“प्ररदेशीको पिर व्याथा” बोलको गित सार्वजनीक

काठमाण्डौं,कार्तीक,१४- पछिल्लो समय धेरै नेपाली कलाकारहरुले माया प्रेममा मात्र आधारित गित बजारमा ल्याउने गरेको थुप्रै पाईन्छ । तर यस्तै नेपाली लोकगितको क्षेत्रमा लाग्नु भएका शैलेन्द्रले भने विल्कुलै प्रदेशीको दु:ख दायी कष्टपुर्ण जिवनमा घटेका घटनालाई समेटर प्रदेशीको मन छुने “प्रदेशीको पिर व्याथा” बोलको नयाँ गित बजारमा ल्याउनु भएको छ । उक्त नयाँ गितमा प्रदेशमा गएर नेपाली […]

नेपाल एयरहोस्टेसको छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम सम्पन्न

काठमाण्डौं,कार्तीक,१३- नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा एक कार्यक्रमको विच सम्पन्न भएको छ ।    उक्त कार्यक्रममा १८ जना तालिम लिएका युवायुवतीहरुलाई उक्त एयरहोस्टेस एकाडमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी,वलराम ठकुरी तथा सरोजा केसीद्धारा सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरीएको थियो । […]

प्रधानमन्त्रीको छातीमा संक्रमण र सुगरको मात्रा बढीभको चिकित्सकको भनाई

काठमाडौं,कात्तिक,१२- छातीमा संक्रमण र सुगरको मात्रा बढी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे ४ बजे काठमाडौं, महाराजगन्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । उहाँको स्वास्थ्य अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।प्रधानमन्त्री ओलीलाई […]

मृत्यु पर्यन्त शरीरदान गर्ने समाजसेवी र मेडिकल कलेज बिच सहमति

नेपालगन्ज,कार्तिक,१२– बाँके जिल्लामा अाफनो मृत्यु पश्चात् अाफनो शरीर मेडिकल कलेजलाई शिक्षण अध्ययन गर्न सहयोग पुगोस् भनि एकजना समाजसेवीले अाफुले र मेडिकल कलेज बिच सहमति गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ निवासी समाजसेवी , साहित्यकार नुनिन्द्र दुलाल ( नरेन्द्र जङ्ग पिटरले ) एक कार्यक्रमका बिच अाज सहमतिमा गरेका छन् । अाफनो शरीर मृत्यु पश्चात् […]

एएफसी यु–१९ महिला छनोट फुटबलमा नेपालले भारतलाई हरायो

काठमाडौं,कात्तिक,९- थाइल्यान्डमा जारी १९ वर्षमुनिको एएफसी महिला छनोट फुटबलमा नेपालले शुक्रबार शानदार प्रदर्शन गरेको छ ।नेपालले आफ्नो दोस्रो खेलमा भारतमाथि शानदार जित निकालेको हो । खेलमा नेपाल २–० ले विजयी भयो । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि गोल गरेको हो । नेपालका लागि दुवै गोल रेखा पौडेलले गरिन् । यो जितसँगै नेपालको प्रतियोगिताको दोस्रो चरणमा […]

मिस ईण्डीया वल्डको उपाधी मञ्जु थापा मगरलाई

काठमाण्डौं,कात्तिक ९-  भारतमा हुने विभिन्न प्रतियोगिता र रियालिटी शोहरुमा नेपालीहरुले उपाधि हात पार्दै आएका छन् । अहिले एउटा सुन्दरी प्रतियोगितामा नेपाली मुलकी भारतीय चेलीले उपाधि पाएकी छन् । हिजो बिहिबार अर्थात २४ अक्टुबारमा भारतको जयपुरमा सम्पन्न प्रतियोगितामा सिलिगुडी खोलाचन्द फाप्रीनिवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वल्ड २००१८’ को उपाधि पाएकी छन् । भारतको सिलुगडीमा बस्तै आए […]

सडक नबन्दा ३७ करोड लागतमा बनेको मेची पुल सञ्चालनमा आएन

भद्रपुर,कात्तीक,८- नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण परियोजनाले रू. ३७ करोडको लागतमा मेची नदीमा ५ सय ६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गत वर्ष नै सम्पन्न गरेको हो । तर, […]

दशैँको समयमा उपत्यकामा १४ जनाको मृत्यु

काठमाण्डौं,कार्तीक,८- काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी दिनुभयो । ‘दशैँको समयमा सडक […]

जापानद्धारा बीपी राजमार्ग पुनर्निमाण गर्न १ अर्ब ८ करोड सहयोग

काठमाडौं,कार्तीक,८- बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई जापानले १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।अर्थ मन्त्रालयमा आज सहयोग सम्बन्धी पत्रमा हस्ताक्षर भएको हो ।अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । १६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ । काभ्रेको […]

सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग भोलिबाट

काठमाडौं,कार्तिक,८ पोखरा प्रिमियर लिग (पिपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुरुवाती संस्करण भोलिदेखि पोखरामा हुँदैछ ।फ्रेन्चाईज शैलीमा हुने प्रतियोगिताको पहिलो संस्करणमा पोखरा पल्टन, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा भोलि स्थानीय पोखरा पल्टनले विराटनगर टाईटन्ससँग खेल्नेछ । पोखरा रंगशालामा हुने खेलहरुका लागि […]