काल छोड्नुहोस् : अर्थ मन्त्री शर्मा

काठमाडौं,माघ,२१-अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गर्नु भएको छ।बिहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभयो । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गर्नुभयो। कतै कोही व्यक्ति यस […]

१४ जिल्लाका सीडीओलाई बिहानै गृहमन्त्री खाँणको फोन

काठमाण्डौं,माघ,२०-गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार बिहान १४ जना प्रमुख जिल्ला अधिकारीलाई फोन गरी ७ वटा विषयमा छलफल गर्नु भएको छ।गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गर्नु भएको हो । गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटवाल (बारा), ध्रमेन्द्र मिश्र […]

नेपाल संग मरिसस दोस्रो खेलमा पनि १-० गोलले पराजीत

काठमाडौं,माघ,१८-नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १-० गोल अन्तरले हराएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।   खेलमा नेपाल १० खेलाडीमा र मरिसस पनि ९ खेलाडीमा सीमित बनेको थियो । खेलको दशौँ मिनेटमा सुजलले […]

आज नेपाल र अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल हुने

काठमाडौं,माध,१८-नेपालले आज(मंगलबार) दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। दोस्रो मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गर्नु भएको हो ।  प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।किरण चेम्जोङको कप्तानीमा […]