उदयपुर,असोज,१- उदयपुरको घुर्मीमा जिप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । काठमाण्डौबाट ओखलढुंगातर्फ आउँदै गरेको ना १ ज ७९६९ नम्बरको जिप उदयपुरको कटारी नगरपालिका १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । दुर्घटनमा विदेशी नागरिक हुलेस सेभेलको घटना स्थलमै ज्यान गएको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार जिप सडकबाट […]
Author: bihani
नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार
विराटनगर,भदौ,३१- नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ […]
गायक श्रेष्ठ आफ्नो प्रेमिकालाई चौतारीमा पर्खिदै
ओखलढुंगा,असोज,१- चर्चित गायक बाल कुमार श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत पर्खिएको छु सार्बजनिक भएको छ । माया प्रेममा सर्ममित श्रेष्ठको नयाँ लोक दोहोरी गीत सार्बजनिक गरिएको हो । ओखलढुंगामा जन्मिएर निरन्तर गीत संगीतमा लागी परेका गायक श्रेष्ठले उत्कृष्ट गीतहरु बजारमा ल्याईसकेका छन् । ( भिडीयो पनी अवश्य हेर्नुहोस ) गायक श्रेष्ठले आफ्नै स्वर, शव्द र […]
सिद्धिचरण नगरपालिका आधारभुत शिक्षा सुनिश्चितता भएको घोषणा
ओखलढुंगा,भाद्र,३१- ओखलढुंगाको सिद्धिचरण नगरपालिका लाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्तिता घोषणा गरिएको छ । नगरपालिका भित्रका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि नगरपालिकालाई सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको हो । १२ वडा रहेको नगरपालिकालाई आज एक कार्यक्रमको बिच सिद्धिचरण नगरपालिकाका प्रमुख […]
भारतलाई पराजित गर्दै साफ च्याम्पियनसिपको उपाधी माल्दिभ्सलाई
काठमाडौं,भाद्र,३०- १२औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको छ। शनिबार भएको फाइनलमा भारतलाई २-१ गोलले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक उपाधि जितेको हो। माल्दिभ्सले यसअघि सन् २००८ मा उपाधि जितेको थियो। प्रतिस्पर्धात्मक खेलमा भारतको यू-२३ टोलीलाई दबाबमा राख्दै माल्दिभ्सले उपाधि जितेको हो। माल्दिभ्सको जितमा इब्राहिम मधुधीले १९औं र अली फसिरले ६६औं मिनेटमा गोल गरे। […]
प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती
काठमाडौ,भाद्र,३०- एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती भएको छ । आज शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा दुबै पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी र हारिबोल भट्टराईले सैद्धान्तिक सहमतीपत्र सार्वजनिक गर्दै विज्ञहरु सँग छलफल गरेका छन् । सैद्धान्तिक सहमति पत्र सार्वजनिक गर्दे एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले […]
संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीको माग सम्बोधन गर्छ : सभामुख महरा
काठमाडौं,भाद्र,३०- सभामुख कृष्णबहादुर महरालले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा शनिवार आयोजना गरेको उत्कृष्ट शिक्षक, […]
मोलुङ गाउँपालिकामा पम्पिङ प्रणालीबाट घरघरै धारा पुग्यो
ओखलढुंगा,भाद्र,३०- ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नं. २ स्थित लामीडाँडामा पम्पिङ प्रणालीबाट खानेपानी आयोजना सञ्चालन भएपछि घरघरै खानेपानी पुगेको छ । खानेपानीको मुहान गाउँमा नभएपछि एक किलोमिटर तलबाट पम्पिङ प्रणाली जडान गरि खानेपानी वितरण गरिएको हो । यस अघि यहाँ खानेपानीको चरम समस्या थियो । अहिले घरघरै खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् । खानेपानी अहिले […]
बासको १५ अौं साधारणसभा भव्य रुपमा सम्पन्न
नेपालगन्ज,भाद्र,३०- बागेश्वरी असल शासन क्लब बासले अाफनो १५ अौं साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम अाज सम्पन्न गरेको छ ।नेपालगन्जको बिनायक गेष्ट हाउसमा बिहान ११ बजे देखि बासको वार्षिक साधारणसभा शुरु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बागेश्वरी असल शासन क्लबले समाजमा जनचेतनामूलक , भ्रष्टाचार न्युनीकरण, खबरदारी जस्ता उल्लेखनीय कामहरु गरेकोमा धन्यवाद दिएका थिए । […]
मुखमा कालोपट्टी बाधेर सरकारको विरोध
नेपालगन्ज,भाद्र,३०- अाज बाँके लगायत देशका मुख्य मुख्य शहरहरुमा कञ्चनपुर कि बालिका निर्मला पन्तको हत्यारालाई तुरुन्त पत्ता लगाई कार्यवाही गर्नु पर्ने भन्दै मुखमा कालोपट्टी बाधेर सरकारको विरोध गरिएको छ । अाज शनिबारको दिन बाँकेको नेपालगन्ज र कोहलपुरमा मुखमा कालोपट्टी बाधेर हजारौंको सङ्ख्यामा जम्मा भएर विरोध गरिएको हो । लगभग डेढ महिना बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न […]









