काठमाडौँ,भाद्र,२२-एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारतले आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ । मंगलबार भएको खेलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको हो। यो हारसँगै भारतलाई फाइनल पुग्न निकै कठिन हुने भएको छ । भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ […]
खेल
महिला साफ:नेपालको विजयी सुरुवात, भुटानलाई ४-० ले हरायो
काठमाडौं,भाद्र,२१-छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबल अन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । उनले खेलको १२औँ […]
महिला साफ: नेपालले आज भुटानको सामना गर्ने
काठमाडौ,भाद्र,२१-छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । साविक उपविजेता […]
नेपाल संग केन्या ६ विकेटले पराजित
काठमाडौं,भाद्र,२०-केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले सोमवार घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको हो ।केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर […]
पाकिस्तान संग भारत पराजीत
काठमाडौं,भाद्र,२०-एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मोहमद नवाजले ४२ […]
केन्यालाई हराउदै नेपालले जित्यो टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज
काठमाडौं,भदौ,१४-नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो । नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । […]
केन्या सिरिजका लागि ज्ञानेन्द्र मल्ललाई भित्र्याउदै २० सदस्यीय टोली घोषणा
काठमाडौं,साउन,२४-नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँगको तीन एकदिवसीय र पाँच टी-ट्वान्टी सिरिजका लागि २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप लामिछानेको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा लामो समयपछि ज्ञानेन्द्र मल्ल भित्रिएका छन् । लामिछाने र मल्लसहितको टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, […]
साफ यू-२० : नेपाल र बंगलादेश बिचको खेल बराबरी
टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । आज (मंगलबार) भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा पहिलो हाप बराबरीमा सकिएको थियो।खेलको दोस्रो हाफको ४९ औं मिनेटमा नेपालका जर्सी नं १० का दिपेश गुरुगं र बंगलादेशका जर्सि नं ८ ले रेड कार्ड पाएपछि दुवै देशका १० खेलाडीमा समेटिएको थियो।खेलको ६२ मिनेटमा […]
पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी
टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले भैईरहेको खेलमा नेपाल र बंगलादेशले पहिलो हाफमा बराबरी खेलेका हुन्। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गरिरहेको छ।पहिलो हाफमा नेपालले थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्नबाट चुकेको हो । आजको बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ।नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]
आज नेपाल र बंगलादेश भिड्ने, ९ गोलले जितेमा नेपाल फाईनल पुग्ने
टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले आज (मंगलबार) अन्तिम खेल बंगलादेश संग खेल्नेछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गर्न लागेको हो।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]


