मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइतको उपचारको क्रममा निधन

बाँके,पुस ४-बाँकेको मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ । लक्ष्मणपुर–५ का मौलाना बजहुल कम्मर खाँको काठमाडौंको शिक्षण अस्पतालमा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी राईले जानकारी दिनुभयो । यसअघि यो घटनामा नरैनापुर–३ का मेनेजर खानको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा ज्यान […]

शैक्षिक महोत्सबको आज चौथो दिनमा विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु प्रस्तुत

रोशन घर्ती दाङ,पुस ३-दाङको घोराहीमा विहिबार देखि सुरु भएको राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा आज चौथो दिन पनी विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु भएका छन । शैक्षिक महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आज पनी दिनभर सांगितिक प्रस्तुतीहरु देखाएका छन । उल्लेख्य मानिसहरुको भीड देखिएको महोत्सबमा आज रतिा केसी, चन्द शर्मा, पीताम्बर रीजाल, […]

संविधान संशोधन र स्थानीय निकायको निर्वाचन नहुँदासम्म राजीनामा नदिने प्रधानमन्त्रीको भनाइ

विराटनगर,पुस ३-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नहुँदासम्म र स्थानीय निकायको निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीबाट राजीनामा नदिने बताउनु भएको छ । विराटनगरमा प्रदेश नम्बर एकको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले प्रतिपक्ष नेकपा एमाले आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउने दाउमा लागेको बताउनुभयो । संविधान संसोधनको प्रस्ताव फिर्ता गराउने बहानामा संसद र सडक आन्दोलन गर्ने कार्य एमालेको […]

स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक सम्पन्न

बाँके,पुस ३ –स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बैठक बसेको थियो । संघको शाखा बाँकेमा स्थापित भएपछि आज पहिलो बैठक बसेको हो । आज बसेको पहिलो बैठकले संघमा आवद्ध सदस्यहरुलाई कार्ड र ज्याकेट एक हप्ता भित्रमा वितरण गर्ने निणर्य गरेको […]

मानव बेचविखन विरुद्धको दुइदिने कार्यशाल नेपालगंजमा शुरु

मधुपौडेल नेपालगंज पुस ३-   मानव बेचविखन कसरी रोक्न सकिन्छ भन्ने विषयको कार्यशाला नेपालगंजमा सुरु भएको छ । युनिसेफ, माइती नेपाल नेपालगंज, मानव बेचविखन विरुद्धको जिल्ला कार्य समिति बाके , र सिओ को सयुक्त सहकार्यमा भैरहेको कार्यशालामा नेपाल तथा भारतबाट जो चेलीबेटि बेच विखनको विरुद्धमा लागेका प्रतिनिधिहरुको उपस्थिति रहने कुरा माइती नेपाल नेपालगंज का क्षेत्रीय […]

जोखिममा यात्रा गर्न बाध्य यात्रु

बझाङ, पुस ३ – बझाङको चैनपुरबाट कैलालीको अत्तरियासम्म जोखिम मोलेर  यात्रा गर्नु परेको यात्रुले बताएका छन् । बझाङबाट खोड्पेसम्मको यात्रा कहाली लाग्दो भएको यात्रुको भनाई छ ।एक लेनको घुमाउरो सडक र ठाउँठाउँमा मोड भएकाले यो खण्डमा यात्रा गर्न निकै कठिन छ । साँघुरो र घुमाउरो सडकका ठाउँठाउँमा खाल्डाखुल्डी मर्मतमा समेत सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको […]

पुरुषका यी पाँच कुरामा महिलाहरु विशेष ध्यान राख्छन्

पुस ३-अधिकांश महिलाहरु अाफ्नो स्वास्थ्यको हेरचाहमा अाम पुरुषभन्दा बढी चासो राख्छन् । महिलाहरु पनि यस्ता पुरुषहरु मन पराउँछन् जो फिट र स्वस्थ रहन्छन् । यसका लागि पुरुषहरुले पनि अाफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरत हुन्छ । मनोवैज्ञानिकका अनुसार महिलाहरु पुरुषको यी कुरामाथि विशेष ध्यान राख्छन् । १. महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् । […]

सामान्य घरेलु उपचारबाट केही दिनमै घटाउनुहोस् तपाईंको पेट (विधिसहित)

 पुस, ३-अचानक पेट बढ्न थालेपछि आजकल धेरै मानिस चिन्तामा हुन्छन् । ‘सजिलै बढ्ने तर घटाउन मुस्किल’ भन्दै ‘रोगको पर्दा’को रुपमा रहेको मोटोपन पालेर बस्नु कतिपय मानिसको बाध्यता बनिरहेको छ । व्यस्त जीवनको भागदौडमा पेट घटाउने लामो लामो र कष्टसाध्य प्रक्रिया अपनाउन नसक्नु पनि अर्को बाध्यता हो । पेटको बोसो (एब्डोमिनल फ्याट)ले तपाईं हाम्रो स्वरुप नै […]

दाङमा यातायात, बजार, कलकारखाना बन्द,शैक्षिक संस्था भने खुले

दाङ, पुस ३- सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण दाङ जिल्लमा आज पनि यातायात, बजार, कलकारखाना भने बन्द रहेका छन् । तर  शैक्षिक संस्था भने  बिहानैदेखि खुलेका छन् । बन्दकर्ताले शैक्षिक संस्था खुल्न दिने भनेपछि शैक्षिक संस्था खुलेका हुन् । सरकारले संसदमा दर्ता गराएको पाँच नम्बर प्रदेश सीमाङ्कन […]

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा विवाद चुलियो

काठमाडौं,पुस,३- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र विवाद चुलिएको छ । महाधिवेशन सम्पन्न भएको १० महिनापछि केन्द्रीय समिति निर्णयअनुसार महासचिव ऐन महरले कार्यविभाजनको परिपत्र जारी गरेपछि विवाद चुलिएको खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । विश्वभाषा क्यामपसमा बिहीबार आयोजित कार्यकर्ता भेलामा वितरण गरिएको परिपत्रमा महासचिव महरले मनपरी रुपमा जिम्मेवारी तोकेको सचिवहरु सुदेश पराजुली, आरती लामा, […]