सोल, पुस,२५- दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो । पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । […]
Author: bihani
ढल निकास र फोहोर मैला व्यवस्थापन नहुँदा सुखड बजार दुर्गन्धीत बन्दै
बिरेन्द्र शाह/ कैलाली,सुखड,पौष,२४- कैलालीको घोडाघोडी नगरपालिको मुख्य सुखड बजारमा ढल निकास र फोहोर मैला व्यवस्थापन क्रुप बन्दै गएको छ । बिभिन्न प्रयोजनमा प्रयोग हुने पानिलाई व्यवस्थित तरीकाले व्यवस्थापन नुहदा समस्या भएको हो । केही ठाउँमा ढल निकास भए पनि बजारका बिभिन्न गल्लीहरुमा ढल निकासको लागी कुनै व्यवस्था परीएको छैन । समयमा समस्याका समाधान नहुने हो […]
अनसनमा बसेका डा. गोविन्द केसी पक्राउ
काठमाडौं,पुस,२४- आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई आज सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी […]
कैलालीको लम्की चुहामा बसको ठक्करबाट एक जनाको मृत्यु
पवन मुडभरी/ बौनीयाँ ,पुस,२४- बसको ठक्कर बाट कैलालीको लम्कीमा आज एक जनाको मृत्यु भएको छ । काठमाण्डौ देखि धनगढी जादै गरेको ना ५ ख ७६९२ नम्बरको बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी २५ बर्षिया धौली देवि खनालको घटनास्थलमै मृत्यु भएको हो । मृतक खानाल आफ्ना बालबालिकालाई न्यानो बनाउन र बाखा्रालाइ घास दाउरा […]
धनगढीमा जारी खप्तड गोल्डकप फुटबलमा झापा ११ लाई हराउदै थ्री स्टार विजयी
धनगढी,पुस,२४- क्षेत्रीय धनगढी रंगशालामा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा रुसलान थ्री स्टार फुटबल क्लव विजयी भएको छ । आजको खेलमा थ्री स्टारले रमपम झापा ११ फुटबल क्लवलाई ३/१ गोल अन्तरले पराजीत गरेको हो । जितसँगै रुसलान थ्री स्टार फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको ३४ औं मिनेटमा नै रुसलान थ्री स्टार फुटबल क्लवले गोल […]
आफ्नै भ्रातृ संगठनले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
काठमाडौं, पुस २४- प्रधानमन्त्री शेरबहादुर देउवाले शीतलहरका कारण प्रभावित तराईका जिल्लाहरुमा सरकारले राहतको विशेष व्यवस्था गर्ने बताउनु भएको छ । आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले प्रभावित जिल्लाहरुमा राहतको व्यवस्था गरिने आश्वासन दिनुभएको छ । नेपाल विद्यार्थी संघले राखेका सबै माग जनसरोकारका विषय भएकाले आफू त्यसप्रति सकारात्मक रहेको उहाँको भनाइ छ […]
आईईएलटीएस परीक्षा, प्रश्नपत्र बाहिरिएको आशंका
काठमाडौं,पुस,२४- अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरी परिसर काठमाडौंले आईईएलटीएस परीक्षाको उत्तर मिलाइदिने भन्दै तीन विद्यार्थीबाट चार लाख ५० हजार रुपैयाँ असुलने सुरज लामा, गणेशराज उपाध्याय र विधान आचार्यलाई पक्राउ गरेको छ । सिंगापुरबाट आईटी पढेको बताउने सुरजले उत्तर मिलाइदिने र अन्य दुईले विद्यार्थी खोज्ने […]
चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप
काठमाडौं,पुस,२४- चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने […]
पाइला-पाइलामा ठगिँदै उपभोक्ता
काठमाडौं,पुस,२४- सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाइदा उठाउदै व्यापारीले कम गुणस्तरका सामान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषयमा नारामा मात्र सीमित हुँदा वस्तु तथा सेवामा उपभोक्ता पाइला पाइलामा ठगिने गरेका छन् । आजको कारोबारमा खबर छ ।
धनगढीमा जारी खप्तड गोल्डकप फुटबलमा संकटा विजयी
धनगढी,पुस,२३- कैलालीको धनगढी रंगशालामा शुक्रबारबाट शुरु भएको खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा संकटा क्लव विजयी भएको छ । आज भएको उत्साह जनक खेलमा संकटा क्लवले धरान फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो । जितसँगै संकटा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित् समयमा दुवै टिमले बराबरी खेलेपछी पेनाल्टी भएको थियो । आज […]





