काठमाडौं,बैशाख,१८-नेपालमा जारी एसीसी प्रिमियर कपमा आज सोमबार भएको नेपाल र युएईबीचको फाइनल खेल स्थगित भएको छ । बाँकी रहेको खेल मंगलबार रिजर्भ डेमा हुनेछ।टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको थियो।भोली मंगलबार यथा स्थानबाटै युएईले ब्याटिङ सुरु गर्नेछ । […]
Author: bihani
एसीसी प्रिमियर कप: आज नेपाल र युएईले फाइनल खेल्दै
काठमाडौं,बैशाख,१८-नेपालमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा आज सोमबार नेपालले युएईसंग खेल्दैछ। यदि खेल रद्द भए नेपाल च्याम्पियन हुँदै एशिया कपका लागि छनोट हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा शनिबारदेखि सुरु भएको वर्षा अझै केही दिनसम्म रहने जनाएको छ । यसकारण सामेबार हुने फाइनल खेल […]
डेढ महीनापछि यूएईसँग घरेलु मैदानमै भिड्दै नेपाल
काठमाडौं,बैशाख,१७-गत चैत २ गते (मार्च १६) मा भएको विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध खेलेको नेपालले त्यसको डेढ महीनापछि घरेलु मैदानमै अर्को ठूलो प्रतियोगिता खेल्दैछ। नेपालले त्रिवि क्रिकेट मैदानमा आफ्नो चिरपरिचत प्रतिस्पर्धी यूएईसँग सोमवार एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनल खेल्न लागेको हो।खेलको विजेता एसिया कपमा छनोट हुनेछ।पछिल्लो खेलमा यूएईलाई पराजित गरेको नेपालले आगामी […]
एसीसी प्रिमियर कपको फाइनलमा नेपाल, उपाधिका लागि यूएईसँग भिड्ने
काठमाडौं,बैशाख,१६-नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस […]
नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य
काठमाडौं,बैशाख,८-एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ । नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र […]
नयाँ वर्ष २०८० साल आजबाट शुरु
टोकियो,जापान,वैशाख,१-नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज(शुक्रबार)बाट सुरु भएको हो। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपाल र विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन रमाइलो गर्दै विभिन्न कार्यक्रम गरि हर्षोल्लास साथ मनाइँदैछ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो […]
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टीकापुरको अध्यक्षमा तिमिल्सिना
कैलाली,टिकापुर,चैत्र,२६-सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टीकापुर नगर स्तरिय महासंघ टीकापुरको अध्यक्षमा झनकराज तिमिल्सिना चयन भएका छन । आइतबार टीकापुरमा सम्पन्न महासंघको दोस्रो अधिवेशनवाट तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको हो । महासंघको उपाध्यक्षमा कृष्णा देवी चौधरी रहेकी छिन भने सचिवमा नृप ठकुल्ला, कोषाध्यक्षमा शम्भु कडायत र सह–सचिवमा दिपा सिंहलाई चयन गरिएको छ । ११ […]
जापानमा भाषा मात्रै अध्ययन गर्न जानेले अब एनओसी नपाउने
काठमाडौं,चैत्र,२९-जापानमा भाषा मात्रै अध्ययन गर्न आउन चाहानेले अब एनओसी नपाउने भएका छन्। यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए ।तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै एनओसी पाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्र एनओसी […]
वैशाख १ गतेदेखि विराटनगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध
विराटनगर,चैत्र,२९-विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले सार्वजनिक स्थानमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन पनि निषेध गरेको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रमा वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले […]
उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकियो
काठमाडौं,चैत्र,२९-आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा […]




