कोहलपुर नगरपालिका १ मा एमालेको पुरै प्यानल विजय

कोहलपुर,असार,१६- बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेको पुरै प्यानल विजय भएको छ । नेकपा एमालेबाट वडा अध्यक्षमा गोपिलाल खनाल ५ सय ९ मत ल्याएर विजय भएको छन् । त्यस्तै महिला सदस्यमा चेतना शाही ४ सय ६३, दलित महिला सदस्यमा दिलमाया सुनार ४ सय ७५, खुल्ला सदस्यमा ४ सय ६६ र खुल्ला सदस्यमा […]

सुनसरीको बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्र विजयी

सुनसरी, असार १६- सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।

गुल्मीको रेसुङ्गा नगरपालिकाका चारवटा वडामा कांग्रेसको प्यानलै विजयी

गुल्मी, असार १६- रेसुङ्गा नगरपालिकाका चारवटा वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । रेसुङ्गाको वडा नम्बर १, २, १३, र १४ मा कांग्रेसले प्यानलसहित विजय प्राप्त गरेको छ ।

सुदूरपश्चिम सेवा समाजद्वरा कलाकार तिमिल्सीनालाई क्वालालाम्पुरमा बिदाई

दिनेश खड्का खप्तडी, मलेसिया,असार, १५- सुदूर पश्चिम सेवा समाज मलेसीयाको निमन्त्रणामा मलेसीया नेपाल बाट आउनु भएका राष्ट्रिय कलाकार टंक प्रसाद तिमिल्सीनालाई क्वालालाम्पुर स्थित उग्रतारा होटलको सभाहलमा एक कार्यक्रमका बिच सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवशेन २०१७ को विशेष सांगितिक कार्यक्रम तथा मलेसीयाका बिभिन्न शहरहरुमा सम्पन्न भएको […]

कोरियन भाषा परीक्षाको साउन ११मा नतिजा आउने

काठमाडौं,असार,१५- भोलि शुक्रबार कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित नहुने भएको छ । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, गत जेठ २७ र २८ गते भएको परीक्षामा सरकारकै लापरवाहीका कारण केही परीक्षार्थीले जाँच दिन नपाएपछि अब साउन ११ गते नतिजा आउने गरी नयाँ तालिका बनाइएको छ । एसियन इन्स्टीच्युट […]

बझाङको काँडाबाट कांग्रेसको बिजयी शुरुवात

बझाङ,असार,१५- दोस्रो चरणको स्थानीय चुनावमा पहिलो परिणाम बझाङको काँडा गाउँपालिकाबाट शुरु भएको छ ।काँडा गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहोरा ३९४ मतका साथ बिजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा बिजयी भएकी छन् । सदरमुकामबाट धेरै टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।

रोल्पाको चर्चित थवाङ-५ मा माओवादी केन्द्र विजयी

रोल्पा,असार,१५- थबाङ-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।साविकको उवा गाविस रहेको यस वडामा माओवादी केन्ऽका गोबर्द्धन घर्ती पूरै प्यानलसहित अध्यक्षमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी कांग्रेसका रमेश रोकालाई १ सय २६ को फराकिलो अन्तरले पराजित गर्दै घर्ती विजयी भएका हुन् । उनले २८७ […]

बझाङको मस्टा गाउँपालिका बाट एमालेको बिजयी शुरुवात

काठमाडौं,असार, १५- एमालेले दोस्रो चरणको स्थानीय चुनावको बिजयी शुरुवात बझाङबाट गरेको छ ।बझाङको मस्टा गाउँपालिकामा एमाले र काँडा गाउँपालिकामा कांग्रेसले अध्यक्ष उपाध्यक्ष जितेर आ आफ्नो बिजयको खोलेका हुन् । बझाङको मस्टा गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहावदुर कठायत ७५४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा बिजयी भएकी छन् । गाउँपालिकाका […]

दाङको शान्तिनगर गाउँपालिका- १ मा माअोवादी केन्द्रको प्यानल विजयी

दाङ,असार १५- दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल नै विजयी भएको छ। महिला सदस्यमा विमी डाँगी (विमला), दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरूमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन्। कुल मतदाता एक हजार ७३८ रहेको यस वडामा एक हजार ३५२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले […]

देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका- १ मा कांग्रेसको प्यानल विजयी

डडेल्धुरा,असार,१५- प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। यस वडाको वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन्। उनले ९१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे। यस वडामा दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुला सदस्यमा हरिसिंह देउवा […]