सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं,फागुन,२५- सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । संघीय संसदको सभामुखका लागी भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ […]

सभामुखमा महरालाई अघि सार्ने तयारी

काठमाडौं,फागुन,२५- वाम गठबन्धनले प्रतिनिधिसभाको सभामुख पदमा दाङ २ बाट निर्वाचित माओवादी सांसद कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको छ । दुई दलबीचको कुराकानी शुक्रबार सभामुख निर्वाचनका लागि उम्मेदवारी दिने समयसम्म नबदलिए महरा नै सभामुख बन्ने सम्भावना छ । यद्यपि शुक्रबार साँझसम्म दुवै दलले सभामुखको उम्मेदवार को हुने भन्ने औपचारिक घोषणा गरेका छैनन् । सभामुख चयनका […]

एमाले-माओवादी एकता लिम्बयो

काठमाडौं,,फागुन,२५- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया लम्बिएको छ । एकताका लागि सैद्धान्तिक तथा सांगठनिक विषय टुंग्याउन गठित कार्यदलले समय सीमाभित्र काम नसकेपछि पार्टी एकता प्रक्रिया लम्बिएको हो । एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल दुवैले प्रतिवेदन तयार पार्न विहीबारसम्मको समय थियो । आजको जनता पोस्टमा खबर छ ।

ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने

काठमाडौं,फागुन,२३- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ । फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरमबीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन गर्दै फोरमले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेपछि ओली सरकार दुईतिहाइ बहुमतयुक्त बनेको हो । संसद्मा कुल २७५ […]

राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन

काठमाडौं, फागुन,२३- राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ ।निर्वाचन आयोगले यही फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरेको हो ।राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकोमा चार जनाको नाम मतदाता सूचीमा समावेश गरिएको छ । यसैबीच […]

संघीय संसदको पहिलो बैठक सुरु

काठमाण्डौं,फागुन,२१- संघीय संसदको पहिलो बैठक सुरु भएको छ। मुलुक संघीय संरचनामा गएपछि राष्ट्रियसभा र प्रतिनिधिसभाको पहिलो बैठक संघीय संसदको ज्यष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संचालन गर्नु भएको हो । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन महिनापछि आइतबार निर्वाचित सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि बस्न लागेको पहिलो बैठकलाई […]

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं आइपुगे

काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुग्नु भएको छ । ३० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै अब्बासी नेपाल आउनु भएको हो । आज अपराह्न पाकिस्तानी सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई विमानस्थलको अतिविशिष्टकक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नुभयो । त्यहाँबाट उहाँ होटल ह्यात पुग्नुहुनेछ भने आजै अपराह्न उहाँको […]

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौं, फागुन,२१- नेपाली काँग्रेस संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवा चयन भएको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि भएको निर्बाचनबाट प्रतिस्पर्धी पूर्व महामन्त्री प्रकाशमान सिंहलाई हराउँदै सभापति देउवा दलको नेता चुनीनु भएको हो । ६३ मत मध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गर्नुभयो । निर्वाचन समितिले मत परिणाम भने […]

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउदै

काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपराह्न काठमाडौं आउन लाग्नु भएको हो । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नुहुनेछ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । […]

शर्मा ४५ लाख धरौटीमा रिहा

काठमाडौ,फागुन,२१- विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँकी पत्नी भने अदालतमा हाजिर हुनुभएको छैन,’ […]