२५ जना भन्दा बढी भेला हुन नपाइने,५५ देशबाट नेपाल आउन रोक

काठमाडौं,चैत,५-कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले पार्टी प्यालेस, साँस्कृतिक, मठमन्दिरका धार्मिक कार्यक्रम लगायतमा प्रतिबन्ध लगाउँदै २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँ बस्न नपाउने निर्णय गरेको हो । यस्तै, फिल्म हल, […]

कोरोना भाईरस लागेका ७९ हजार ८ सय ८४ जना निको भएर घर फर्किए

काठमाण्डाै,चैत्र,४-चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ । कोरोनाका कारण अहिलेसम्म […]

कोरोना भाइरसविरुद्ध खोपको पहिलो पटक मानवमा परीक्षण गरिँदै

काठमाडौं,चैत्र,३-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो ।सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । संक्रमित नभएका ती स्वयंसेवीहरूले  खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अमेरिकी सरकारले उपलब्ध […]

आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो

काठमाण्डौ,चैत्र,२-पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् ।  रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा […]

एप्पल कम्पनीले गर्यो विश्वभरका सबै स्टोर बन्द

काठमाडौं,चैत्र,२-विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलले विश्वभरका आफ्ना स्टोरहरु बन्द गरेको जनाएको छ । कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् । अमेरिकी कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रबार मात्र खुला गरेको थियो । चीनमा रहेका स्टोरहरु भने करिब दुई महिना बन्द भई शुक्रबार मात्र खुलेका हुन् । कम्पनीले चीनभन्दा […]

आहा!रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

पोखरा,चैत,१-मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।उपाधिसँगै […]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं,चैत,१-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउन उनले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताए । यसबाट संक्रमणको परीक्षणले गति दिन सक्नेछ विश्वास […]

क्षेत्रपाटि परिवार कल्याण केन्द्रमा निःशुल्क पुरुष बन्ध्याकरण सेवा पुनः सुरु

काठमाण्डौं,चैत,१-नेपालमा परिवार नियोजनको विकास र प्रवधर्नमा लामो इतिहास बोकेको क्षेत्रपाटि परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबार देखि सेवा सुरु गरेको हो । संस्था क्षेत्रपाटि स्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केहि समयको लागि सेवा बन्द भएको थियो । बिहिबार सेवा लिन […]

नेपालको विश्व कप छनोट खेल सारियो

काठमाण्डौं,फागुन,२६-विश्व कप छनोट खेल फिफा र एएफसी ले कोरोना भाइरसका कारण जुन १-९ २०२० मा हुने खेल सारेको जनाएको छ।यहि मार्च २६ र ३१ तारिक दिन हुने खेल सारिएको हो । अब नेपालले चाईनिच ताईपे र अष्ट्रेलिया सॅंगको खेल जुन १ र ९ मा खेल्ने भएको छ ।फिफा र एएफसी दुबैले फुटबल खेलहरूमा संलग्न सबै […]

आहा रारा गोल्डकप-संकटालाई हराउँदै आर्मी अन्तिम चारमा

पोखरा,फागुन,२६-साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक […]