काठमाडौं,कार्त्तीक,१७- प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएका दलहरूले दोस्रो चरणमा पनि कम प्राथमिकतामा राखेका छन्। प्रमुख दलले पहिलो र दोस्रो चरण गरी जम्मा १० प्रतिशत मात्रै महिला उम्मेदवार उठाएका छन्। निर्वाचन हुने जम्मा एक सय ६५ क्षेत्रमा प्रतिनिधिसभाका लागि १८ महिलाको मात्रै उम्मेदवारी परेको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका […]
Author: bihani
देउवाको श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा
काठमाडौं,कार्तिक,१७- राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ […]
शीर्ष नेताविरुद्ध बागी उम्मेदवार
काठमाडौं,कार्तिक,१७- मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेताविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । सबैभन्दा ‘हेभिवेट’ बागी उम्मेदवारका रुपमा कांग्रेसका गोविन्दराज जोशी देखिएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र […]
‘प्रचण्डलाई १५ हजारभन्दा बढी मतले जित्छु : विक्रम पाण्डे
चितवन,कीर्त्तीक,१७- कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गर्नु भएको छ । कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका पाण्डेले चितवन ३ का जनताको माया र साथले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्ने दावी गर्नुभयो । ‘म यहाँको रैथाने उम्मेदवार हो, मैले […]
देशैभर उल्लासपूर्ण उम्मेदवारी दर्ता, कुल १४०५ जनाको उम्मेदवारी पर्यो
काठमाण्डौ,कार्त्तीक,१६- आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको थियो । आयोगले प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाले उम्मेदवारी दर्ता गराएको जनाएको […]
प्रतिनिधिसभा निर्वाचनमा शीर्ष नेता को कहाँबाट उम्मेदवार ?
काठमाडौ,कार्त्तीक,१६- दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् । २०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा ‘लोकतान्त्रिक गठबन्धन’ बाट र ओली वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । मुलुकको भावी नेतृत्व ‘झापा कि डडेल्धुरा’ भन्ने […]
शान्तिपूर्णरूपमा उम्मेदवार मनोनयनपत्र दर्ता हुँदैः निर्वाचान अायाेग
काठमाण्डाैं,कार्तिक,१६- मंसिर २१ गते दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको छ । मनोनयन दर्ता कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ । उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन […]
प्रधानमन्त्री देउवाको निर्देशनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता
काठमाडौं, कात्तिक १६- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले बुधबार राती बाट बढाएको मूल्यवृद्धि फिर्ता लिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा इन्धनको मूल्यवृद्धि गर्दा मतदातामा नकारात्मक असर पर्ने भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएपछि निगमको आज बिहान बसेको सञ्चालक समितिको आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिएको हो । निगमका […]
वाम गठवन्धनले आफूलाई प्रधानमन्त्री बनाउने सहमति नगरेको अध्यक्ष ओलीको भनाई
विराटनगर, कात्तिक,१६- नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र माओवादीबीच कुनै राजनीतिक दललाई समाप्त पर्ने उद्देश्यका साथ गठबन्धन निर्माण नभएको प्रष्ट्याउनु भएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनकै कारण अधिनायकवादी शासन आउन सक्ने भनि गरेको अनुमानमा सत्यता नरहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसमा मुलुकको प्रगति र विकास विरोधी […]
परराष्ट्रका कर्मचारीले अब नेपाली र अंग्रेजीबाहेक अर्को भाषा अनिवार्य सिक्नुपर्ने
काठमाण्डौ,कार्त्तीक,१६- आफ्ना कर्मचारीलाई परराष्ट्र मन्त्रालयले विभिन्न भाषाको प्रशिक्षण सुरु गरेको छ। मन्त्रालयले अधिकृत र नायब सुब्बा तहका कर्मचारीलाई आइतबारदेखि अरबी, सोमबारदेखि फ्रेन्च तथा मंगलबारदेखि चिनियाँ भाषासमेत प्रशिक्षण सुरु भएको हो। परराष्ट्रले आफ्ना कर्मचारीलाई नेपाली र अंग्रेजीबाहेक अर्को एउटा भाषा अनिवार्य सिक्नुपर्ने नियम ल्याएको छ। पहिलो चरणमा तीन भाषालाई महत्त्व दिइएको हो।अरबीमा २७ र फ्रेन्चमा २३, चिनियाँमा […]










