काठमाडौं,बैशाख,३१-भारतले सीमा मिचेर सडक निर्माण गरेको दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न टोली त्यहाँ पुगेको छ।सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापासहितको टोली बुधबार छाङरु पुगेको हो। नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना […]
अन्तराष्ट्रिय
सेनाको होलिकोप्टरबाट लिपुलेक उड्यो सशस्त्र प्रहरीको टोली
काठमाडौं,बैशाख,३१-दार्चुलाको कालापानी लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको हो। सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको […]
बाटोमा बुरुक्क उफ्रिदैमा भारत संगको सीमा समस्याको समाधान हुदैन: प्रधानमन्त्री ओली
काठमाडौं,बैशाख,३०-प्रधानमन्त्री केपी ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुनेमा सचेत गराएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान हुँदैन भन्दै यसका लागि भारतसँग वार्ता गरिने बताएको एक मन्त्रीले बताए । बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने, ‘भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय […]
विदेशमा भएका नेपालीलाई भिसाको म्याद सकिए पनि समस्या नहुने
काठमाडौं,बैशाख,३०-सरकारले विभिन्न पेशा र व्यवसायमा विदेशमा गएका नेपालीको भिसाको म्याद सकिएकै कारणले कानूनी जटिलता व्यहोर्न नपर्ने जनाएको छ । विदेशमा कोरोना संक्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएकाले उपचारमा समस्या नदेखिएको सरकारको दावी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै ठाउँमा सहज अवस्था नभएपनि प्रवेशाज्ञाको म्याद सकिएर कानूनी झन्झट व्यहोर्नुनपर्ने […]
आज विश्व नर्सिङ दिवस : मन्त्री ढकालको स्वास्थ्यकर्मी लाई शुभकामना
काठमाडौं,बैशाख,३०-आज विश्व नर्सिङ दिवस । कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन हुँदा यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । दिवसका अवसरमा स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेका बेला अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका सम्पूर्ण नर्स, चिकित्सक तथा स्वाथ्यकर्मीलाई शुभकामना दिनुभयो । मन्त्री ढकालले आफू जोखिममा रहेर स्वाथ्य सेवामा खटिएका सम्पूर्ण स्वाथ्यमकर्मीलाई […]
लिपुलेक विवाद : हेलिकप्टर मार्फत छाङरुमा सुरक्षाफौज लैजाने सरकारको तयारी
काठमाडौं,बैशाख,२९-नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेपछि सरकारले तत्काल सशस्त्र प्रहरीकाे बटालियन राख्ने तयारी गरेको छ।लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा त्यसको चौतर्फी विरोध भैरहेको छ । सोमबार बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, […]
जापानमा एकैदिन २,३८७ जना निको भए, १६,५३७ जना संक्रमित
जापान,बैशाख,२९-जापानमा सोमबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य एकैदिन २ हजार ३ सय ८७ निको भएका छन् । यो संगै निको हुनेको संख्या ८ हजार ९ सय ४४ जना पुगेको हो । अघिल्ला दिनको तुलनामा संक्रमण धेरै घटेको छ।नयाँ ७० जनामा संक्रमण देखिएको छ ।यो संगै संक्रमित हुनेको संख्या १६ हजार ५ सय ३७ जना पुगेको छ। अहिले […]
जापानमा १६,४६७ जना संक्रमीत, ६३७ को मृत्यु ६,५५७ निको भए
जापान,बैशाख,२८-जापानमा आईतबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ११३ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ४ सय ६७ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय ३७ जनाको मृत्यु भएको छ । एकै दिन १८ जनाको निधन भए संगै मृतकको संख्या ६३७ पुगेको हो । […]
लिपुलेक विवाद : भारतले नेपाली भूमिमा सडक बनाउनु सार्वभौमसत्तामाथिको हस्तक्षेप ओली र दाहालको भनाई
काठमाडौं,बैशाख,२७-भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष दाहालको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य […]
सडक आफ्नै भूमिमा बनाएको भारतको दाबी
काठमाडौं,बैशाख,२७-भारतले शुक्रबार उद्घाटन गरेको कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ। शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो। ‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै पर्छ,’ भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको […]





