काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याक निर्माण प्रक्रिया अघि बढ्छ: मन्त्री लेखक

काठमाडौं,पुस ९-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक महिनाभित्र काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याक निर्माण प्रक्रिया अघि बढ्ने बताउनु भएको छ ।आज रिर्पोर्टस क्लबले गरेको कार्यक्रममा मन्त्री लेखकले दु्रतमार्ग निर्माणका लागि डिपीआर, वित्तीय व्यवस्थापन र टेण्डर प्रक्रियाका बारेमा कार्यदलले दिएको सुझावका आधारमा निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभयो । रकारले केही दिनअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

आर्चरी प्रतियोगिताको पहिलो खेलमा आर्मीका खेलाडी अघि

उदयपुर,पुस ९-सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उदयपुरको गाईघाटमा आर्चरी सुरु भएको छ । सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा वरियताका लागि भएको पहिलो चरणको पुरुष तथा महिलाको प्रतिस्पर्धामा नेपाल आर्मीका खेलाडी अघि रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा रिकर्भ पुरुषतर्फ र रिकर्भ महिला गरी एकसाथ दुई इभेन्ट सञ्चालन भयो । ७० मिटरको पहिलो चरणमा पुरुषतर्फ त्रिभुवन आर्मी […]

बाजुरामा खडेरीले खाद्य संकट हुँदा ४०० पुरुष भारत पलायन

बाजुरा ,पुस ९- बाजुरा जिल्लामा खडेरीका कारण वाइ गाविसका किसान खाद्य सङ्कटको मारमा परेका छन् । अहिले सम्मकै ठूलो खडेरी परेपछि वाइ गाविसका ५, ६ र ७ वडाका किसान खाद्य सङ्कटको मारमा परेका हुन । तीन वर्षदेखि वर्षा र हिमपात नहुँदा बाली लगाउन नपाएर खाद्य सङ्कट सुरु भएपछि उनीहरु खाद्यान्नका लागि विभिन्न निकायमा धाउन थालेका […]

भारी हिमपात पर्ने हुँदा डोल्पाका सम्पुर्ण बिद्यालयहरु बन्द

डोल्पा,पुस ९- हिमाली जिल्ला डोल्पाका सम्पुर्ण बिद्यालयहरु मंसिर अन्तिम साताबाट बन्द भएका छन् । मंसिर देखि अत्याधिक जाडो बढेर पुष माघमा भारी हिमपात पर्ने हुँदा पठन पाठन संञ्चाल गर्न नसकिने भएकाले सबै बिद्यालयहरु दुइ महिनाका लागि बन्द गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । ‘शैक्षिक सत्रको बार्षिक परीक्षाकोे सम्पुर्ण काम सकाएर ४५ दिनको मिनपचास […]

चीनद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह

काठमाडौं, पुस ९- चीनले आफ्ना नागरिकहरुलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरु मार्फत आन्तरिक रुपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो ।चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस ९सीआईटीएस० ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरुलाई त्यस्तो […]

इजरायली वस्ती भत्काउन संयुक्त राष्ट्र संघको आदेश

काठमाडौं, पुस ९ – संयुक्त राष्ट्र संघले इजरायल र प्यालेष्टायन सीमामा अवैध रुपमा निर्माण गरिएका इजरायली वस्ती भत्काउन आदेश दिएको छ ।राष्ट्रसंघ सुरक्षा परिषदको बैठकले अवैध रुपमा बनाइएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गरेको हो ।परम्परागत रुपमा सधै इजरायलको पक्षमा उभिने अमेरिकाले भने यस पटक यस प्रस्तावप्रति भीटो प्रयोग नगरेको मात्र होइन मतदानमै भाग लिएन […]

कवि अधिकारीलाई पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने

बाँके,पौष ९-वरिष्ठ गीतकार कवि दिनेश अधिकारीलाई यसबर्षको पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने भएको  छ  ।  आज    बाँकेको  कोहलपुर आयोजना हुने कार्यक्रम बीच हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।गीतकार  अधिकारीको  एक  कविता  वाचन कार्यक्रम समेत राखिएको समारोह बीच पूर्णिमा साहित्य रत्न पुरस्कार २०७२ बाट सम्मान गर्न लागिएको  प्रतिष्ठानका  अध्यक्ष महानन्द […]

बाँके बनकटवामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते

बाँके,पौष ९-बाँके  बनकटवामा  शुक्रवार एम्बुलेन्स  दुर्घटना  हुँदा  चार  जना घाइते भएका छन् ।बनकटवा वडा नं.९ सम्झना चोक स्थित राखिएको ड्रममा जिल्ला अस्पताल  बैतडीको  एम्बुलेन्स ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका  हुन्  ।  बिरामीलाई  ल्याउने क्रममा ठोकिदा पल्टिएर दुर्घटना हुँदा बैतडि न्वाली २ बस्ने मन्जु ठगुन्ना, ईश्वरी ठगुन्ना, बाँके सितापुर ८ बस्ने प्रेम चन्द, चालक […]

निशुल्क स्वास्थ्य कान शिविर

बाँके,पौष ९-शुक्रबार नेपाल जुनियर रेडक्रस सर्कल ज्ञान दीप माध्यमिक विद्यालय कम्दी–९ डलैयपुरको आयोजनामा निःशुल्क  कान स्वास्थ्य  शिविर आयोजना भएको छ ।बालबालिकाहरुमा बढी देखिने कान स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्नका    लागि   विद्यालयमा अध्ययनरत  छात्र÷छात्राहरुलाई लक्षित  गरि  कान  स्वास्थ्य  शिविर संचालन  गरिएको  आयोजकले जानकारी दिनुभयो । ब्रिनोज   कान   स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा संचालन भएको  शिविरमा  […]

बाह्यशक्तिको एजेन्डाभन्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकता दिनोस ओली

काठमाडौं, पुस ९ –नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपाली राजनीतिमा अत्यन्तै सन्त र सादगी नेताकोरुपमा परिचय बनाउन सफल नेता भट्टराई इमान र नैतिकवान राजनेताकारुपपा नेपाली जनतामाझ परिचित थिए ।यस अवसरमा शुक्रबार ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी […]