सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,१९- ओखलढुंगामा शैक्षिक विकासका लागि सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा विद्यालय व्यवस्थापन समिति र प्रअहरुसँग सरोकारवालाहरुले अन्तरक्रिया गरेका हुन् । आज जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिका भित्रका सबैजसो विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थितीमा जिल्ला शिक्षा अधिकारी,नगरपालिकाका मेयर,प्रमुख जिल्ला अधिकारी, शिक्षकका […]
Author: bihani
ओखलढुंगामा शैक्षिक विकासका लागि सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,१९- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले फाल्गुण मसान्त भित्रै योजना सम्झौताको काम सक्ने भएको छ । नगरपालिकाले चालु आर्थिकवर्षको बजेटबाट सञ्चालन हुने विकासे आयोजनाको सम्झौता र पहिलो किस्ता निकासाको काम फाल्गुण मसान्त भित्रै सक्ने तयारी गरेको हो । अन्तिम समयमा योजना सम्झौता गर्दा अपेक्षीत काम नहुने भएकाले फाल्गुण भित्रै सम्झौता सकेर समयमै आयोजना पुरा गराईने […]
उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन
काठमाडौँ,माघ,१९- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गर्नुभएको छ । उपराष्ट्रपति पुनले आज प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दा सो कुरा बताउनुभएको हो । उहाँले हरेक शासकले खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा देखाउनु भएको कामको […]
क्यान्सर पिडीत रेश्मा बस्नेतको ज्यान बचाईदिन सहयोगको अपिल
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,१७- फियोमा क्यान्सर (ट्युमर)भई उपचारमा रहेकी खोटाङ्की एक बालिकाका लागी परिवारले सहयोगको अपिल गरेका छन् । ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेल निवासी श्री बिर बहादुर बस्नेत र संगीता बस्नेतकी १५ बर्षिय छोरी रेश्मा बस्नेतलाई फियोमा क्यान्सर भएको हो । कक्षा ९ मा अध्यानरत बालिका बस्नेतको काठमान्डौमा उपचार हुन नसके पछि हाल भारतको भैल्लोर अस्पतालमा […]
सिद्धिचरण नगरपालिकाले प्रबाह गर्ने सेवा र पुननिर्माण सम्बन्धी सार्बजनिक सुनुवाई सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुगा,माघ,१७- सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहकार्यमा सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सुशासन, पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । सार्वजनिक सुनुवाइमा […]
विवेकशिल साझा पार्टि समर्थितको बैठक जापानमा सम्पन्न
मिलन मगर/ फुकुओका,जापान,माघ,१७- विवेकशिल साझा पार्टिका समर्थित साझा सद्भाव समुह फुकुओका जापानको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । संयोजक गोबिन्द रेग्मीको अध्यक्षतामा फुकुओकामा कृयाशिल रहेका साझा पार्टि समर्थित साझा सद्भाव समुहको बैठक बसेको थियो । उक्त बैठकले कमिटी पुनर्गठन गरी कमिटीमा सक्रिय सदस्यहरु बढाउदै लैजाने भएको छ । अब समुहलाई अझै बिस्तारित रुपमा समाज सङ्ग प्रत्यक्ष रुपमा […]
नुवाकोट समाज क्युशुको जापानमा क्षेत्रीय कमिटी गठन
मिलन मगर/ फुकुओका,जापान,माघ,१७- नुवाकोट समाज क्युशुले मंगलबार जापानमा क्षेत्रीय कमिटी गठन गरेको छ । जापानमा नुवाकोटका बिभिन्न ठाँउबाट उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा कर्म भुमी बनाउदै आएका सबै नुवाकोट बासीलाई क्युशु क्षेत्रमा गोलाबद्ध गराउने उद्देश्यले नुवाकोट समाज क्युशु क्षेत्रिय कमिटी गठन गरेको हो । उक्त कमिटीले प्रकाश लामिछानेको नेतृत्वमा २३ सदस्य समिती गठन गरेको छ […]
सहीदहरुको सम्झनामा कोहलपुरमा प्रभात र्याली
बाँके,माघ,१६- शहिदहरुको सम्झनामा कोहलपुरमा प्रभात फेरी र्यालीको आयोजना गरीएको छ । कोहलपुर नगरपालिका कार्यालयको आयोजनामा प्रभात फेरी र्यालीको आयोजना गरिएको हो । र्यालीको कोहलपुर चौराह बाट शुरु भई कोहलपुरका विभिन्न भागको परिक्रमा गरी कोहलपुर चौराहमा नै कोण सभा गरिएको थियो । सभामा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै विर सहिद को […]
राष्ट्रियसभा निर्वाचन : नामावली प्रकाशन र चुनाव चिह्न आज प्रदान गरिने
काठमाडौं,माघ,१५- निर्वाचन आयोगले आज राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने भएको हो । आयोगले आज दिउँसो ३ देखि ४ बजेभित्र उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन […]
अध्यक्ष ओली र दाहालबीच भेटवार्ता
काठमाडौं, माघ,१५- नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रिय सभा निर्वाचनमा बाम गठबन्धनलाई बढी सिटमा विजयी गराउनेबारेमा समीक्षा भएको हो । प्रदेश सभा गठन तयारी अन्तिम चरणमा पुगेको समयमा दुई नेताबीच राष्ट्रियसभा र प्रदेशसभाका […]






