काठमाडौ,असार,३१- रसियामा सम्पन्न यस वर्षको विश्वकप फुटबल खेलमा क्रोएसियाका कप्तान लुका मोड्रिचले यो विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भएका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरिएको हो । त्यसैगरी फ्रान्सका १९ वर्षीय स्ट्राइकर एम्बाब्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित […]
Author: bihani
विश्वकपको उपाधी फ्रान्सलाई : क्रोएसिया ४-२ पराजीत
काठमाडौं,असार,३१- रसियामा जारी विश्वकपको फाईनल खेलमा आज क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो […]
विश्वकप फुटबलको फाइनल खेल आजः फ्रान्स र क्रोएसिया भिड्ने
काठमाडौं,असार,३१- रुसमा जारी विश्वकप फुटबलको फाईनल खेल आज हुँदैछ ।रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । विश्वकपको सबैभन्दा महत्वपूर्ण क्षण अर्थात उपाधि जित्ने टिमको छिनोफानो आईतबार आज नेपाली समय अनुसार पौने ९ बजे क्रोएसिया र फ्रान्सबीचको खेलले लगाउनेछ । मस्कोको लुजिन्की रंगशालामा दुवै टिम आफ्नो पुरानो लय कायम […]
नेपाल गोजुरियो कराते डोजाङ्ग द्वारा वृहत रक्तदान
के-पी-घिमिरे/ नेपालगन्ज,असार,३०- नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रको सहयोगमा नेपाल गोजुरियो कराते डोजाङ्गको अायोजनामा अाज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वृहत रक्तदान गरेको छ । अस्पतालमा अौषधि उपचार गर्न अाउने बिरामीहरुको रगतको अभाबमा अकालमा ज्यान गुमाउन नपरोस् भनि कार्यक्रम अायोजना गरेको गोजुरियो कराते संघका अध्यक्ष कुश्माखर बश्यालले बताउनु भयो । उक्त कार्यक्रम खजुरा गाउँ पालिका […]
विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने
काठमाडौँ,असार,२९- क्रोएसिया र फ्रान्सबीचको विश्वकप फाइनल खेल अर्जेन्टिनाका रेफ्रीले खेलाउने भएका छन् । रसिया र साउदी अरबबीचको उद्घाटन खेल खेलाएका अर्जेन्टिनाका रेफ्री नेस्टोर पिटानाले नै फाइनल खेले खेलाउने भएका छन् । फिफाले नेस्टोर पिटानालाई फाइनल खेल खेलाउने जिम्मा सुम्पिएको हो । आइतवार राति मस्कोमा हुने फाइनल खेलाउने ४३ वर्षीय उनले विश्वकप उपाधि भिडन्तको खेल खेलाउने […]
अस्थायी शिक्षक गए पूर्वराजा गुहार्न
काठमाडौं,असार,२९- शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष विन्तिपत्र चढाएका छन् । विभेदपूर्ण स्थितीमा असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई आफुहरुलाई न्याय दिन भन्दै अस्थायी शिक्षकहरुले पूर्वराजासँग गुहार मागेका हुन् । अस्थायी शिक्षकहरुले यसअघि पनि न्यायका लागि भन्दै पुर्वराजा र […]
भिरबाट लडेर सिकिस्त घाइते
के-पी-घिमिरे/ नेपालगन्ज,असार,२९- जाजरकोटको सिवालय गाउँ पालिका वडा नं ३ बर्ष ४० कि देवी बुढा घास काट्न गएको बेलामा भिरबाट लडेर सिकिस्त घाइते भएकी छिन् । घाइते बुढालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज ल्याईएको छ । नीजलाई प्राथमिक उपचार गरी थप उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पतालले बताएको छ । उक्त बिरामीलाई काठमाडौं […]
महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थिलाई छात्रबृत्ति बितरण
बाँके,असार,२७- महालक्ष्मी विकास बैंक लिमीटेडको शाखा कार्यालय नेपालगन्जले ५ जना विद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थीत धम्वोझि माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थिलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो । नेपालगंज उपमहानगरपालिका वडा नंम्बर […]
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
काठमाडौं, असार,२७- आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक […]
वार्ता गर्ने भए जुम्ला आउ : डा. केसी
काठमाडौं, असार,२७- १२ दिनदेखि आमरण अनसनमा बसेको डा. गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे जुम्लामा आउन सरकारलाई आग्रह गर्नुभएको छ ।चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनसनरत डा. कसीले सरकारले आफूसँग वार्ता गरिरहनुको कुनै औचित्यसमेत नरहेको बताउनुभयो । उहाँले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले ती माग सम्बोधन गरे पुग्ने स्पष्ट पार्नुभयो […]









