काठमाडौ, जेठ, १६- सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावका सम्बन्धमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणाले गरेको आदेश रद्द गर्न माग गर्दै सर्वोच्चमा भ्याकेट हाल्ने भएको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि न्यायाधीश राणाको इजलासले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव अघि बढाउन रोक लगाएको अन्तरिम आदेश संविधानविपरीत भएको भन्दै भ्याकेट हाल्ने निर्णय गरेको […]
Author: bihani
लियो क्लब अफ नेपालगंजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
मधुपौडेल, बाँके,जेठ,१५- लियो क्लब अफ नेपालगंज, बागेश्वरीले आज सोमबार आफ्नो दोस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष लि.योगेन्द्र भण्डारीको सभापतित्वमा भएको उक्त भेलाले आगामी बर्ष २०१७र१८ को लागि नयाँ कार्यसमितको चयन समेत गरेको लियो क्लवका कोषाध्यक्ष लि.अस्मिता सुबेदीले बताउनुभयो । नयाँ कार्यसमितको नामावली निम्नानुसार रहेको छ । १. लि.भावना रोका ( अध्यक्ष) […]
नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखा संचालनमा
मधुपौडेल, बाँके,जेठ,१५- सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले १० औ गणतन्त्र दिवशको अवसर पारेर नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखा संचालनमा ल्याएको छ । बाकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले दशौ गणतन्त्रको शुभकाना लेखिएको ८० पाउन्डको केक काटेर सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखाको उद्घाटन गर्नु भएको हो । गणतन्त्रलाई उत्सवका रुपमा मनाउदै देशलाई सम्बृद्धिको […]
नेपालगन्जमा नमुना मतदान कार्यक्रम सम्पन्न
मधुपौडेल, बाँके,जेठ,१५- नेपालगन्जमा राजनितिक दल र विभिन्न सरोकारवालाहरुसंग आउदो स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै अन्तरक्रिया तथा नमुना मतदान कार्यक्रम गरिएको छ । कार्यक्रममा बाँकेका मुख्य निर्वाचन अधिकृत माननिय जिल्ला न्यायाधिस तेजनारायण पौडेलले जनतालाई सहि तरिकाले भोट हाल्न सिकाउनु निर्वाचन आयोगको मात्र जिम्मेवारी नभई राजनितिक दलहरुको पनि उत्तिकै कर्तव्य रहेको बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी […]
नेपालगन्जमा पनि गणतन्त्र दिवस मनाईयो
मधुपौडेल, बाँके,जेठ,१५- १० औं गणतन्त्र दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोक हुँदै जिल्ला समन्वय समिती, बाँकेको सभाकक्षमा पुगी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ संविधानलाई कार्यान्वयन गर्न सकिए मात्र गणतन्त्रले सार्थकता पाउने बताएका थिए । बाँके क्षेत्र नम्बर १ का सांसद देवराज […]
पूर्व अर्थमन्त्री देखि उद्योगी ब्यबसायीले दिए बजेट बारे यस्तो प्रतिक्रिया
काठमाण्डौ,जेठ,१५- पूर्व अर्थमन्त्री एवम् एमाले नेता भरतमोहन अधिकारीले व्यापार घाटा न्यूनिकरण गर्न बजेटमा कुनै व्यवस्था नगरिएको प्रतिक्रिया दिनु भएको छ । पूर्व अर्थमन्त्री अधिकारीले कृषिमा लगानी बढाएर मात्रै व्यापार घाटा कम गर्न सकिने भन्दै सरकारले कृषिका लागि छुटयाइएको बजेट अपुग भएको पनि स्पष्ट पार्नु भयो । उहाँले गरिवी हटाउने, कृषिमा उत्पादन बढाएर मात्रै मुलुकको व्यापार […]
भेरीको शेयर सदस्य भेटघाट कार्यक्रम कोहलपुर ८ पिपरिमा
मधुपौडेल, बाँके,जेठ,१५- भेरी सहकारी बित्तीय संस्था लि. नेपालगंज बांकेको पकेट यरिया मानिने कोहलपुर-८ , पिपरिमा शेयर सदस्य भेटघाट तथा जिज्ञासा , सुझाव संकलन कार्यक्रम ग्रीन हेभेन कटेजमा संन्थाका संस्थापक सदस्य हालका संचालक सदस्य पदम बाहादुर भन्डारिज्युको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा पुराना र नयाँ सदस्य बिच एकै थलोमा भेटघाट, परिचय भएको थियो भने संस्थाका […]
उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण
एजेन्सी,जेठ १५- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । पछिल्ला केही हप्तामा उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परीक्षण हो । यसअघिका दुईवटा परीक्षण असफल भएकोमा यो छोटो दूरीको मिसाइल भने सफल भएको हो । उत्तर कोरियाले प्रहार गरेको मिसाइल ४ […]
निर्वाचन आयोगले आकस्मिक बैठक बोलायो
काठमाडौं, जेठ,१५- निर्वाचन आयोगले आकस्मिक बैठक बोलाएको छ । भरतपुरको मतगणनाका बेला भएको घटना र प्रमुख दलहरूको सहमति अनुसार एक हप्ता निर्वाचन कार्यक्रम सार्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा परामर्श गर्न आकस्मिक बैठक बोलाएको हो । आयोगको कान्तिपथस्थित कार्यालयमा अहिले केहीबेरपछि बस्ने बैठकमा भरतपुर महानरको मतगणनामा भएको अप्रिय घटनाका विषयमा छलफल हुनेछ । आयोगका अनुसार […]
१२ खर्ब ८० अर्ब रुपैयाँ हाराहारीको बजेट आउने
काठमाडौं, जेठ, १५- सरकारले आज आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको आज बस्ने बैठकमा सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि तयार पारेको आय व्ययसहितको बजेट प्रस्तुत गर्नुहुने छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले आज बजेट […]








