काठमाण्डाै,चैत्र,४-चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ । कोरोनाका कारण अहिलेसम्म […]
अन्तराष्ट्रिय
कोरोना भाइरसविरुद्ध खोपको पहिलो पटक मानवमा परीक्षण गरिँदै
काठमाडौं,चैत्र,३-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो ।सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । संक्रमित नभएका ती स्वयंसेवीहरूले खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अमेरिकी सरकारले उपलब्ध […]
आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो
काठमाण्डौ,चैत्र,२-पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् । रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा […]
एप्पल कम्पनीले गर्यो विश्वभरका सबै स्टोर बन्द
काठमाडौं,चैत्र,२-विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलले विश्वभरका आफ्ना स्टोरहरु बन्द गरेको जनाएको छ । कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् । अमेरिकी कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रबार मात्र खुला गरेको थियो । चीनमा रहेका स्टोरहरु भने करिब दुई महिना बन्द भई शुक्रबार मात्र खुलेका हुन् । कम्पनीले चीनभन्दा […]
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय आपतकाल घोषणा
काठमाडौं,चैत,१-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्याउन उनले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताए । यसबाट संक्रमणको परीक्षणले गति दिन सक्नेछ विश्वास […]
म्यानचेस्टर सिटीलाई लगातार तेस्रो पटक काराबाओ कपको उपाधि
काठमाडौं,फागुन,१९-इंङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा एस्टन भिल्लालाई २–१ ले हराउँदै सिटीले लगातार तेस्रो पटक काराबाओ कप जितेको हो । समग्रमा भने सिटीको यो सातौं लिग कपको उपाधि हो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जियो अगुएरो र रोड्री हर्नान्डेजले एक एक गोल […]
कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र प्रभावित
काठमाडौं,फागुन,१७-चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोपमा फैलिँदै गएको छ ।कोरोनाका कारण विश्वव्यापी रुपमा सेयर बजार र अर्थतन्त्रमा नराम्रो असर परेको छ । अमेरिकी विदेश विभागले इटालीसँग सतर्कता बढाएको जनाएको छ ।पछिल्लो समय इटालीमा पनि कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने करिव सात सयजना कोरोनाबाट संक्रमित भएका […]
पाँच दिनभित्र देश छाड्न अमेरिकी पत्रकारलाई चीनको आदेश
बेइजिङ,फागुन,७-बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ। पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताएको छ। अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार […]
आज भ्यालेन्टाइन डे-विश्वभर एकआपसमा प्रेम साटासाट गरि मनाईदै
काठमाण्डु,फागुन,२-आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ । अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा […]
कोरोनाभाईरस संक्रमण- चीनको हुबे प्रान्तमा एकै दिन २४२ को मृत्यु
वुहान,फागुन,१-चीनको हुबेइ प्रान्तमा नयाँ कोरोनाभाइरस संक्रमण भएका २ सय ४२ जनाको बुधबार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। साथै उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५० पुगेको छ भने बिरामीको संख्या झन्डै ६० हजार पुगिसकेको छ । कोभिड–१९ नाम दिइएको उक्त भाइरस प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुनेको यो सर्वाधिक संख्या हो । […]


