इन्टर मिलान युरोपा लिगको फाईनलमा, उपाधि भिडन्त सेभियासँग

काठमाडौं,भाद्र,२-इटालीयन फुटबल क्लब इन्टर मिलान यो वर्षको युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । जर्मनीमा गएराती भएको सेमिफाईनल खेलमा युक्रेनको शख्तर डोनेत्स्कलाई पराजित गर्दै इन्टर मिलानले पछिल्लो ९ वर्षमा पहिलो उपाधि जित्ने संभावना बलियो पारेको हो । युक्रेन विरुद्धको खेलमा इन्टर ५-० ले विजयी भयो । उसका लागि बेल्जीयन खेलाडी रोमेलु लुकाकु र अर्जेन्टाईनी […]

कुखुराको मासुमा भेटियो कोरोना भाइरस

बेइजिङ,साउन,३०कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी दिएको हो। […]

भदौ महिनाभरी हवाई उडान र लामो दूरीका यातायात नचल्ने

काठमाडौं,साउन,२६-सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे। तर काठमाडाैं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै […]

यस वर्ष श्री गणेश खुकुरी एफसीको “समर कम २०२०” कोरोनाका कारण स्थगित

फुकुओका,जापान,साउन,२५-जापानको फुकुओकामा विगत ५ वर्ष देखि निरन्तर रुपमा सन्चालन  हुॅंदै आईरहेको फुटसल प्रतियोगिता “समर कप २०२०” यस पटक भने स्थगित भएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण यो वर्ष फुटसल प्रतियोगिता स्थिगित गरिएको हो ।  श्री गणेश खुकुरी एफसीले पहिलो पटक प्रवासी भुमिमा नेपाली दाजुभाई विच मनोरन्जनका साथै भाईचाराको सम्बन्धलाई खेलको माध्यमबाट प्रगाढ […]

चौथो पटक श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजपक्षले लिए शपथ

एजेन्सी,साउन,२५-श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) नेता महिन्दा राजपक्ष चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको छ । श्रीलंकाको नवौं संसदको लागि उत्तरी कोलम्बोको उपनगर केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा आयोजित शपथ ग्रहण समारोहमा ७४ वर्षीय नेता राजपक्षले चौथो पटक देशको प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । उहाँलाई आफ्ना भाई एवं श्रीलंकाली राष्ट्रपति गोटाभाया राजपक्षले पद तथा […]

बुद्ध नेपालमा जन्मेको प्रमाण विश्व सम्पदा सूचीमा पनि छ: परराष्ट्र

काठमाडौं,साउन,२५-परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ।भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो। ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व सम्पदा सूचीमा पनि […]

युभेन्टसको प्रशिक्षकमा आन्द्रे पिर्लो नियुक्त

काठमाडौं,साउन,२५-इटालियन फुटबल क्लब युभेन्टसले पूर्व खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएलगत्तै मौरिजियो सारीलाई प्रशिक्षकबाट हटाएको युभेन्टसले पिर्लोमाथि विश्वास देखाएको हो । क्लबले पूर्व मिडफिल्डर पिर्लोलाई २३ वर्षमुनिको टिमको प्रशिक्षकमा नियुक्त गरेको एक सातामै सिनियर टिमको पनि जिम्मावारी सुम्पिएको हो । कुनै समयको लोभलाग्दो इटालीयन फुटबलका प्रभावशाली खेलाडी पिर्लोले […]

एफए कप : चेल्सीलाई हराउँदै आर्सनलले जित्यो उपाधि

काठमाडौं,साउन,१८-आर्सनलले एफए कपको उपाधि जितेको छ।शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो ।आर्सनलको जितका लागि पिएरे एमरिक ओबामेयाङको दुई गोल गरेका थिए । खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । २८औं मिनेटमा ओबामेयाङले […]

कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक

काठमाडौं,साउन,१२-भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ ।गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । विभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै भारतको धार्चुला प्रशासन कार्यालयले त्यस्त गतिविधि नियन्त्रणका […]

इंग्लिस प्रिमियर लिग आज सकिदै, छनौट तथा रेलीगेशनबाट बच्न रोचक भिडन्त

काठमाडौं,साउन,११-इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजन आज सकिदैछ।आजका खेलहरुपछि प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनौट हुने र रेलीगेशनमा पर्ने थप दुई दुईवटा टोलीहरुको टुंगो लाग्नेछ । प्रिमियर लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगमा छनौट भईसक्दा तेस्रो र चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा छनौट हुने टोलीहरुको टुंगो आज लाग्नेछ । तेस्रो स्थानको म्यान्चेस्टर […]