कैलाली, पुस २१- कैलालीको धनगढीमा आज देखी शुरु भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ ले च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्यो । जितसँगै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ । क्षेत्रीय रंगशालामा भएको खेलको निर्धारित् समयमा दुवै टिमले एक/एक गोलको […]
खेल
मध्यपश्चिम क्रिकेट क्लबले माघको पहिलो सातादेखी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता गर्ने
बाँके,पुष,१४- मध्यपश्चिम क्रिकेट क्लबले आगामी माघको पहिलो सातादेखी अन्तर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ। प्रतियोगितामा जिल्लाका सबै विद्यालयहरुको सक्रिय सहभागीताका लागि प्याब्सन, एनप्याब्सन तथा क्रिसा लगाएतका शिक्षासँग सम्बन्धित निकायसँग आज शुक्रबार अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रिसा बाँकेका अध्यक्ष दिनेश सिग्देलले विद्यालय स्तरबाटै खेलाडी उत्पादनकालागी प्रयास गरेको भन्दै क्लबलाई धन्यवाद […]
जुनियर एथ्लेटिक्स प्रतियोगितामा मध्यमाञ्चल पहिलो
राम सुनाम/ बाँके,पुस,१२- बाँकेको सीतापुरमा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगितामा मध्यमाञ्चल र सुदूरपश्चिमको बर्चश्व देखिएको छ । १५ सय मिटरतर्फको दौडमा मध्यपश्चिमाञ्चल पहिलो भएको छ । पुरुषतर्फ माधबकुमार चौधरी र महिला तर्फ चन्द्रा घर्ति पहिलो हुनुभएको हो । त्यस्तै पुरुषतर्फ मध्यमाञ्चलका शुभाष थापा द्धितिय हुनुभयो भने महिला तर्फ पश्चिमाञ्चलका सुस्मिता भट्राई द्धितिय […]
भैरहवालाई हराउँदै विराटनगर वारियर्स इपीएल क्रिकेटको फाईनलमा प्रवेश
काठमाडौं,पुस,१२- भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।कीर्तिपुर मैदानमा आज भएको खेलमा भैरहवाले दिएको १ सय २८ रनको विजयी लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । विराटनगको लागि बाबर हयातले ४४ बलमा ६२ रन तथा कप्तान पारस खड्काले २४ बलमा […]
बाँकेको सीतापुरमा जुनियर एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता हुने
राम सुनाम/ बाँके,पौष,११- बाँकेको खजुरागाउँपालिकास्थित सीतापुरमा पौष १२ गते देखि दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिता बाँके जिल्ला एथलेटिक्स संघको आयोजना र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा हुन लागेको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो । शुक्रमाविको खेल मैदानमा हुने प्रतियोगितामा […]
विराटनगर वारियर्सको इपीएल क्रिकेटमा लगातार चौथो जित, भैरहवा पराजित
काठमाडौं, पुस,८- एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३४ रनले पराजित गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्का नेतृत्वको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४९ रनको योगफल तयार ग¥यो । बिराटनगरका लागी हङकङ राष्ट्रिय टोलीका खेलाडी […]
ओखलढुंगा डोजोका कराते खेलाडीहरुलाई मेयर श्रेष्ठ द्धारा सम्मान
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१- ओखलढुंगा डोजो ओखलढुंगाका कराते खेलाडीहरुलाई सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । केपिलासगढी गाउँपालिका बाक्सिला खोटाङ्ग र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा खोटाङको बाक्सिलाबजारमा सम्पन्न केपिलासगढी गाउपालीका प्रमुख कप आमन्त्रीत राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकोमा मेयर श्रेष्ठले […]
म्यानमारलाई १३ रनमै अलआउट गर्दै नेपाल सेमिफाईनलमा
काठमाडौं, मंसिर २८- नेपाल एसीसी अन्डर यु–१६ क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै समूह विजेताकोरुपमा नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थाइल्यान्डमा जारी प्रतियोगिताअन्तर्गत् आज दिउँसो सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५१ रनको लक्ष्य दिएको थियो । विस्फोटक ब्याटिङ गरेको […]
म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी
काठमाडौं, मंसिर, २८- इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो । म्यान सिटीलाई फराकिलो अन्तरमा विजयी गराउन डेभिड सिल्भाले २ गोल गरेभने सर्जीयो अगुएरो र केभिन डे ब्रायनले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा रोमेलु […]
आज नेपालले हङकङसँग खेल्ने
काठमाडौं, मंसिर,२६- एसीसी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले हङकङको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्रो जितको खोजिमा छ । सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाईल्याडलाई १ सय ३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १९ […]