डडेल्धुरा, पुस १- डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।कम उमेरमा विवाह गर्ने, वैदेशिक रोजगारी, गोप्य बहुविवाह, पारिवारिक समस्या, घरेलु हिंसा, प्रविधिको गलत प्रयोगलगायतका कारण डडेल्धुरामा पछिल्लो समयमा सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएका हुन् ।जिल्ला अदालतमा यस्ता धेरै विवाद पुग्ने गरेका छन् । डडेल्धुरा जिल्ला अदालतको तथ्यांकअनुसार मंसिर मसान्तसम्म अदालतमा दर्ता भएका ६७ मुद्दामध्ये […]
Author: bihani
नेपालगंजमा केहिदिनदेखि बढेको चिसोको कारण जनजिवन प्रभावित
बाँके,पौष १-बाँके लगायत तराईका विभिन्न जिल्लामा केहिदेनदेखि शुरु भएको चिसोका कारण यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । घट्दो तापक्रम र हुस्सुका कारण जनजीवन प्रभावित बनेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार नेपालगंजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस रहेको थियो । जुम्लामा पनि दैनिक जसो […]
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा ख्रीष्टमसको दिन बिदादिन सरकारसंग तीन बुँदे माग
काठमाडौँ, मंसिर ३० – राष्ट्रिय खी्रष्टियन महासंघ, नेपालले सार्वजनिक बिदालाई कायम गराउनको लागि सरकार समक्ष तीन बुँदे माग अघि सारेको छ । आज रिपोटर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर सो माग अघि सारेको हो । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालको ख्रीष्टमससँग जोडिएको सार्वजनिक विदा कटौती सम्बन्धी विषयमा इसाई सरकारी कर्मचारीलाई मात्र सिमित […]
एमालेको पार्टी कार्यालयमा कार्यकर्तामाथि नै हातपातको प्रयास, साँसद उत्रिए भिडन्तमा
काठमाडौँ, मंसिर ३०- एमाले साँसदले राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आफ्नै कार्यकर्तामाथि हातपात प्रयास गरेका छन् । बझाङको काँडा गाविसबाट ज्ञापनपत्र बुझाउन पार्टी कार्यालय पुगेका एमाले कार्यकर्ता र समर्थकमाथि एमालेकै साँसद लालबहादुर रावलले हातपात प्रयास गर्नु भएको हो । रावल बझाङ–२ बाट निर्वाचित साँसद हुनुहुन्छ ।गाउँलेहरु काँडा गाविसलाई नगरपालिका बनाउन माग गर्दै ज्ञापनपत्र बुझाउन राजधानी गएका […]
कक्षा ११ को नजिता सार्वजनिक ५१.७१ प्रतिशत उत्तीर्ण
काठमाडौँ, मंसिर ३० – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बिहीबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ अर्थात ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाखामा भएको परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । सार्वजनिक नतिजा गत वर्षकोभन्दा […]
तरकारी वाली कुसुम श्रेष्ठको तस्विर कभरमा राखि उपन्यास पल्लवी पुसको पहिलो साता विमोचन हुने
रोशन घर्ती दाङ,मसिर ३० –पत्रकार एवं उपन्यासकार सविन प्रियासनको चौथो उपन्यास पल्लवी पुसको पहिलो साता विमोचन हुने भएको छ । दाङको घोराहीमा हुन लागि रहेको राष्ट्रिय शैक्षिक महोत्सवमा पल्लवी उपन्यासको विमोचन हुन लागेको हो । काठमाडौंको विएन पुस्तक संसारले प्रकाशन गर्न लागि रहेको पल्लवी उपन्यास सामाजिक विषय बस्तुमा आधारित रहेको छ । 15385395_ 352312985137692_ 4051206651222771782_o […]
दाङको डुरुवा ४ कोठरीमा हुने माघी महोत्सवमा नायीका रेखा थापा आउँदै
आर.के.शित्तल घोराही मसिर ३० –दाङको डुरुवा ४ कोठरीमा यहि पुष १२ गतेदेखी सञ्चालन हुन लागेकोे माघी महोत्सवमा नायीका रेखा थापा दाङ आउनुहुने भएको छ । लागु औषध विरुद्धको सचेतना कार्यक्रमकालागी हुने महोत्सवमा लोकप्रीय नायीका रेखा थापा दाङ आउने आयोजकले बताएको छ । नायीका थापा कार्यक्रमका लागी पहिलो पटक दाङ आउन लाग्नुभएको हो । पुष १२ […]
कञ्चनपुरका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा कायमै
कञ्चनपुर,मंसिर ३०-कञ्चनपुरका ग्रामीण क्षेत्रमा अझैं पनि छाउपडी महिनावारी भएका बेला गोठमा बस्नुपर्ने प्रथा कायमै रहेको छ । छाउपडी प्रथा अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाले सचेतनामूलक कार्यक्रम गर्दै आएपनि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र कृष्णपुर नगरपालिका अधिकांश ग्रामीण वस्तीमा छाउपडी प्रथा कायमै रहेको छ । छाउपडी प्रथा अन्त्यका लागि भन्दै स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका […]
संसदमा दर्ता संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने :देउवा
भरतपुर,मंसिर ३०-सत्ता साझेदार दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनु भएको छ ।काग्रेसको चितवन जिल्लाले भरतपुरबाट सुरु गरेको दुई महिने जागरण अभियानको आज उद्घाटन गर्दै सभापति देउवाले अस्वीकृत हुने अवस्था भए पनि कुनै हालतमा फिर्ता नहुने दोहोर्याउनु भएको हो ।बरु प्रस्ताव फेल होस तर फिर्ता हुँदैन […]
पुरानै संरचनामा चुनाव गर्नु नहुने भट्टराईको भनाई
सिन्धुली,मंसिर ३०-नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराईले पुरानै संरचनामा चुनाव गर्नु नहुने बताउनु भएको छ । आज सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक भट्टराईले तिन ठुला राजनैतिक दलहरुले पुरानै संरचनामा चुनाब गर्न लागेको भन्दै त्यसले देशको समस्या समधान नहुने बताउनुभयो । उहाँले राजनितिक गतिरोध अन्त्य गर्दै पुर्नसंरचनाको काम टुंग्याएर मात्र चुनाब गर्नुपर्ने पार्टीको आधिकारिक […]