बाँके,कार्तिक,७- बाँकेको जानकी गाउँ पालिका अन्तर्गत रहेको क्षेत्रीय कृषि अनुसन्धान तालिम केन्द्र खजुरामा मजदुरहरुले गरेको अान्दोलन श्रम ऐन र सामाजिक सुरक्षा कोष लागू गर्ने सहमति पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको छ। अाज नेपालगन्ज बाँके क्षेत्रिय कृषि अनुसन्धान कार्यालय खजुरा र अखिल नेपाल कृषि मजदुर बिच नेपाल सरकार ले प्रकाशित राजपत्र मा उल्लेखित ज्याला बृद्धी […]
Author: bihani
बिपन्न बिद्यार्थीका लागि उपचारात्मक कक्षा संचालन
नेपालगञ्ज,कार्तिक,७- आर्थिक हिसाबले अध्ययनमा समस्या देखिएका बिद्यार्थीहरुका लागि बाँकेमा उपचारात्मक कक्षा संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न बिद्यालयमा अध्ययनरत र समस्यामा देखिएका त्यस्ता बिद्यार्थीहरुको सहजताका लागि उपचारात्मक कक्षा संचालन गरिएको हो । आर्थिक तवरले बिपन्न, आदिवासी जनजाति तथा पछाडि परेका समुदायका बिद्यार्थीहरुको पढाई निरन्तरता र उनीहरुमा आत्मबिश्वास बढाउन यस्तो कक्षा संचालन गरिएको जनाएको छ […]
नेपाल सरकारले तोकेको न्यूनतम तलबभत्ता नपाए पछि मजदुरहरु आन्दोलनमा
बाँके,कार्तिक,६- नेपाल सरकार श्रम मन्त्रालयले गत श्रावण महिना देखि लागु हुने गरी मजदुरहरूको न्युनतम पारीश्रमिक मासिक रु १३४५० तोकेकोमा उक्त तलबभत्ता नदिएको भन्दै बाँकेको जानकी गाउँ पालिका खजुरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका मजदुरहरु अाजबाट अान्दोलनमा उत्रिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कमिटीको सहयोगमा त्यहाँ कार्यरत रहेका मजदुरहरु अान्दोलनमा उत्रिएको अखिल नेपाल […]
श्रीदेवीको चवन्नी मुस्किले चर्चा बटुल्दै
नेपालगञ्ज,कार्तिक,६- बाँके बैजनाथकी श्रीदेवी थारुले थारु भाषाको बिल्कुलै नयाँ डान्सिङ्ग गीत चवन्नी मुस्कि लिएर सांगीतिक क्षेत्रमा प्रबेश गरेकी छन । साबिको बनकटुवा गाबिस निवासी तथा हाल बैजनाथ वडा नं.–७, पेडारी निवसी श्रीदेवी सानैदेखि कलाक्षेत्रमा लाग्ने चाहना पुरा गर्न डान्सिङ्ग गीत चवन्नी मुस्कि लिएर कला क्षेत्रमा प्रबेश गरेकी हुन । गत असोज ३१ गते सि.एस.फिल्मस् प्रालि […]
नेपाल भित्रिँदै अमेरिकी राइफल
काठमाडौं,कार्तीक,६- नेपाली सेनाले करिब पाँच हजार थान अमेरिकी राइफल एम–१६ हतियार भित्र्याउने भएको छ। सेनाले यस वर्षका लागि झण्डै एक अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागेको हो। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल खरिद गर्न लागेको सेनाले जनाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व शान्तिमा खटिने सेनालाई आवश्यक पर्ने […]
सुर्खेतको गजेनिमा गाडी दुर्घटना हुँदा ३२ यात्रु घाईते
नेपालगंज,कार्तीक,५- दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनाहुँदा ३२ यात्रु घाइते भएका छन् ।बा ५ ख ६२०५ नम्बरको फोर्स गाडी सुर्खेत–दैलेख सडक खण्डको कटकुवा गजेनीमा सोमबार दुर्घटनाहुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा नारायण नगरपालिका–२ कुसाडाका ४ वर्षीय महेन्द्र सिजापती, नेपालगञ्ज उप–महानगरपालिका–३६ का १७ वर्षीय दिलकुमार चन्द, दैलेख भैरवी गाउँपालिका–३ का ३१ वर्षीय […]
लोपाेन्मुख खेल कुस्तीका दाउपेच
विराटनगर,कार्तिक,५- दशैंको अवसरमा विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे। साेमबार तराई-मधेसको मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षण गर्ने प्रयासस्वरुप कुस्ती प्रतियोगिता गरिएको हो। तीन दशक अघिसम्म मोरङ, सुनसरी र झापामा उल्लेख्य संख्याका पहलमान थिए। तर पछिल्लो समय कुस्ती प्रतियोगिताको […]
वडादशैको मान्यजनबाट टिका जमरा ग्रहण गर्ने क्रम आजपनी जारी
काठमाडौं,कार्तीक,५- वडादशैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ ।कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त […]
बृहत खेलकुद सप्ताह सम्पन्न
ओखलढुंगा,असोज,२८- ओखलढुंगाको मानेभन्ज्याङमा असोज २२ बाट सुरु भएको बृहत खेलकुद सप्ताह सम्पन्न भएको छ । मानेभन्ज्यांग गाउँपालिकाले आयोजना गरेको बृहत खेलकुद सप्ताह अन्तर्गत वडा भित्रका दोश्रो पुरुष फुटबल, पहिलो महिला, पुरुष भलिबल र महिला, पुरुष ब्याटमिन्टन प्रतियोगिता भएका थिए । दोश्रो अन्तर वडा स्तरिय पुरुष फुटबल तर्फको पहिलो उपाधी नयाँ नेपाल सरोकार समाज मानेभन्ज्यांग गाउँपालिका […]
१६६ औं शिक्षा दिवश मनाईयो
काठमाडौं,असोज,२७- तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो । वि.स. १९१० असोज २७ गते जंगबहादुर राणाले दरवार हाइस्कूल स्थापना गरी औपचारिक रुपमा विद्यालय शिक्षाको शुरुवात गरेका […]










