एमाले-माओवादी बिच ७ बुँदे सहमतीमा हस्ताक्षर

काठमाण्डौं,फाल्गु,७- एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर एकता गर्ने सात बुँदे सहमतीमा हस्ताक्षर भएको छ। पार्टी एकता सहमती पत्रमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टी एकता संयोजन समितिमा रहेका एमाले नेता […]

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं,फाल्गुन,७- एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई(चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली(लमजुङ) र खुला उपाध्यक्ष बसन्त अधिकारी(दाङ) रहेका छन् । यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । जहाँ प्रदेश […]

मन्त्री भएको तीन दिनमै केपि लाई साथ दिन सडक मा निस्किए लालबाबु

काठमाण्डौ,फागुन,६- काठमाडौँ महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगरका महिला फोहोर टोल सफा गर्न झण्डै वर्ष दिन अघिदेखि जुटे । टोलका महिला जुटेर सफाइ अभियानमा लागे । ४५ हप्तामा बल्ल आज टोल फोहोरमुक्त घोषणा गरियो ।आलोकनगरका ठाउँ ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने अवस्थामा पुगेका छन् । […]

आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने

काठमाडाैँ,फागुन,६- एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि बस्न नसकेकाे एकता संयोजन समितिको बैठक आज बस्न लागेको हो । पार्टी एकता र सरकार गठनलाई प्याकेजमा सहमति गरेका अध्यक्ष द्वय ओली र दाहालको निर्णयलाई अन्तिमरुप दिन आज बस्न लागेको नेताहरुले बताएका […]

प्रधानमन्त्री ओली सरकारी निवास सर्दै

काठमाडाैँ,फागुन,६- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली अपराह्न ४ बजेको साइतमा सरकारी निवास सर्ने तयारी गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । वालुवाटारमा नवनियुक्त प्रधानमन्त्रीको स्वागतको तयारी पुरा भएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवारनै प्रधानमन्त्री निवास बालुवाटार छाडिसक्नु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा […]

प्रदेश–७ मा सात सदस्यीय मन्त्रिपरिषद गठन

कैलाली, फागुन ५- प्रदेश नम्बर–७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको शपथग्रहणसँगै शनिबार साँझ सात सदस्यीय मन्त्रिमन्डल गठन गरिएको छ ।माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले शनिबार धनगढीमा प्रदेशप्रमुख मोहनराज मल्लसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसलगत्तै अरु ६ मन्त्रीले प्रदेशप्रमुख मल्लसँग शपथ लिए । नेकपा एमालेबाट चार र माओवादी केन्द्रबाट दुई मन्त्री बनेका हुन् ।मन्त्री […]

४१ औँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष ओली नियुक्त

काठमाडौं,फाल्गुन,३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो  । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनले पत्र बुझाएका थिए । प्रधानमन्त्री नियुक्ती भए संगै एमाले अध्यक्ष केपी शर्मा ओली […]

प्रधानमन्त्री देउवाद्वारा राजीनामा, ४ बजे ओलीले प्रधानमन्त्रीको सपथग्रहण लिने

काठमाण्डौं,फाल्गुन,३- प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिनु भएको छ । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उहाँले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र […]

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने

काठमाडौं,फाल्गुन,३- प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लाग्नु भएको छ । उहाँले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आज बिहान ९ […]

मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ

काठमाडौं माघ,२९ एमाले नेता डोरमणि पौडेलले मुख्यमन्त्रीका रुपमा  शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आज विहान शपथ लिनु भएको हो । एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित हुनु भएको थियो ।पौडेल राजधानी काठमाडौं समेत रहेको प्रदेश–३ का मुख्यमन्त्री हुन् । एमालेको बहुमत रहेको प्रदेश सभा दलको […]