सुनसरी, पुस ८- सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।सशस्त्रले मध्यपश्चिमाञ्चलविरुद्ध गोलवर्षा गर्दै जित हासिल गर्यो भने आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध कठिन जित दर्ता गरेको छ ।धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको हो ।सशस्त्रको […]
Author: bihani
पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने,मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी
काठमाण्डौं,पुष ८- सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमन्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभीभीएनसँग गरेको विद्युत् खरिद सम्झौतापछि थप विद्युत् आयात हुने भएको हो ।मुलुकमा जारी ऊर्जासंकट समाधान गर्न र […]
पुस ११ गतेसम्ममा दलहरुबिच सहमति भएर राजनीतिक निकास निस्कने: सभामुख
भक्तपुर, पुस ८-सभामुख ओनसरी घर्तीमगरले पुस ११ गतेसम्ममा दलहरुबिच सहमति भएर राजनीतिक निकास निस्कने बताउनुभएको छ । आज भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको अवलोकन गरेपछि उहाँले दलहरुबिच सहमतिको बिकल्प नभएको बताउनुभयो । उहाँले दलहरु सहमति नजिक आइसकेको दाबी गर्दै पुस ११ गते हुने दलहरुको संयुक्त बैठकमा सहमतिबाटै निकास निस्कने उहाँको भनाई थियो । सभामुख घर्तीमगरले […]
समुदायलाई न्याय दिलाउन सरकारी वकिलको भूमिका महत्वपूर्ण :राष्ट्रपति भण्डारी
काठमाडौँ, पुस ८– राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ ।महान्यायाधीवक्ताको कार्यालय नेपालले आज आयोजना गरेको ‘नेपालका सरकारी वकिलहरुको प्रथम सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण नागरिकलाई न्यायमा पहुँच पुर्याउनका लागि सरकारी वकिलको योगदान हुने बताउनुभयो ।राष्ट्रपति भण्डारीले फौजदारी न्याय प्रशासनको महत्वपूर्ण अङ्गका रुपमा […]
कानून ब्यवशायी परिवर्तनका सम्वाहक
पूर्ण ढकाल बाँके,पौष ८-उच्च उदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा।कुलरत्न भुर्तेलले कानून ब्यवशायी समग्र देशको परिवर्तनको सम्वाहक भयकोले देशको महत्त्वपूर्ण भूमिकामा रहने बताउनु भयो । नेपाल बार एशोसिएसनको ६१ औ स्थापना दिवसको अवसरमा उच्च अदालत वार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा बिहिवार नेपालगंजमा आयोजित न्याय सम्पादनमा कानून ब्यवशायीको भुमिका बिषयक […]
बाँकेको फत्तेपुरमा राप्ती नदिबाट ल्याईको नहर निमार्णमा महिला जुटे
बाँके,पौष ८ –अधिकांश पुरुषहरु वैदेशिक रोजगारको लागि विदेशीन थालेपछि बाँकेको फत्तेपुर ८ मोहनपुरका महिलाहरु राप्ती नदिबाट सिचाईको लागि ल्याईको नहर निमाणमा जुटेका छन् । वैदेशिक रोजकागारका लागि पुरुषहरु विदेशीदा पुरुषको संख्या न्यून हुँदा महिलाहरुको जुटेको स्थानीय सिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक घरबाट १ जना अनिवार्य रुपमा जाने गरेको बताउनुभयो । राप्ती नदिबाट […]
विद्युत प्राधिकरण कावासोतीद्धारा एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल
काठमाडौं, पुस ८- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, कावासोतीले विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ ।पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाही समेत गरेको नेपाल विद्युत् वितरण […]
स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेश र केन्द्रको निर्वाचन मंसिरमा गर्न सकिने प्रधानमन्त्री
काठमाडौं, पुस ८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचन एकैसाथ गर्न नसकिने बताउनुभएको छ । सरकारी वकिलहरुको भेलालाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले समय अभाव हुने अवस्थामा एकैपटक तीन निर्वाचन गर्न सकिने बताउनुभयो । निर्वाचनको विकल्प नभएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले निर्वाचन नभए मुलुक गम्भीर दुर्घटनामा पर्ने भन्दै त्यसबाट कोही पनि भाग्न नमिल्ने स्पष्ट […]
तीन दलकै सहमतिमा संशोधन प्रस्ताव आएको देउवाको जिकिर
काठमाडौं, पुस ८- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको दाबी गर्नु भएको छ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई शुक्रबार राजधानीमा उद्घाटन गर्दै सभापति देउवाले सहमतिमा भएको संशोधन प्रस्तावमा विपक्षी एमालेले बखेडा झिकेको आरोप लगाउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्तावमा हस्ताक्षर गरेको […]
बजारमा तरकारीको मूल्य नपाउँदा राउटे समुदाय चिन्तीत
डडेल्धुरा ,पौष ८-डडेल्धुरा जिल्लामा केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविको पार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए ।जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती […]