रहेनन लोकप्रिय युवा नेता सांसद वली

काठमाण्डौं,फागुन,१०- नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश नं ५ दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित सांसद उत्तर कुमार वलीको काठमाण्डौं स्थित मिडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहिवार राति १ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित सांसद वलीको पार्टीको केन्द्रीय स्तरसम्म राम्रो पकड भएको नेताका रुपमा चिनिन्थे ।उनी गत […]

नेपाल चिकित्सक संघ बाँकेले सप्ताहव्यापी कार्यक्रम गर्ने

नेपालगन्ज ,फाल्गुन,८- नेपाल चिकित्सक संघ बाँकेले चिकित्सक दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।प्रत्येक वर्ष जस्तै यश वर्षको चिकित्सक दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष डा(बिनोद कुमार कर्णले बताए । यहीँ फागुन १४ गते देखि फागुन २० गते सम्म कार्यक्रम गरिने उनले बताए । जस अन्तर्गत […]

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

काठमाडौं, फागुन,७- सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए । प्रधानन्यायाधीश जबरा नियुक्त […]

जम्मु कश्मिरमा फेरि भीडन्त : ४ भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली,फागुन,६- भारतको जम्मु कश्मिरमा भारतीय सुरक्षा फौज र पृथकतावादी समूहबीच फेरी भीडन्त भएको छ। भारतीय सञ्चारमाध्यमले  पुलआमामा  जैस ए मोहम्मद समूहविरूद्धको एकीकृत सैन्य अभ्यासका  क्रममा भएको भीडन्तमा एक अधिकृतसहित ४ सुरक्षाकर्मी मारिएको जनाएका छन्। गोली हानाहानमा परी एक सर्वसाधारण नागरिकको पनि ज्यान गएको छ। घटनामा दुई भारतीय सुरक्षाकर्मी घाइते भएका छन्।यसअघि बिहीबार साँझ पुलआमामा सिआरपिएफको गाडीमाथि […]

मृगौला रोग सम्बन्धी बृहत अन्तक्रिया नेपालगंजमा हुने

नेपालगंज,फाल्गुन,६- बाँकेको नेपालगन्जमा फागुन ११ गते शनिबारको दिन मृगौला रोग सम्वन्धी वृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम हुन लागेको छ ।नेपालमा मृगौला बचाउ अभियानका अभियन्ता तथा राष्ट्रिय किड्नी सेन्टरका निर्देशक बरिस्ठ मृगौला रोग विशेषज्ञ डा-ऋषि काफ्लेले नेपालगन्जको होटल सिद्धार्थ हस्पिटलिटीमा उक्त कार्यक्रम गर्न लागेका हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको समन्वयमा तथा विभिन्न संघ […]

तेन्जीन ल्याड्स कपमा बिहानी एफसी बाट सहभागी हुने खेलाडीहरुको नामावली

फुकुओका,फाल्गुन,३- जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात भोली फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ ।तेन्जीन ल्याड्सले आयोजना गरेको तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ मा १५ टिमले सहभागीता जनाउदै छन् । उक्त प्रतीयोगीतामा विजयी हुनेलाई २ लाख २२ हजार २ सय २२ जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने दोस्रो […]

ब्रेकिङ न्यूज : भेरी नदिमा बस खस्दा ३ जनाको मृत्यु

काठमाण्डौं,फाल्गुन,२- जाजरकोटको रिम्ना भन्ने स्थानबाट भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ ।नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार अहिलेसम्म ३ जनाको शव भेटिएको छ भने […]

बिदेशबाट श्रमिकले ल्याएका व्यक्तिगत सामानमा लाग्ने कर सच्याउन मन्त्री विष्टलाई रेखाको आग्रह

काठमाण्डौं,फाल्गुन,१- एक-दुई वर्ष श्रम गरेर फर्केका नेपालीलाई एयरपोर्टमा भन्सारका नाममा उनीहरूले ल्याएका सामानमाथि रूखो व्यवहार नगर्न अभिनेत्री रेखा थापाले नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्। अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकी हुन्।उनले बुझाएको पत्रमा एकदेखि दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने […]

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि मनाईयो जनयुद्ध दिवस

बाँके,फाल्गुन,१- आज बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा २४ अौं जनयुद्ध दिवस भव्य रुपमा मनाईएक‍ो छ ।अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा क्याम्पसमा उल्लेख्य बिद्यार्थीहरु बिच उक्त दिवस मनाईएक‍ो थियोे । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष नवराज योगी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सदस्य नरेन्द्र न्यौपानेको […]

नेपालद्वारा इरान ३-० ले पराजित

काठमाडौं,फाल्गुन,१- भारतमा जारी हिरो महिला गोल्डकप फुटबल  लिग चरणको अन्तिम खेलमा  बिहिबार नेपालले इरानलाई  ३-० गोलले पराजित गरेको छ ।भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । प्रतियाेगितामा २ खेल हारिसकेकाे इरान […]