महासचिव मुन दक्षिण कोरियाको राष्ट्रपतिमा उठ्ने

अमेरिका, पुस ३-संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा महासचिव बान कि मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्दै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको र यस अवस्थामा आफूले दक्षिण कोरियाको राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना व्यक्त गर्नु भएको छ । कोरियाली राजनीतिमा बानको पुनः संलग्नताको सम्भावनालाई बताउँदै उनले भने, ‘मैले अझै […]

अन्तर्राष्ट्रिय आप्रवासन दिवसःनेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, पुस ३ – आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस  नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट आइतबार विभिन्न कार्यक्रम गरिंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो ।सोही दिनको सम्झनामा हरेक […]

शौचालय नभए पनि स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट बञ्चीन नगर्न उच्च अदालतको आदेश

बाँके ,पुस ३ –शौचालय नभएकै कारण स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट सर्वसाधारणहरुलाई बञ्चित नगर्न उच्च अदालत तुलसिपुर,नेपालगंज इजलासले परमादेश आदेश जारी गरेको छ । महिला कानुन र विकास मञ्च तथा आईएचआरसी बाँकेको सहकार्यमा जेष्ठ नागरिक जगदिश प्रसाद तिवारीले जिल्ला विकास समिति गत असार २२ गते मुद्दा दायर गरेका थिए । उक्त रिटका सुनुवाई गर्दै उच्च […]

सर्वसाधारण भन्छ्न दादा गिरी सैलीमा बन्द गर्दै हिड्ने शैली ठिक भएन

सन्तोष राज पौडेल बाँके,पुस २ –सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण बाँकेको जनजिवन थप कष्टकर बन्दै गएको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्ध गरेको बन्दले कोहलपुरका बजारमा आजपनि बन्दको प्रभाव परेको हो । कोहलपुरमा हिड्ने सर्वसाधारणले  भने बन्दकर्ता आज […]

अर्घाखाँचीका वन्दकर्ताहरुद्धारा समाचार सँकलनमा पत्रकारलाई अवरोध

अर्घाखाँची,पुस २-अर्घाखाँचीका वन्दकर्ताहरुले समाचार सँकलनमा रहेका पत्रकारलाई अवरोध गरेका छन् ।अखण्ड पाँच नं प्रदेशको लागि भैरहेको आन्दोलनको क्रममा आह्वान गरिएको आमहड्तालको दोस्रो  दिन आन्दोलनकारीहरुले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई अबरोध गरेका हुन् ।नयाँ एफ.एम.मा समाचार संकलन, बाचन तथा कार्यक्रम संचालन गर्ने पत्रकार सुदिप केसीलाई समाचार संकलनको क्रममा अवरोध गरिएको हो ।जिल्ला सदरमुकाम नजिकै रहेको फुदवाङबाट […]

जातजातिका नाममा मुलुकको विखन्डन गर्ने षड्यन्त्र’

काठमाडौं, पुस २-  बाह्यशक्तिको चलखेलका कारण मुलुकको अखन्डता खतरामा पर्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।२९५औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले बाह्य हस्तक्षपबाट मुलुकलाई मुक्त गराउनुपर्ने बताउनुभयो । उनीहरुले त्यसका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा नेकपा एमालेका नेता लालबाबु यादवले जातजातिका नाममा मुलुकको […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी

काठमाडौं, पुस २-मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ ।आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारीले खेलको २७औं मिनेटमा निर्णायक गोल गर्नुभयो ।यो जितले नेपाली खेलाडीमा उत्साह भरिएको छ । नयाँ अनुहारले वर्चश्व जमाएको फिफा वरीयताको ११२ औं स्थानमा रहेको नेपालले ८६औं स्थानमा […]

महिला,पुरुष वैदेशिक रोजगारीमा विदेशीन थालेपछि गाउँ नै खाली हुँदै

जाजरकोट,पुस २- जाजरकोट जिल्लामा वैदेशिक रोजगारी र भारतमा कमाइका लागि महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् । मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो […]

आगलागी पीडित ११ घरधुरीलाई नेपाली सेनाद्धारा राहत सामग्री वितरण

मुगु,पुस २-मुगुस्थित खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा गत महिनाको २० गते दिउँसो आगलागी हुँदा पीडित  ११ घरधुरीलाई आज  नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ । रारा राष्टिय निकुन्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मले आगलागी पिडित परिवारलाई आज प्रत्येक घरधुरीलाई ६४ हजार रुपियाँ बराबरको मन्डी कम्बल,विस्कुट,चाउचाउ लगायतका राहत सामग्रीहरु वितरण गरेको नेपाली सेनाका […]

देशलाई निकास दिन संविधान संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने : पाण्डे

बैतडी,पुस २- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले देशलाई निकास दिन संविधान संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला साखा बैतडीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता नभइकन सबैको सहमतिमा निकास निस्कन्छ भने परिमार्जन हुनसक्ने बताउनुभयो । संविधान जारी गर्ने […]