कतारमा नेपालीलाई कुनै समस्या छैन

काठमाडौं,जेठ,२४- कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर […]

नवनियुक्त प्रधानमन्त्री देउवाले आज शपथ लिने

काठमाडौ,जेठ,२४- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । देउवाले राष्ट्रपति भवन शीतल निवासमा दिउँसो पौने २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुने भएको हो । कंग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा हिजो निर्वा्चित हुनु भएको थियो । शपथ ग्रहणलगत्तै देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम […]

६ राष्ट्रले तोडे कतारसँग सम्बन्ध

काठमाडौ,जेठ, २३- मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको […]

जापानको क्युशु क्षेत्रमा (NRNA)को अध्यक्षका लागि दुई जनाको दावेदार

 मिलन मगर, जापान,जेठ,२३- गैर आवसीय नेपाली संघ (NRNA)क्युशु क्षेत्र जापानको आगामी दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर लागेका छन् । जसमा संयोजकको प्रतिस्प्रधी लक्ष्मण बानिया र देवराज उप्रेती भिड्दैछन् । जापानको क्युसुमा मात्र ६ हजार नेपालीहरु रहेका छन् । यसैविच हामीले अध्यक्षको दावेदार गर्नु […]

देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्बाचित

 काठमाण्डौ,जेठ,२३- नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्बाचित हुनुभएको छ । संसदमा आज भएको निर्बाचनमा ३८८ मतका साथ देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्बाचित हुनुभएको हो । कांग्रेस सहित नेकपा माओबादी केन्द्र , राजपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रीक, संघिय समाजबादि फोरम, नेपाल लोकतान्त्रीक फोरम, अखण्ड नेपाल, समाजबादि जनता पार्टी, नेकपा संयुक्त लगायतका साना […]

नि:शूल्क शिक्षा नीति बिपरित दाङका विद्यालयमा भारी शूल्क

नरेश खड्का दाङ, जेठ,२३- ‘एक बोरा चामल किनूँला भने र जम्मा गरेको पैसाले छोराको नाम लेखाइदिएँ । नौ कक्षा उत्तीर्ण गरे र १० कक्षामा गएको छोराले सबैले नाम लेखाए, छिटो नाम लेखाइदे ऊ आमा भन्दै झगडा गर्न थाले पछि सेन्टर  स्कुलमा गएर नाम ले खाइदिएँ– नाम नभन्ने शर्तमा एक अभिभावकले भन्नुभयो । उहाँले चामल किन्न […]

किन दाङ आउँदैछन् एमाले अध्यक्ष केपी ओली

नरेश खड्का  दाङ,जेठ,२३- नेकपा एमालेका अध्यक्ष केपी ओली दाङ आउनु हुने भएको छ । एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले यहि जेठ २८ गते अध्यक्ष ओली दाङ आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । मेची–महाकाली अभियानकाक्रममा दाङ आउने भनिएपछि स्वास्थ्यले साथ नदिएपछि ओली यहाँ आउन सक्नुभएको थिएन । नेता पोख्रेलका अनुसार नेकपा […]

गृहमन्त्रीमा जनार्दन शर्माको चर्चा

काठमाडौं,जेठ,२३- शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । सुरुमा माओवादीले दुई मन्त्री पठाउने तयारी गरेको छ । स्रोतका अनुसार माओवादीले अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई गृहमन्त्री बनाउने भएको छ । माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्नेभएका छन् । महराले उपप्रधानमन्त्रीसहित मन्त्रालय सम्हाल्ने छन् । महराले सम्हाल्ने मन्त्रालयको […]

कांग्रेस र राजपाबीच लिखित सहमति

काठमाडौं, जेठ, २३- कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा समर्थन लिन राष्ट्रिय जनता पार्टी नेपालसँग आज लिखित सहमति गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपालसँग माग सम्बोधनका विषयमा लिखित सहमति गर्न लाग्नु भएको हो । प्रधानमन्त्री निर्वाचनमा प्रधानमन्त्री पदका लागि मनोनयन दर्ता गराउनु भएका देउवाले संविधान संशोधन विधेयक पारित गर्ने, स्थानीय तहको संख्या […]

आज प्रधानमन्त्रीको निर्वाचन हुने,देउवा प्रधानमन्त्री वन्ने पक्का

काठमाडौ,जेठ, २३- भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने […]