काठमाण्डु,फागुन,२-आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ । अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा […]
अन्तराष्ट्रिय
कोरोनाभाईरस संक्रमण- चीनको हुबे प्रान्तमा एकै दिन २४२ को मृत्यु
वुहान,फागुन,१-चीनको हुबेइ प्रान्तमा नयाँ कोरोनाभाइरस संक्रमण भएका २ सय ४२ जनाको बुधबार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। साथै उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५० पुगेको छ भने बिरामीको संख्या झन्डै ६० हजार पुगिसकेको छ । कोभिड–१९ नाम दिइएको उक्त भाइरस प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुनेको यो सर्वाधिक संख्या हो । […]
कुवेतमा चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु, अझै तीन जना वेपत्ता
काठमाडौं,फागुन,१-कुवेतको एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए । कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । […]
दुई दिनभित्र वुहानमा रहेका नेपालीलाई ल्याइँदै
काठमाडौं,माघ,२७-सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल […]
नेपाल मगर संघ क्युशु जापानको नयाँ कार्यसमिति चयन -अध्यक्षमा अर्जुन पुन मगर
फुकुओका,जापान,माघ,२५-नेपाल मगर संघ क्युशु जापानले नयाँ कार्यसमिती चयन गरेको छ।नेपाल मगर संघ जापानको क्युशु कार्यसमितीले शनीबार एक औपचारिक कार्यक्रम गर्दै १७ जनाको नयाँ कार्यसमिति गठन गरेको हो।लामो समय पछि नेपाल मगर संघ जापानको क्युशुले नयाँ अध्यक्ष पाएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अर्जुन पुन मगर चयन हुनु भएको छ,भने यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक राना मगर चयन हुनु […]
कोरोना भाइरस- चीनमा मृत्यु हुनेको संख्या ६ सय ३६ पुग्यो
बेइजिङ ,माघ,२४- कोरोनामा भाइरस बारे विश्वलाई चेतावनी दिने पहिलो चिकित्सक समूह मध्येका एक चिकित्सकको उक्त भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । ३४ बर्षिय चिकित्सक लि वेनलियाङको उहान शहरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीले एक भिडियो सन्देश मार्फत पहिलो पटक यो भाइरसको विषयमा जानकारी दिएर विश्वलाई सचेत रहन चेतावनी दिनुभएको थियो ।यसैबीच चिनिया […]
रोनाल्डोको सानदार दुई गोलमा युभेन्ट्सको जित
एजेन्सी,माघ,१९-साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ ।आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । म्याथिस डी लिग्टले थप एक गोल गरे । थप भिडीयो https://youtu.be/sOVnwPfXw5c खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता […]
चीनबाट नेपाली विद्यार्थी स्वदेश फर्काउने तयारी- १५ दिन ‘क्वारेन्टइन’मा राखिने
काठमाडौं,माघ,१९-कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीहरुलाई १५ दिनसम्म छुट्टै स्थान (क्वारेन्टइन)मा राखिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । चीनबाट स्वास्थ्य परीक्षण गरेर स्वस्थ विद्यार्थीलाई मात्र नेपाल ल्याईने भन्दै मन्त्रालयले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनीहरुको पूनःपरीक्षण समेत गरिने जनाएको छ ।परीक्षणपछि संक्रमित भेटिएकालाई आइसोलेसन […]
कोरोना भाइरसबारे डब्लूएचओले दियो विश्वलाई नै यस्तो चेतावनी
काठमाडौं,माघ,१६-खतरनाक जीवाणु कोरोना भाइरसप्रति पूरै विश्व सावधान रहन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाव दिएको छ। डब्लुएचओका स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन्। यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने सुझाव डब्लूएचओले दिएकाे बीबीसीले जनाएकाे छ। यो भाइरसले विश्वव्यापी आपतकालीन […]
मेस्सीलाई मनपर्ने पाँच फुटबल स्टार को को हुन् ?
काठमाडौं,माघ,१४-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले हालै आफ्ना पाँच मनपर्ने फुटबलरको नाम बताएका छन् । स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा मेस्सीले वर्तमान समयमा आफ्ना पाँच मनपर्ने स्टारको नाम बताइरहँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्। मेस्सीले वर्तमान समयमा आफूलाई पहिलो नम्बरमा नेमार जुनिएर मनपर्ने बताए। त्यसपछि सर्जियो अग्वेरो, केलिएन एमबाप्पे, इदेन ह्याजार्ड र लुइस स्वारेज मेस्सीको नजरमा वर्तमानका स्टार […]





