अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१८ १२८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको […]

फिल्म विहीन आर्यन

मनिष अन्जान, काठमाण्डौ,बैशाख,१७ छविराज प्रोडक्सनको ब्यानरमा बनेको सुपरहिट फिल्म ुकिस्मतु बाट भित्रिएका नायक आर्यन सिग्देल एक समयका सर्वाधिक महंगा हिरो हुन् । आफ्नो मार्केट गज्जबकै चलेको बेला आर्यनले एक फिल्मका लागि ६ लाख पारिश्रमिक लिएको खबरले सिनेवृत खुबै तातेको थियो । तर, लगातार एकपछि अर्को फिल्महरु बक्सअफिसमा नराम्रोसँगपछारिन थालेपछि आर्यनको मार्केट पनिखस्कदै गयो र गुम्दै […]

अनमोलसँगै पर्दा शेयर गर्न चाहन्छिन् साम्राज्ञी

नायक अनमोल केसी र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी चलचित्र ‘ड्रिम्स’पछि चम्कियो । यो चलचित्रमा अनमोललाई हेर्न गएका उनका फ्यानहरु साम्राज्ञी लाई पनि मन पराएर हलबाट फर्किए । यो चलचित्र हिट भएपछि साम्राज्ञीले ३ वटा चलचित्रमा काम गरिसकेकी छिन् भने चौथो चलचित्रको छायांकन केही समयपछि सुरु हुनेछ । यता, अनमोलको ‘ड्रिम्स’पछि ‘गाजलु’ मात्र रिलिज भएको […]

‘डायरी’ नचल्ला भन्ने पिर छैन

दाङ,बैशाख,१५ चलचित्र निर्माण गरेपछि सबै निर्माता चल्छ नै भन्नेमा ढुक्क हुन्छन् । नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ पनि आफू निर्मित तथा अभिनित चलचित्र ‘डायरी’ चल्छ भन्नेमा ढुक्क छिन् । चलचित्र ‘नोभेम्बर रेन’बाट ‘डल्ली’ क्यारेक्टरले दर्शकको मन जितेकी छुल्ठिम ‘डायरी’ नचल्ला कि भन्ने डरमनमा नभएको सुनाउँछिन् । उनी भन्छिन्(मलाई डर भन्न कत्ती पनि लागेको छैन । […]

‘बाहुबली-२’ले तोड्‍यो ऐतिहासिक रेकर्ड,पहिलो दिनको कमाई कति ?

एजेन्सी – साउथ चलचित्र ‘बाहुबली २’सार्वजनिक भएको पहिलो दिन नै ऐतिहासिक रेकर्ड राखेको छ । दर्शकको मन जित्न सफल चलचित्रले पहिलो दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय करोड भन्दा बढि कमाइ गरेको छ। भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ । कुनै, भारतीय […]

एच.आइ.भि.वारे दुइ दिने तालिम सम्पन्न

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१७ एच.आइ.भि. संक्रमित गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि. वारे दुई दिने तालिम महेन्द्र्नगरमा सम्पन्न भएको छ । ग्लोवल फन्ड को आर्थिक सहयोग तथा सेभ द चिल्ड्रन को समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालय, कञ्चनपुरको आयोजनामा स्वास्थ्यकर्मिहरुका लागि उक्त तालिम आयोजना गरिएको थियो । तालिममा गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि., नेपाल […]

जिपको ठक्करबाट भुसालको मृत्यु

रोशन घर्ति दाङ,बैशाख,१५ दाङ जिल्लाको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको मौरीघाटमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति ९ बजे राप्ती गाउँपालिका अन्तर्गत मौरीघाटमा लु १ ख ७७७४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सन्दिप भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तु जिल्ला भृकुटी नगरपालिका निवासी २० वर्षीय भुषाललाई तीब्र गतिमा आएको जिपले ठक्कर दिएको […]

जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको घोराहीमा उद्धघाटन

रोशन घर्ति दाङ,बैशाख,१५ घोराही उपमहानगरपालिका कप जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आज घोराहीमा उद्धघाटन गरिएको छ । घोराही उपमहानगरपालिकाको प्रायोजन तथा दाङ क्रिकेट संघको आयोजनामा संचालन हुन थालेका प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी मेघराज काफ्लेको बलिङ र विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामधन श्रेष्ठले ब्याटिङ गरेर खेलको उद्धघाटन गर्नुभएको हो । क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप […]

भुकम्पमा परि ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

इन्द्र कार्की धनगढी,बैशाख,१३ २०७२ साल बैशाख १२ गतेका दिन गोरखाको वारपाक केन्द्र विन्दु भएर गएको विनासकारी भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा धनगढीको पार्क मोडमा दिप प्रज्वलन गएिको छ । बैशाख १२ गतेको विपतको सम्झना गर्दै आगामी दिनमा त्यस्तो विनाशको सामना गर्न नपोस भन्ने कामना दिप प्रज्वलन कार्यक्रममा गएिको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति मौन […]

यात्रु जाँच्दै हेल्थ डेस्क

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,९ आप्रवासी नेपाली तथा छिमेकी देश भारत र तेस्रो मुलुकवाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच गर्ने उदेश्य राखी नेपाल भारतको सिमा नाका गड्डाचौकीमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । वाह्य मुलुकवाट विभिन्न किसिमका सरुवा तथा महामारीजन्य रोगहरु नेपाल भित्रिन नदिन तथा सरुवा र महामारीजन्य रोगहरुको समयमा नै उपचार गर्न यात्रुहरुलाई रोगहरु वारेमा परामर्श […]