एन.आर.एन जापानको क्यूश्यू क्षेत्रमा लक्ष्मण बानियाँ सर्वसम्मतले चयन

मिलन मगर, फुकुओका,जापान,असार,१०- गैर आवसीय नेपाली संघ एन.आर.एन  क्यूश्यू क्षेत्रीय कमिटीको ५ औं अधिबेशन आज जापानको फुकुओका शहरमा सम्पन्न  भएको छ । आज भएको अधिबेशन बाट लक्ष्मण बानियाँको नेतृत्वमा १३ सदस्य सर्वसम्मतबाट चयन भएका छन् । नेतृत्वको दावेदार धेरै भएपनि अन्तत: सहमतीकै आधारमा पदाधिकारी चुनिएको हो । क्यूश्यू क्षेत्रीय कमिटीको ५ औं अधिबेशनले संयोजकमा लक्ष्मण बानियाँ, बरिष्ठ उपसंयोजकमा देवराज उप्रेती, उपसंयोजकमा नवराज गौतम, सचिवमा शीशीर ज्ञवाली, स-सचिवमा […]

नेपाली कांग्रेसले गर्यो नेपालगञ्जमा प्रचारप्रसार तीब्र

बाँके,असार १०- नेपाली कांग्रेसले आज पनि नेपालगञ्जमा चुनाव प्रचारप्रसारलाई तिब्रता दिएको छ । मेयरका उम्मेदवार डा.सुरेश कुमार कनोडिया र उपमेयर उम्मदवार लगायत वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु विहानैदेखि अबेर साँझसम्म घरदैलो, भेटघाट, कोणसभामा ब्यस्त रहे । मेयर र उपमेयरका उम्मेदवारले आज विहान लायन्स क्लबका सदस्यहरुसंग छलफल गरेर आजको प्रचार अभियानको थालनी गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रचार […]

कोहलपुरमा काँग्रेसद्वारा घोषणा पत्र सार्वजनिक

कोहलपुर, असार, ९– नेपाली काँग्रेस कोहलपुरले समृद्ध कोहलपुरको विकासका मुद्धाहरु समेटेर आफ्नो प्रतिबद्धता तथा घोषणा पत्र सार्वजनिक गरेको छ । काँगे्रसका तर्फबाट कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार भानु्भक्त भट्टराइ र उपमेयर सञ्जु थारुले कोहलपुरको समग्र विकाससहितको खाका प्रस्तुत गर्नु भयो । कोहलपुरलाई समुन्नत सहरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिबद्धता पत्रमा भौतिक विकास, आर्थिक समृद्धि, […]

बाँकेका युवा महिला नेतृको राजनितिक आर्कषण बढ्दो

बाँके,असार,९- स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा बाँकेका युवा नेतृहरुको आकर्षण बढ्दो छ । नगर प्रमुख, उपप्रमुख,गाउँपालिका प्रमुख उप प्रमुख देखी लिएर खुला सदस्यका पदमा युवा महिला नेतृहरु खुला प्रतिसपर्धामा रहेका छन् । विभीन्न पेशा ब्यवसायमा आबद्ध युवा महिलाहरु समाजसेवकै लागि राजनितिमा आएको बताउँछन् । राजनितिमा महिलाहरु आकर्षण बढे संगै निर्णायक पदमा समेत उनिहरुको पहुच वृद्धि […]

दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टि हुने नेता गौतमको दाबी

मधुपौडेल, बाँके,असार,९- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टि हुने दाबी गर्नुभएको छ । प्रेस चौतारीले कोहलपुरमा आयोजना गरेको एक पत्रकार सम्मेलनमा बोल्दै गौतमले एमालेकै नेतृत्वको सरकारले भारतको नाकाबन्दी हटाउन सफल भएकाले तराईवासीले एमालेलाई मतदान गरि न्याय गर्ने बताउनुभएको छ । एक छुट्टै प्रशंगमा बोल्दै गौतमले तराईका जनताबाट तिरस्कृत भईसकेको […]

आयो खजुरा कांग्रेसको प्रतिबद्धता,नमुना खजुरा बजार बनाउने अठोट

नेपालगञ्ज, असार, ९- नेपाली कांग्रेस खजुरा गाँउपालिकाले खजुरालाई नमुना बजार बनाउने योजनासहितको प्रतिबद्धतापत्र आज (शुक्रबार)सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट खजुरा गाउँपालिकाका प्रमुख उम्मेदवार मोहम्मद नक्की खाँले प्रतिबद्धतापत्रमा समेटिएका बुँदाहरुका बारेमा जानकारी गराउनुभएको थियो । प्रतिबद्धतापत्रमा गिजरामा बसोबास गर्दै आएका बस्तीहरुलाई ऐलानी जग्गाको तत्काल लालपूर्जा दिनेदेखि लिएर मुस्लिम छात्राहरुका लागि प्राविधिक मदरसा सञ्चालन गर्नेसम्मका […]

नेपालगन्जलाई डुबानमुक्त बनाउने मेयरका प्रत्यासीहरुको प्रतिवद्धता

बाँके,असार,९- स्थानिय निर्वाचन नजिकीदै गर्दा असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाबाट मेयरका प्रत्यासीहरुले नेपालगन्जलाई डुबानमुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । क्रियटिभ ह्ण्डसको आयोजना तथा युनडिपीको सहयोगमा आज भएको मेरो शहर मेरो नेपालगन्ज पाँचबर्ष पाँच प्रतिवद्धता कार्यक्रममा सहभागी अधिकाँश उम्मेदवारहरुले डुबानमुक्त शहरलाई पहिलो प्राथमिकता दिएका छन । यसैगरी नेपालगन्जलाई फोहरमुक्त र हरित शहर […]

गोल्टाकुरीमा नेपाली काँग्रेसको वृहत आभसभा

देविराम कुसारी दाङ, साउन,९ – नेपाली काँग्रेस साविक गोल्टाकुरी काउँ इकाइ कमिटिको आयोजनामा गोल्टाकुरीको छरकट्टामा वृहत चुनावी सभा सम्पन्न भएको छ । इकाइ सभापति प्रकासमान वलीको सभापत्विमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव वुर्प सिचाइ मन्त्रि दिपक गिरीले काँग्रेसको जनलहर देखेर अन्यदल आत्तालिएको वताउनु भएको छ । दाङमा काग्रेसलाई फुटाउ र […]

काँग्रेस जिताउन सबै एकजुट हुनुपर्ने नेता थानीको भनाई

नेपालगञ्ज, असार , ९- नेपाली काँगे्रसका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली काँगे्रसलाई जिताउन सबै तिक्तता बिर्सीएर एकजुट भई मतदान गर्न आहवान गर्नु भएको छ । नेपालगञ्ज–१ स्थित विशाल चौकमा आयोजित नेपाली काँगे्रसको प्रचार प्रसार सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थानीले काँगे्रस लोकतन्त्र र विकासको आधार स्तम्भ भएकाले जनताको त्यो अपार विश्वासलाई विजयमा परिणत गर्नु पर्ने […]

दाङ र बुटवलमा मतदाता तान्न प्रदेश राजधानी कार्ड

रुपन्देही,असार,८- स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बुटवल उपमहानगर संगठन कमिटीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रको सुरुकै बुँदामा लेखिएको छ, ‘समग्र प्रदेशको आर्थिक विकासको इञ्जिनको रुपमा रहेको बुटवल उपमहानगरपालिकालाई ५ नम्बर प्रदेशको केन्द्र प्रादेशिक राजधानी घोषणा गर्न सशक्त एवं प्रभावकारी पहल गरिनेछ।’ बुटवलमै कांग्रेस–माओवादी केन्द्र गठबन्धनले बनाएको संयुक्त प्रतिबद्धता पत्र पनि उही कुरा गर्छ। कांग्रेस–माओवादीको प्रतिबद्धता […]