काठमाडौं, माघ,२८- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपतिसमक्ष बुझाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीन जनाबाहेक अरु ५६ जनाको नाम आयोगले राष्ट्रपति समक्ष पेश गरेको हो । राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसद्मा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले निर्वाचन परिणाम बुझाउन समस्या नभएको आयोगको भनाइ छ । तीन जना मनोनयनको […]
राजनीति
विश्व क्रिकेट लिगमा आज नेपाल र युएई भिड्ने
काठमाडौं,माघ,२८- आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेटमा आज नेपालले संयुक्त अरब ईमिरेट्स युएईको सामना गर्दैछ ।प्रतियोगितामा सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ । प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो ।उता युएईले भने पहिलो खेलमा केन्यालाई २ […]
युएण्टो प्रदेश ३ को अध्यक्ष र महासचिवमा तामाङ र पोखरेल निर्वाचित
काठमाडौं,माघ,२७- एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) प्रदेश नम्बर ३ को अध्यक्षमा काभ्रेका दुर्गासिंह तामाङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको संगठनको प्रदेशस्तरीय पहिलो सम्मेलनले तामाङको अध्यक्षमा ६१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा शंकर अधिकारी(धादिङ), महिला उपाध्यक्षमा गोमा बजगाई (ललितपुर) निर्वाचित हुनुभएको छ । त्यस्तै,उपाध्यक्षहरुमा मोहन गौतम (सिन्धुली), कृष्ण घिमिरे(सिन्धुपाल्चोक) र […]
ब्रेकिङ न्यूज : नेपाल प्रेस युनियनद्धारा महासंघ बाँकेको कार्यक्रम बहिष्कार गर्ने
बाँके,माघ,२७- नेपाल प्रेस युनियन बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखाले भोली ( आइतबार ) ‘स्थापना दिवस’ भनि गर्न लागिएको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । आधार प्रमाण विना काल्पनिक ढंगले माघ २८ लाई स्थापना दिवसका रुपमा मनाउने महासंघको गलत निर्णय सच्याउन गरेको युनियनको आग्रहलाई बेवास्ता गरिएकोले बहिष्कार गर्न युनियन बाध्य भएको छ । […]
राष्ट्रियसभामा तीन जना सिफारिस
काठमाडौं,माघ,२७- सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गोपालकुमार बस्नेत (झापा), चा“दनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ८६ को उपधार २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा […]
आज राष्ट्रियसभाको निर्बाचन हुँदै
काठमाडौं, माघ,२४- राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । मतदानको सबै तयारी पूरा भएको छ ।निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । मतदानका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । प्रदेश […]
प्रदेश नं. ५ का संसदीय दलका नेता पोख्रलद्वारा नगरकार्यपालीका भवनको उत्घाटन
रबि रोकाया/ बाँके,माघ,२२- कोहलपुर नगरपालिका कार्यालयको भवन उत्घाटन गरिएको छ । कोहलपुर चौराह मा नगरकार्यपालिकाको भवन उत्घाटन गरिएको हो । प्रदेश न ५ का मानिनिय संसदय दलका नेता नेकपा एमालेका नेता शकर पोख्रेलले विभिगत रुपमा कार्यालय रिवन काटी उत्घाटन गरेका हुन् । कार्यक्रममा प्रदेश न ५ का एनम् नेकपा एमाले का प्रमुख सचेतक भूमेश्वर ढकालले […]
विवेकशिल साझा पार्टि समर्थितको बैठक जापानमा सम्पन्न
मिलन मगर/ फुकुओका,जापान,माघ,१७- विवेकशिल साझा पार्टिका समर्थित साझा सद्भाव समुह फुकुओका जापानको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । संयोजक गोबिन्द रेग्मीको अध्यक्षतामा फुकुओकामा कृयाशिल रहेका साझा पार्टि समर्थित साझा सद्भाव समुहको बैठक बसेको थियो । उक्त बैठकले कमिटी पुनर्गठन गरी कमिटीमा सक्रिय सदस्यहरु बढाउदै लैजाने भएको छ । अब समुहलाई अझै बिस्तारित रुपमा समाज सङ्ग प्रत्यक्ष रुपमा […]
राष्ट्रियसभा निर्वाचन : नामावली प्रकाशन र चुनाव चिह्न आज प्रदान गरिने
काठमाडौं,माघ,१५- निर्वाचन आयोगले आज राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने भएको हो । आयोगले आज दिउँसो ३ देखि ४ बजेभित्र उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन […]
अध्यक्ष ओली र दाहालबीच भेटवार्ता
काठमाडौं, माघ,१५- नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रिय सभा निर्वाचनमा बाम गठबन्धनलाई बढी सिटमा विजयी गराउनेबारेमा समीक्षा भएको हो । प्रदेश सभा गठन तयारी अन्तिम चरणमा पुगेको समयमा दुई नेताबीच राष्ट्रियसभा र प्रदेशसभाका […]







