संविधान कार्यान्वयन गर्न सहिदको सपना प्रेरणादायीः प्रधानमन्त्री

काठमाडौं, माघ १६-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनु भएको छ । सहिद दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदको योगदान सधैँ स्मरणीय रहने […]

अमेरिकामा ट्रम्पको आदेशलगत्तै विमानस्थलबाटै शरणार्थी पक्राउ

एजेन्सी, माघ १६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई कडाई गर्न आदेश दिएलगत्तै अमेरिकी विमानस्थलबाटै शरणार्थी पक्राउ गरिएको छ ।न्यूयोर्कमा हिरासतमा लिइएका शरणार्थीलाई रिहाई गर्न केही मानवअधिकारवादी संगठनहरुले कानूनी बाटो अख्तियार गरेका छन् । ट्रम्पको आदेशलगत्तै जोन एफ केनेडी विमानस्थलबाट दुई इराकी शरणार्थीलाई हिरासतमा लिइएको हो ।जसमध्ये एक जना अमेरिकी सेनाका लागि अनुवादकको काम गर्दथे । […]

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, माघ १६ –आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईंदै छ ।देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति […]

संविधान संशोधन नभए चुनावमा नजाने सहमहामन्त्री मिश्रको भनाई

बाँके,माघ १६-संविधान संशोधन नभईकन चुनावमा जान नसक्ने तराई मधेश लोकतान्त्रीक पार्टीका सहमहामन्त्री पशुपती दयाल मिश्रले बताउनु भएको छ । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा वहसमा आज कुराकानी गर्दै मिश्रले अधिकार प्राप्त नभए सम्म विकासका कुरा गरेर सम्भव नहुने बताउनुभयो । बलजफती चुनावमा गए आफूहरु आन्दोलनमा जाने र देश झन समस्यामा पर्ने उहाँले बताउनुभयो । […]

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

कठमाण्डौं,माघ १५-त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ […]

माइती नेपालकी संस्थापक अनुराधालाई भारतको पद्मश्री सम्मान

काठमाडौं, माघ १३-माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ ।काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गर्ने सम्मान हो । उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् । कोइरालाले […]

गणतन्त्र दिवसमा,भारतले नेपाललाई २० एम्बुलेन्स र ४ बस उपहार दियो

काठमाडौं, माघ १३– भारतले आज आफ्नो ६८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले समेत विभिन्न कार्यक्रम गरेको छ । दूतावासभित्रै गरिएको कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान गरेको छ । त्यसैगरी […]

३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा

काठमाण्डौँ, माघ,१३ –  सरकारले ३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले गएराती उनीहरुको सरुवा गरिएको जनाइएको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको सहमतिमा ३९ जना एसएसपीहरुको सरुवा गरिएको हो ।यसरी सरुवा हुनेमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उहाँको ठाउँमा दिनेश […]

२५० युवाहरु नेपाली काँग्रेसमा प्रवेस

मधु पौडेल बाँके,माघ १२ –नेपाली काँग्रेसमा आज २५० युवाहरुले पार्टी प्रवेस गरेका छन् । नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस २ मा गरेको वडाभेलामा २ सय ५० युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्लले बताउनुभयो । उहाँले जुरामा पनि […]

पोखरामा जारी आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल खेल हुदै

काठमाडौ, माघ १२ –पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज विभागिय टोली त्रिभुवन आर्मी सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल पोखरा रंगाशालामा दिउँसो दुई बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने दाउमा हुनेछ । आर्मी झापा ११ लाई […]