जातिय भेदभाव विरुद्ध बृहत छलफल कार्यक्रम नरैनापुरमा सम्पन्न

नेपालगञ्ज,चैत्र,१७- अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा जातिय भेदभाव उन्मुलन सम्बन्धिको बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको छ । दलित संजाल मंच बाँके को आयोजना र नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा दलित अधिकार, परिवर्तित सन्दर्भमा जातिय विभेदका आयामहरु र अवस्थाहरु, वर्तमान कानुन र कानुनको पालनको अवस्था, सरोकारवाला र स्थानिय सरकारको जातिय भेदभाव तथा छुवाछुतको अन्त्यकालागि […]

अधिवक्ता कोषराज काफ्लेको निधन

काठमाडौं,चैत्र,१६- निरन्तर उत्पीडित शिक्षकवर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो ।विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काफ्ले लामो समय देखि […]

भुवन भट्टराई र टिका पुनको सुमधुर स्वरमा “चल्यो हावा चल्यो”

कोहलपुर,बाँके,चैत्र,१२- नेपाली गित संगितको क्षेत्रमा फेरी एउटा हावा चलेको छ ।पछिल्लो समय दिनप्रतिदिन नयाँ कलाकारहरुको आगमन संगै नयाँ नयाँ प्रतिभामा सजिएका गित बजारमा धमाधम आईरहँदा अचानक फेरी नेपाली गित संगितमा एउटा बेग्लै किसिमको हावा हुरी चलेको हो । अहिले सम्म बजारमा आएका विभिन्न माया पिरतीका गित संगित तपाईले रेडियो टेलिभीजनमा हेर्नु र सुन्नुभएकै छ होला । […]

राष्ट्रिय सौन्दर्य युनियनकर्मी नेपालको ११औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम सम्पन्न

नेपालगंज,चैत्र,७- प्रदेश नं ५ अन्तर्गत बाँकेको नेपालगन्जमा राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन     नेपालको ११ औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम अाज सम्पन्न भएको छ ।नेपालगन्जको सेतु बि-क- चोकमा रहेको गुड न्यु अाई-टि-सी- ट्रेनिङ सेन्टर एण्ड ब्युटिपार्लरमा भएको   स्थापना दिवसमा थुप्रै सौन्दर्यकर्मी र अन्य ट्रेड युनियनका नेताहरुको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रमको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका जिफन्ट […]

जनताको जलविद्युत‌ सेयर खरीद सुरु : प्रधानमन्त्रीकै पहिलो आवेदन

काठमाण्डौं,चैत्र,७- गत फागुन २ गते मात्र नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्‌काे सेयरधनी’ भन्ने नारासहित उद्घाटन भएको कार्यक्रम अन्तर्गत आज बिहिबारबाट जनताको जलविद्युत् त्रिशूली ‘बी’ को सेयर खरीद प्रकृियाको आवेदन खुल्ला गरिएको छ । उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै सेयर खरिदको लागी आवेदन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा […]

पाँचवटा आयोगमा अध्यक्ष नियुक्त : नवनियुक्त पाँचै जनाले लिए शपथ

काठमाण्डौं,चैत्र,७- राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नु भएको छ ।राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गर्नु भएको […]

कोइराला नेपालको शान्तिप्रक्रियाका नायक हुन्, उनले देखाएको बाटोमा हिँड्नुपर्छ : सभामुख महरा

काठमाण्डौं,चैत्र,७- सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनु भएको छ ।गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको स्मरण गर्नुभयो । १२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई […]

‘शान्ति प्रक्रियाका नायक’ गिरिजाप्रसाद कोइरालाको स्मरण गरिदै

काठमाडौं,चैत्र,७- सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस बिहीबार(आज) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले उनको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीहरुले पनि विधिध कार्यक्रमको तयारी गरेका छन् ।निडर र दुरदर्शि नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको […]

आज होली पर्व मनाईदै ,तराईमा भोलि मनाईने

काठमाण्डौं,चैत्र,६- फागुन शुक्ल पूर्णिमाका दिन आज बुधबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने बिहिबार भव्यताका साथ होली मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन […]

विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ,चैत,५- विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल जारी छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सो ‘विज्ञापन (नियमन गर्ने)े विधेयक–२०७५’ माथि छलफल जारी छ । बिहीबारदेखि सो विधेयकमा दफाबार छलफल शुरु भएको थियो । विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापनरहित प्रकाशन […]