बाँके,माघ ७-नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगजंले विद्युत चोरी गर्ने १३ जनालाई बिहिबार फत्तेपुर गाविसबाट नियन्त्रणमा लिएको छ । विद्युत चुहावट नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीको अनुमती नलिएर विद्युत बाल्दै आएकलाई नियन्त्रणमा लिएको हो । विद्युत चोरी गर्नेहरुलाई विद्युतीय सामानसहित पक्राउ गरेर कारबाही गरिएको नेपाल विद्युत प्राधीकरण नेपालगंज वितरण केन्द्रका प्रमुख उमेश कुमार झले बताउनुभयो […]
Author: bihani
अखिल क्रान्तिकारीमा विद्यार्थी प्रवेशको लहर
जंग रेउले घोराही,माघ ६- विप्लव नेतृत्व नेकपा माओवादी) को विद्यार्थी संगठनमा विद्यार्थी प्रवेशको लहर देशव्यापी रुपमा चलेको छ । क्रान्तिकारी संगठनले राम्रो कार्य गर्दै आएको भन्दै तुल्सीरमा तेज पोख्रेलको नेतृत्वमा ३५ जना विद्यार्थीले प्रवेश गरेका हुन । कार्यक्रममा तेज पोख्रेलले आफू हिजो सम्म राप्ती बबई क्याम्पसमा अनेरास्ववियु को सह–सचिवको रुपमा काम गर्दै आएको र आज […]
नेपालगंजमा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका समानहरुको प्रर्दशन
बाँके,माघ ६-ऊँ कस्मेटिक एण्ड फिटनेश टे«ड सेन्टरद्धारा सञ्चालीत स्वास्थ्य सरोकार केन्द्रले आज नेपालगंजमा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका समानहरुको प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुम्नीमा हर्बलका उत्पादनहरुको बारेमा बाँके,बर्दियाका ब्यूटिसियनलाई जानकारी दिएको हो । कार्यक्रममा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका फेशियल मिल्कहरुमध्ये ,गोल्ड क्लिजीङ मिल्क, लेमन क्लिजीङ मिल्क, एलोभेरा क्लिजीङ मिल्क यस्तै फेश प्याक,निम प्याक […]
बाढीका कारण विस्थापित भएका नागरिकलाई सरकारले अनुदान दिने
काठमाण्डौं,माघ ६-बाढीका कारण विस्थापित भएकाहरुले घर बनाउन अनुदान पाउने भएका छन् । आजको मन्त्रिपरिषद्को बैठकले २०७१ सालको बाढीका कारण विस्थापित भएका बाँके, बर्दियाका र सिन्धुपाल्चोकका नागरिकलाई अनुदान दिने कार्य्विधि पारित गरेको हो । तर घर बनाउन दिने अनुदान रकम भने खुलाइएको छैन । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई नियुक्त गरेको छ ।यसअघि […]
नेपाल आयल निगमद्धारा ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटायो
बाँके,माघ ६-नेपाल आयल निगमले ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३ सय ५ रुपैयाँमा सिलिण्डर पाइने आयल निगमले जनाएको छ । यी जिल्लामा ग्यासको ढुवानी लागत कम परेकाले भाउ घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले बताउनुभयो […]
कैलालीमा निर्माणधिन हुलाकी राजमार्गको मन्त्री लेखकद्धारा उद्घाटन
कैलाली,माघ ६-हुलाकी सडक अन्तर्गत नेपालगन्ज–बघौडा सडकको सिलान्यासपछि कैलालीमा निर्माणधिन अवस्थामै सडकको उद्घाटन गरिएको छ । १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाँकी रहेको कैलालीको हुलाकी राजमार्ग भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । निर्माण सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्गको उद्घाटनलाई स्थानीयले […]
विमानस्थल भन्सारका सबै कर्मचारी फेरेर भन्सार सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं ,माघ ६- उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत भन्सारको अवस्था तुरुन्त सुधार्न निर्देशन दिनु भएको छ ।भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानालाई मन्त्रालयमा नै बोलाएर अर्थमन्त्री महराले पूरै कर्मचारी फेरेर भएपनि कार्यसञ्चालनमा सुधार ल्याउन निर्देशन दिनु भएको हो । एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौदेखि बसेको भन्ने सुनेको छु, त्यस्तो हुनुभएन,’ अर्थमन्त्री महराले […]
नेपाः राष्ट्रिय पार्टीले लक्ष्मण राजवंशीलाई सांसदबाट हटाउने
काठमाडौं, माघ ६ – नेपाः राष्ट्रिय पार्टीले आफ्ना एकजना मात्रै सांसद लक्ष्मण राजवंशीलाई पार्टीको मानार्थ सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।बुधबार बसेको पार्टीको केन्द्रीय बैठकले राजवंशीलाई निष्कासन गर्ने निर्णय गरिएको नेपाः पार्टीका महासचिव डा। विजय सैंजुले जानकारी दिनुभयो । संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावबारे पार्टीले दिएको लिखित निर्देशन विपरित गरेर नेवाः प्रदेश […]
आज दुई मन्त्री थपिँदै , अब मन्त्रीमण्डल ४३ सदस्यीय हुने
काठमाडौं, माघ ६ – गठनको पाँचमहिना पुग्नै लाग्दा मन्त्रीपरिषद थप विस्तार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।दिउँसो साढे २ बजेपछि हुने सपथ ग्रहणपछि मन्त्रीमण्डल ४३ सदस्यीय हुनेछ । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला तथा […]
हुलाकी राजमार्गको मन्त्रीद्धारा शिलान्यास
बाँके,माघ ६-बाँकेको राप्तीपारिस्थीत बघौडाबासीको सपना चाडै सकार हुने भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको हुलाकी सडकको निर्माण कार्य प्ररम्भ हुने भएपछि राप्तीपारी ९ गाविसका बासिन्दालाई आवत जावत सहज हुने भएको छ । सदरमुकाम नेपालगंज सम्म आवत जावतका लागि एक मात्र विकल्प हुलाकी सडक अलपत्र पर्दा यहाँका बासिन्दाले बषैंदेखि दुःख कष्ट बेहोर्दै आएका थिए […]








