पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउदै

काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपराह्न काठमाडौं आउन लाग्नु भएको हो । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नुहुनेछ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । […]

शर्मा ४५ लाख धरौटीमा रिहा

काठमाडौ,फागुन,२१- विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँकी पत्नी भने अदालतमा हाजिर हुनुभएको छैन,’ […]

इन्द्रेणी जस्तै संघीय संसद् भवन

काठमाडौं,फागुन,२१- सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ […]

फागुन २३ गतेको सर्वोच्चको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने

काठमाडौं,फागुन,२०- आगामी फागुन २३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसलाले नै अस्थायी शिक्षकको चैत्र २४ को परीक्षा हुने–नहुने र सवै अस्थायी शिक्षकले परीक्षा दिन पाउने– नपाउने टुंगो लाग्ने भएको हो । यदी सो दिनको बहस पछि फैसला जेसुकै आएपनि परीक्षा निर्धारित […]

राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने

काठमाडौं,फागुन,१८- वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो । फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ । संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ […]

३ मन्त्रालय मागेपछि सत्तारुढ दल र फोरमबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं,फागुन,१७- एमाले-माओवादी र संघीय समाजवादी फोरमबीच मन्त्रालयमा भागबण्डा नमिल्दा वार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास वालुबाररमा भएको वार्तामा फोरमले ३ मन्त्रालय माग गरेकोमा एमाले-माओवादीले २ मन्त्रालय मात्र दिने बताएपछि सहमति जुट्न नसकेको हो । सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको बामगठबन्धन लचिलो हुँदै २ मन्त्रालय दिन तयार भएको थियो । […]

संघीय फोरम पनि सरकारमा जाने

काठमाडौं,फागुन,१५- प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए । तर फोरम […]

अब उपप्रधानमन्त्री नरहने

काठमाडौं,फागुन,१५- पहिलो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय लिँदै एमाले र माओवादी केन्द्रका चार मन्त्री सामेल गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उपप्रधानमन्त्री नराख्ने भएपछि यसअघि उपप्रधानमन्त्री भइसकेका एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको वरीयताक्रममा रहने गरी रक्षामन्त्री बनेका छन् । अर्थविद्समेत रहेका पूर्वगभर्नर युवराज खतिवडालाई […]

फरार रहेका रेशम चौधरीले गरे आत्मसमर्पण

कैलाली,फागुन,१४- टीकापुर घटना भए पछि फरार रहेका रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गर्नु भएको छ । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर हुनु भएको हो । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी हुनु भएको थियो । तर, चुनाव जिते पनी  प्रमाणपत्र भने पाएका छैनन् । वारेसमार्फत […]

प्रधानमन्त्री भएको ११ दिनपछि आज मन्त्रिपरिषद् स्तार गर्दै : ओली

काठमाडौं,फागुन,१४- प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी […]