काठमाण्डौं,चैत्र,२६- एमाले–माओवादी केन्द्रले लेनिन जयन्तीको दिन पारेर ९ बैशाख (०७४) मा पार्टी एकता गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि २२ चैत्रमा बसेको एकता संयोजन समितिको बैठकले यो निर्णय गरेको थियो। त्यसैदिन बुझाइएका दुई कार्यदलले पनि ९ बैशाखमा नै पार्टी एकता गर्नुपर्ने सुझाव एकता संयोजन समितिलाई दिएका थिए। दुई कार्यदलको सिफारिस […]
Author: bihani
सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछुः रक्षामन्त्री पोखरेल
काठमाण्डाैं,चैत,२६- रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गर्नु भएको छ ।रक्षामन्त्री पोखरेलले राजनीतिक हस्तक्षेपका कारण कतिपय सरकारी निकायको दूर्भाग्यपूर्ण अवस्था आएको स्विकार गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । आज काठमाडौंमा आयोजित नेपाल आँखा अस्पतालको ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी निकायलाई फष्टाउन नदिने खालका कुनै […]
नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिदैन : शेखर कोइराला
चितवन,चैत,२६- नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गती लिन नसक्ने बताउनु भएको छ ।आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनु भएको हो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, ‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन […]
अदालत जतिकै न्याय सम्पादनमा मिडीयाको भुमीका छ : मुख्य न्यायधिस सुवेदी
रोशन घर्ती/ तुल्सीपुर,चैत्र,२५- उच्च अदालत तुल्सीपुरका मुख्य न्यायधिस नहकुल सुवेदीले जतिकै न्याय सम्पादनमा मिडीयाको भुमीका रहने वताउनु भएको छ। तुल्सीपुरमा आज आयोजीत एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा वोल्दै मुख्य न्यायधिस सुवेदीले यस्तो कुरा वताउनु भएको हो । तुल्सीपुरमा संचालीत सञ्जीवनी एफ.एम.को तेस्रो स्थापना दिवस तथा पुरस्कार वितरण समारोहमा वोल्दै प्रमुख अतिथि मुख्य न्यायधिस सुवेदीले अदालतले […]
तमुधी समाज फुकुओका प्रथम भलिबल कपको उपाधि सुदूरपश्चिमेली समाजलाई
फुकुओका,चैत्र,२५- तमुधी समाजले जापानको फुकुओमा शनीबार आयोजना गरेको प्रथम भलिबल कपको उपाधि सुदूरपश्चिमेली समाज फुकुओका जापानले जितेको छ । उक्त प्रतियोगिताको विजयी टिमले २ लाख ऐन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । यस्तै प्रतीयोगीतामा उपविजेतामा चित्त बुझाउदै आयोजक टिम तमुधी क्युशु समाज फुकुओकाले १ लाख ऐन नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । ‘युवालाई खेलकुद, स्वास्थ्यलाई खेलकुद’ […]
शितगंगा ४ का वडा अध्यक्ष दामोदर अधिकारी बिवादमा उपभोक्ताहरुद्धारा बाटो निर्माणमा अवरोध
अर्घाखाँची,चैत,२४- विकास निर्माणको वाहानमा बाटोघाटो निर्माण गर्ने सामुदायिक वन तथा अन्य प्राकृतिक असन्तुलन ल्याउन खोजेको स्थानियहरु तथा वन उपभोक्ताहरुले गुनासो गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ४ मा बाटोघाटोको सुविधा हुदाँहुँदै पनि अनावश्यक बाटो निर्माण गर्ने खोजेको र वन विनाश गर्न खोजेका वन उपभोक्ताहरुले आरोप लगाएका छन् । उनिहरुले यस्ता कार्यहरुमा स्थानिय जनप्रतिनिधिहरुको […]
जिभिएन माध्यामिक विद्यालयले मनायो २२ औँ वार्षिक उत्त्सव
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,चैत्र,२४- जिभिएन माध्यामिक विद्यालय नेपालगन्जले शनिबार आफ्नो २२ औँ वार्षिक उत्सव सब्य अनि भब्य तरिकाले मनाएको छ। जिभिएन स्कुल व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम विद्यालयले आफ्नै प्राङ्गनमा सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज नगर शिक्षा अधिकृत इश्वर पौडेल रहनु भएको थियो। त्यस्तै अतिथिहरु व्यवस्थापन समितिका […]
नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं : प्रधानमन्त्री ओली
काठमाण्डौं,चैत,२४- भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताउनु भएको छ । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भएको हो । आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको […]
हैदराबादबाटै पाईपलाइन र वीरगञ्ज भन्सार जाँच चौकीको उद्घाटन
काठमाण्डू,चैत्र,२४- भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम प्रोडक्सन पाइपलाइन शिलन्यास गरेका छन्। संयुक्त वक्तव्य सार्वजनिक गर्न आज दिल्लीको हैदराबाद हाउसमा। आयोजित सम्मेलनमा दुबै प्रधानमन्त्रीले स्वीच थिचेर पाइपलाईन निर्माणको शिलन्यास गरेका हुन्। अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ । अब रुट क्लेयरेन्समा समस्या नभएका क्षेत्रबाट […]
एमआरआइ काण्डमा वीपीका कर्मचारीले मागे पदाधिकारीको स्पष्ट धारणा
धरान,चैत्र,२३- भ्रष्टाचारको सिमा नाघेको भन्दै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । कर्मचारी कल्याण समाजले आज प्रतिष्ठानका पदाधिकारीलाई ध्यानाकर्षण गराउँदै भ्रष्टाचार र कर्मचारीसँग गरिएका सहमति र सम्झौता चैत्र मसान्त भित्र पालना गर्न ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय विभिन्न सञ्चार माध्यममा एमआरआई मेसिन खरिद, एमसिएच, कार्डियोलोजी र अंकोलोजी भवन […]










