सप्तरी,पुस,२३- देशभर चिसो बढेर जनजीवन कष्टकर बनिरहेका बेला तराईका जिल्लाहरुमा विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी रहेका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ठाकुरको गाईगोठमा […]
Author: bihani
प्रधानमन्त्री देउवा आज पनी आन्तरिक छलफलमा व्यस्त रहने
काठमाडौं,पुस,२३- प्रधानमन्त्री शेरवहादुर देउवा आजपनि आन्तरिक छलफलमा व्यस्त रहनुभएको छ । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी राजधानी तोक्ने लगायतका विषयमा पछिल्लो समय राजनीतिक सहमति खोज्दै छलफलाई निरन्तरता दिनुभएका प्रधानमन्त्री देउवा आजपनि व्यस्त रहने उहाँको निजी सचिवालयले जनाएको छ । भोली बस्ने मन्त्रीपरिषदको बैठकले यस विषयमा निर्णय गर्न सक्ने संभावना भएकाले सहमतिकालागि आन्तरिक छलफलमा जुट्नुभएको हो । […]
अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता आज हुने
काठमाडौं,पुस,२३- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ । यसअघि हिजो हुने भनिएको छलफल हुन नसकेपछि भेटवार्ता आजका लागि तय गरिएको हो । एमाले अध्यक्ष ओली केही दिनदेखि अस्वस्थ हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको भरतपुर–काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको नेताहरुले बताएका […]
नेपाल मगर संघ क्युशु जापानले माघे संक्रान्ति धुमधामले मनाउने
मिलन मगर/ जापान,पौष,२२- नेपाल मगर संघ क्युशु जापान ले विगतका वर्षमा झैं माघे संक्रान्ति पर्व धुमधामले मनाउने भएको छ । यस वर्ष पनि आगामी जनवरी १४ तारिखका दिन नेपाल मगर संघ क्युशु जापानले विविध सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने तयारी गरिरहेको संघका बरिष्ठ उपाध्याक्ष दिपक राना मगरले जानकारी दिनुभयो । माघे संक्रान्ति कार्यक्रममा परम्परागत […]
कठ्यांग्रिएर तराईमा एक सातामा ९ को मृत्यु
काठमाडौँ,पुस,२२- पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ । यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् । आजको नागरिकमा खबर छ ।
बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव
बाँके,पुस,२२- बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचारका लागि पुगेका बिरामी त्यसै फर्कन बाध्य भएका छन् । राप्तीसोनारी गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा सरकारले निःशुल्क प्रदान गर्ने औषधिको अभाव छ । आजको नयाँ पत्रिकामा खबर छ ।
कांग्रेसमा पौडेल पक्षको छुट्टै भेला
काठमाडौँ,पुस,२२- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ । जनभावनाविपरीतका सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै पौडेल […]
टाढिँदै एमाले माओवादी एकता
काठमाडौँ,पुस,२२- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन ।दुई अध्यक्षबीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन […]
उच्च अदालत ओखलढुंगामा लक्ष्य अनुसार मुद्दा दर्ता भएन
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगा उच्च अदालतमा चालु आर्थिक वर्षमा अनुमान भन्दा कम मुद्दा दर्ता भएका छन् । अघिल्लो आवको अनुमानमा लक्ष्य राखिएपनि त्यसअनुसार मुद्दा दर्ता नभएका हुन् । यस आर्थिक वर्षभित्रमा कुल ३ सय ४८ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । पुष मसान्तसम्ममा १ सय ७४ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा हालसम्म ७८ वटा […]
ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश गरेका छन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले चुनावी खर्च विवरण पेश गरेका हुन् । उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर बिबरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । आयोगले निर्धारण […]








