५ जिल्लामा चुनाव धाँधली भएको भन्दै एमालेद्वारा पुनःमतदानको माग

काठमाडौं, असार,१४- आज सम्पन्न दोस्रो तहको स्थानीय निर्वाचनमा सत्तारुढ पार्टीहरुद्वारा सत्ताको दुरुपयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। आज साँझ एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा त्यस्ता घटनाको भत्सर्ना गर्दै पुनः मतदान गराउन माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने […]

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न

काठमाडौं, असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर–१, ५ र ७ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।समग्रमा ७०.५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत […]

प्रधानमन्त्री देउवाको सुरक्षाका लागि गएको जिप दुर्घटना, ९ प्रहरी घाइते

कैलाली,असार,१४- प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत् पर्ने कैलालीको फल्टुडेमा आज  दुर्घटनामा परेको छ । से १ ज १५०३ नम्बरको सो जिप सडकमै पल्टिँदा ९ प्रहरी घाइते भएकामा दुईजनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताउनुभयो । प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलधुरामा […]

मतदान स्थलमा काँग्रेस उम्मेदवार

बँके,असार,१४ – नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा पुगी मतदान गर्नुभएको छ । भने उपमेयरका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी उच्च माविमा विहानै ७ बजे नै मतदान गर्नुभएको छ । मेयर र उपमेयरका उम्मेदवारहरुले मतदान गरिसकेपछि नगरका सबै […]

लामो समय पछि मतदान गर्न पाउदा बर्दियाका मतदाताहरु निकै खुशि

डम्मर थापा मगर, बर्दिया,,असार,१४- स्थानिय तहको निर्वाचन देशका बिभिन्न स्थानमा निर्वाचन भएसंगै आज मतदाताहरुले बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ७ मा मतदान गरिरहेका छन् । लामो समयको प्रतिक्षा पछि भएको निर्वाचनमा मतदान गर्न पाउदा मतदाताहरु निकै खुशि देखिएका छन । आफुले आफ्नो ठाउ र आफ्नो प्रदेश को बिकास का लागी सहि उम्मेदवार चुन्न पाउदा र […]

विश्वका विभिन्न कम्पनीमा एकसाथ साइबर आक्रमण

नर्वे, असार,१४– विश्वभर विभिन्न कम्पनीमा साइबर आक्रमण भएको छ । युक्रेनबाट शुरु भएको एउटा ठूलो स्तरको कम्प्युटर प्रणालीमा भएको आक्रमणको प्रभाव नर्वे, भारतलगायतका देशहरुमा फैलिएको छ । युक्रेनमा मन्त्रालय, उर्जा कम्पनी र बैंकहरुले कम्प्युटर प्रणालीमा समस्या बेहोरिरहेका छन् । केन्द्रीय बैंक, सरकारी उर्जा वितरक र विमान उत्पादकक साथै दुई हुलाक सेवा पनि प्रभावित भएका छन् […]

चुनावमा एक लाख ६४ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं,असार,१४- दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । निर्वाचन स्वतन्त्र र […]

५ पटक चुनाव वहिष्कार गरेका थवाङी आज मताधिकार प्रयोग गर्दै

रोल्पा,असार, १४- सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् ।इएतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । आज हुने निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतिक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालका चुनाव वहिष्कार गरेका थिए ।

आज तिन प्रदेशमा दोस्रो चरणको निर्वाचन हुँदै

काठमाडौं, असार,१४– स्थानीय तहको दोस्रो चरणको निर्वाचन आज तीनओटा प्रदेशमा हुँदैछ । प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा आज निर्वाचन हुन लागेको हो ।  तीमध्ये १ महानगरपालिका, ७ उपमहानगपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् । सबै स्थानीय तहमा परी कुल २८७४ वडा समावेश छन् ।निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७ […]

भोलि हुने निर्वाचनको सुरक्षाबारे आयोगमा उच्च तहको बैठक

काठमाडौं,असार,१३- भोलि हुने निर्वाचनको सुरक्षा अवस्थाबारे निर्वाचन आयोगमा उच्च सुरक्षा अधिकारीहरुको बैठक बसेको छ ।भोलि तीन वटा प्रदेशमा एक साथ निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाबारे सतर्कता अपनाउनको लागि निर्वाचन आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव, गृहसचिव, रक्षा सचिव, नेपाली प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख र राष्ट्रिय अनुशन्धान आयोगका प्रमुखहरुको बैठक […]