आज निर्वाचन महाउत्सव, मतदान बिहान ७ देखि ५ बजेसम्म

 काठमाडौं, ३१ वैशाख – झण्डै दुई दशकपछिक पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ । मतदान बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम छ । यसपटकको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रुप दिने अपेक्षा गरिएको छ । विगत १५ बर्ष यता कर्मचारीले स्थानीय तह चदाउँदा स्थानीय निकायमा भ्रष्टचार, जवाफदेहितामा कमजोर मात्र नभई […]

राष्ट्रपतिको अपील :स्थानीय निर्वाचन सफल बनाउन मतदातालाई

 काठमाडौं,बैशाख,३०- राष्ट्रपति विद्या भण्डारीले भोलि हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गरेकी छन् ।राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आहृवान गरेकी हुन् । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन […]

निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर मताधिकार प्रयोग गर्न सबै मतदातालाई प्रधानमन्त्रीको अनुरोध

  काठमाण्डाैं, वैशाख,३० – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सबै मतदातालाई अपिल गर्नुभएको छ । शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री दाहालले भय र संकोच विना निर्धक्क भई आफुले चाहेका […]

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अाह्वान

काठमाडौँ,वैशाख,३०- निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ । निर्वाचन आयोगको मिडिया सेन्टरमा आज आयोजित विशेष पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । […]

छुवाछुत न्युनिकरणका लागी बाल समुह गठन

रमित बि.क, बाजुरा,बैशाख,३०- गौमुल गाउँपालिका वडा नं. ६ बसाला टुनीमा रहेका दलित बालबालिकाहरुले एक कार्यक्रमको आयोजना गरी बाल समुह गठन गरेका छन् । दलित बालबालिकाहरुको अधिकार माथि वकालत तथा दलित बालबालिकाका अधिकार प्रत्याभुति कसरी गर्ने,गाउँमा हुने छुवाछुत,छाउँपडी प्रथा,महिला हिंसा,बालबिवाहलाई न्युनिकरण गर्नका लागी र गाउँमा हुने बिकृति बिसंगतिलाई निर्मुल पार्ने उदेश्यका साथ बाल समुहको गठन गरिएको […]

निर्वाचित प्रतिनिधिले तत्काल जिम्मेवारी नपाउने

 काठमाडौं ,वैशाख,- पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुन अभाव देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथ ग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन । जसले गर्दा निर्वाचित सरकार आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका छन् ।दुवै चरणको निर्वाचनबाट देशभरमा सात सय ४४ स्थानीय […]

पश्चिमको पहिचानः ‘देउडा भाषा होइन, यो संस्कृति हो’

काठमाडौं, ३० वैशाख – फिल्म ‘छक्का पञ्जा’ को गीत ‘देख न चम्पा, सुन न चम्पा..’ निकै रुचाइयो । युट्युबमा यसको ५५ लाखभन्दा बढी भ्युज   छ । सुदूरपश्चिमेली लवज यस्तो विशेषता बन्यो । तर, यसमा डोटेली भाषालाई सही तरिकाले प्रस्तृत नगरिएको देउडा गायक शकरसिह विष्टले बताए । ‘भाषा बिगारिएको छ’, उनले भने, ‘शब्दहरुपनि जभाभावी छन् […]

चितवन र मध्यपश्चिमका जिल्लाहरू संवेदनशील

काठमाडौं, ३० वैशाख – पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चितवन र ६ नम्बर प्रदेशका जिल्लाहरू सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील सूचीमा परेका छन् । गृह मन्त्रालयले सोहीअनुसार ती जिल्लामा सुरक्षा रणनीति बनाई थप सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधि धेरै भएकाले संवेदनशीलको सूचीमा परेको हो । सुरक्षा मूल्यांकनकै […]

भोट हाल्न शिविर रित्याएर गाउँ गए भूकम्पपीडित

काठमाडौं, ३० वैशाख – २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्तरी धादिङबाट विस्थापित भएर सदरमुकाम आसपासमा बसिरहेका र्भकम्पपीडित मतदान गर्न गाउ फर्किएका छन् । उम्मेदवारले मतदाता लैजान सवारीसाधन रिजर्भ गरिदिएपछि र्भकम्पपीडित शिविर खाली गरेर मत हाल्न गाउ गएका हुन् । दुई वर्षअघि र्भकम्पले बस्ती नै जोखिममा पारेपछि धादिङ सदरमुकाम आसपास बस्दै आईरहेका पीडित चुनावमा आफ्नै […]

मतदान भोलीः केके गर्न पाइँदैन ?

काठमाडौं, ३० वैशाख – कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ रु झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिनेछ, त्यो गणनामा समावेश गरिने छैन । तपाईको मत खेर जानेछ । आइतबार स्थानीय तहका लागि […]