मतदान भोलीः केके गर्न पाइँदैन ?

काठमाडौं, ३० वैशाख – कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ रु झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिनेछ, त्यो गणनामा समावेश गरिने छैन । तपाईको मत खेर जानेछ । आइतबार स्थानीय तहका लागि […]

स्थानीय निर्वाचन २ दिन बाँकीः मतदान तयारी धमाधम

काठमाडौं, २९ वैशाख – मौन अवधिसँगै तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा मतदाता परिचयपत्र वितरण, मतदानस्थलमा मतदानको तयारी, राजनीतिक दलसँग मतदानलाई सहज बनाउन छलफल र मतदाता शिक्षा कार्यक्रम सुरु भएको आयोगले उल्लेख गरेको छ । बिहीबार मध्यरातबाट चुनाव प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरु भएको हो । पहिलो चरण निर्वाचनका लागि मतदानको व्यवस्थापकीय काम […]

एक लाख बाहिरिने अनुमान, उपत्यकाबाट आठ दिनमा २८ हजार बाहिरिए

काठमाडौं, २९ वैशाख – स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको […]

मेरो नेतृत्वमा सरकार हुँदैनथ्यो भने निर्वाचन त के स्थानीय तह पनि बन्दैनथ्यो : प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख-  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताउनुभएको छ । राजधानीका साँखु, थली र बौद्धमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । ‘स्थानीय तहलाई गाउँ पंचायत वा गाविसकै रुपमा राख्न खोज्ने प्रवृत्तिबिरुद्ध लामो संघर्ष गर्नु परेको र अन्ततः […]

आयोगका पदाधिकारीबीच बजेटमा विवाद

काठमाडौं २८ बैशाख- स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ । निर्वाचानअघि सरकारले बजेट ल्यान सक्ने नसक्ने विषयमा आयोगकै पदाधिकारीबीच गम्भीर मतभेद देखिएको हो । आजको नागरिकमा खबर छ । पमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिताभित्र रहेर सरकारले बजेट ल्यान […]

सुरक्षा चुनौतीः अपराधी पनि म्यादी प्रहरीमा

काठमाडौं,वैशाख ,२७- अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ। यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी(५ सुर्खेत स्थायी घर आएका बालकृष्ण रानालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ। चैत २५गते सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट […]

जापानमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टोकियो , २६ वैशाख- दक्षिणी जापानमा अाज शक्तिशाली भूकम्प गएको छ ।दक्षिणी ओकिनावानमा अवस्थित मियाको द्विपको १० किलोमिटर गहिराईमा ६ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जानकारी दिएको छ। जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पका कारण समूद्रंको स्तरका केही परिवर्तन आएको तर सुनामीको कुनै खतरा रहेको छैन । जापानको राजधानी टोकियोबाट करिब १ […]

राज्यका अंगहरु आग्रह र पूर्वाग्रहले चल्नुहुँदैन :प्रधानन्यायाधीश कार्की

काठमाडौ,वैशाख ,२६ – प्रधानन्यायाधिश सुशीला कार्कीले संविधान र कानुनले सुम्पिएको जिम्मेवारी पुरा गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।प्रधानन्यायाधिश कार्कीले राज्यका प्रमुख अंगहरु कुनै आग्रह वा पूर्वाग्रहबाट निर्देशित हुन नदिनेमा आफू सचेत रहेको पनि स्पष्ट पार्नु भयो । ६५ औं कानुन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान र […]

स्वास्थ्य लाभको कामना

 भक्तपुर २६ बैशाख , रफत सञ्चार क्लब केन्द्रीय समितिले क्लबका बाँके जिल्ला सचिव र कोषाध्यक्षको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । क्लबको भक्तपुरस्थित केन्द्रीय समितिले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी बाँके सचिव निकाता लामिछाने र कोषाध्यक्ष लक्ष्मी गौडेलको सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो । सचिव लामिछनेको स्कुटर दुर्घटनामा हातको अपरेसन तथा क्लवकी कोषाध्यक्ष […]

हामी काम गरेर देखाउँछौ कांग्रेस नेता सिंह

काठमाडौं, २६ वैशख – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नु भएको छ । काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्न त्या पुग्नु भएका नेता नेता सिंहले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको हो । नेता सिहले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनिसकेको बताउनु […]