काठमाण्डौ,असार,१५- रोल्पाको माडी गाउँपालिका वडानम्बर १ मा माओवादी अध्यक्षका उम्मेदवार आमबहादुर घर्ती नेतृत्वको प्यानल विजयी भएको छ । यस्तै प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा एमालेका कुलबहादुर रोकाको प्यानल बिजयी भएको हो । रोकाको ४९३ मत, निकटतम प्रतिद्वन्द्वी माओवादीको ३०३ मत रहेको थियो । यसैविच नवलपरासीको बर्दघाट नगरपालिका १ मा एमालेका अध्यक्ष पदका उम्मेदवार […]
Author: bihani
दाङको दंगीशरण गाउँपालिका १ मा एमालेको प्यानल नै विजयी
दाङ,असार,१५- दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ को अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् । विजयी चौधरीले ३ सय ९७ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक […]
एक साताभित्र मतगणना मतगणना गर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौं,असार,१५- निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई एक साताभित्र मतगणना सक्ने गरी मतगणकको समूह बनाउन निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणमा भएको ढिलाइबाट पाठ सिकेर सुरुमै मतगणकहरूको समूह धेरै बनाउन निर्देशन दिइएको हो । ‘मतपत्रको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या धेरै राख्नेदेखि अन्य सुरक्षाका विधि अपनाउन निर्वाचन अधिकृतलाई भनिसकिएको छ,’ प्रवक्ता शर्माले […]
डडेलधुराको अजयमेरु-६ मा माओवादी विजयी
काठमाडौँ,असार,१५- डडेलधुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी उम्मेदवार दानबहादुर खड्काले ४ ८० मतसहित निर्वाचित हुनु भएको हो ।
बझाङका दुई मतदान केन्द्रमा भोलि निर्वाचन
बझाङ, असार,१५- नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचको झडपका कारण स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रबार (भोलि) मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोलिका लागि मतदानको कार्यक्रम तय गरेको हो । जयपृथ्वी नगरपालिका वडा […]
किशोरी बलत्कारमा संलग्न एक युवा पक्राउ
नरेश खड्का, दाङ, असार,१५- किशोरी बलत्कारमा संलग्न एक युवा तुलसीपुरबाट पक्राउ परेका छन् । तुलसीपुर–६ गु्रुमराह चोक निवासी २३ बर्षका विक्रम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । तुलसीपुर–६ गु्रुमराह चोक निवासी विक्रम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।गएको फागुन १३ गते शिबरात्रीको दिन वनगाउँ जंगलमा १८ बर्षिय किशोरीलाई बलात्कार प्रयास गर्ने क्रममा […]
माओवादीको आधारभूमि रोल्पामा खोल्यो काँग्रेसले खाता
नरेश खड्का, रोल्पा,असार,१५– रोल्पा जिल्लामा पनि कांग्रेसले खाता खोलेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत ल्याए । माओवादीका खुशलसिंह विकको १९९ मत ल्याएर तेस्रो भए । यसबाहेक काँग्रेसले […]
निर्वाचन विशेष अपडेट : तीनवटै प्रदेशमा कांग्रेसको प्रारम्भिक अग्रता
काठमाडौं, असार,१५- दोस्रो चरणअन्तर्गत तीनवटा प्रदेशमा भएको निर्वाचनको हालसम्म जारी मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। प्रदेश नम्बर १, ५ र ७ का ४२ स्थानमध्ये कांग्रेसले १९ स्थानमा अग्रता लिएको छ। पहिलो चरणमा पहिलो बनेको एमाले भने अहिलेको प्रारम्भिक मतगणनामा दोस्रो स्थानमा छ। एमालेले १५ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ८ स्थानमा […]
बर्दिया र रोल्पामा मत गणना सुरु
काठमाण्डौ, असार,१५- बर्दिया र रोल्पा जिल्लामा मतगणना सुरु भएको छ। रोल्पाका माडी, त्रिवेणी, रुन्चीगढी गाउँपालिकामा गएरातिदेखि नै मत गणना सुरु भएको हो। त्यसैगरी, बर्दियामा पनि रातिदेखि नै मतगणना सुरु भएको छ। मधुवन, बाँसगढी, गेरुवा र ठाकुरबाबामा मत गणना सुरु भई माओवादी केन्द्रले अग्रता लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बढैयाताल, गुलरिया र राजापुर नगरपालिकामा अहिले […]
पोर्चुगललाई पराजित गर्दै चिली फाइनलमा
मस्को, असार १५- पोर्चुगललाई हराउँदै चिली कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो सेमिफाइनलमा चिली पेनाल्टी सुट आउटमा विजयी भयो । निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो ।टाईब्रेकरमा चिली […]









