आज प्रधानमन्त्रीको निर्वाचन हुने,देउवा प्रधानमन्त्री वन्ने पक्का

काठमाडौ,जेठ, २३- भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने […]

प्रमुख तीन दलविच सहमति भोली प्रधानमन्त्रीको निर्वाचन हुने

काठमाडौ,जेठ,२२- आज  बसेको प्रमुख तीन दलको बैठकमा संसदको अवरोध हटाएर प्रधानमन्त्रीको निर्वाचन गर्ने बिषयमा सहमत भएको हो । दलहरु बिच भएको सहमती अनुरुप भोलिको संसद बैठकले मुलुकको ४० प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्ने भएको छ । प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेदवारी परेको छ । दलहरुबीचको सहमति अनुसार भोलिको संसद बैठक दुई […]

सुन्दर,शान्त र समृद्ध बुढिनन्दा नगर बनाउने पहिलो धेय रहेको नेताः गिरी

रमित बि.क. बाजुरा जेठ,२२– नेपाली काँग्रेस महाअधिबेशन प्रतिनधि युवा नेता एवं बुढिनन्दा नगरपालिकाका मेयरका उम्मेदवार पदम गिरीले सुन्दर,शान्त र समृद्ध नगरपालिका बनाउने पहिलो धेय आफुसंग रहेको बताउनुभएको छ । सोमवार विहान रेडियो पौरखीको कार्यक्रम समय चक्रमा बोल्दै नेता गिरीले भन्नुभयो ः “मार्तडी कोल्टी सडकखण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेको छु । मार्तडी कोल्टी सडकखण्डलाई बिषेश स्तर […]

प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा भए:घुमाएर गोल हानियो

काठमाडौं,जेठ,२२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा हुनुभएको छ। तर विदाइ हुँदै गर्दा उनले स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उनले आफ्नो कार्यकालमा कर्मचारीहरुबाट राम्रो सहयोग पाएको भन्दै प्रशंशा गर्र्भयो । सबैभन्दा धेरै प्रशंशा उहाले मुख्य सचिव सोमलाल सुवेदीको गर्नुभयो । सुवेदीले पनि आफूले चार जना प्रधानमन्त्रीसँग […]

नयाँ प्रधानमन्त्रीका लागी सहमति जुटाउन सभामुखद्वारा बैठक अाह्वान

काठमाडौं,जेठ,२२- नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन सभामुख ओनसरी घर्ती र प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थाल्नु भएको छ । सहमतिको प्रयास स्वरुप सभामुख घर्तिमगरको अगुवाईमा आज साँझ प्रमुख दलहरुको बैठक बस्दैछ । ५ बजे सिंहदरबारमा प्रमुख दलहरुको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो । पुनः मतदान गर्ने निर्णय […]

सरकारी नौकरीबाट राजिनाम दिएर उप–प्रमुखमा उम्मेदवार,अधिकांस शिक्षक पेशाबाट

रमित बि.क. बाजुरा जेठ,२२- बाजुराका विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीेहरुले राजीनामा दिदै राजनितिमा होमीएका छन् । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उप प्रमुखमा भ्डिनको लागि राजीनामा दिएका हुन् । आगामी अषाढ १४ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेमा शिक्षा स्वास्थ्य र प्राविधिक कार्यालयमा कार्यरत कर्मचारीले पदबाट राजीनामा दिएका छन् […]

राजपाभित्र विवाद चर्कियो

काठमाडौं, जेठ, २२- नेतृत्वबीच आन्तरिक विवाद बढेपछि आइतबार हुने भनिएको प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी टुंगोमा पुग्न सकेन । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि राजपा बैठक अनिर्णित बन्न पुग्यो । त्यसै कारण उसले देउवालाई समथर्न गर्ने औपचारिक घोषणा […]

उम्मेदवारी सिफारिशको बिरोध गरेका थापाद्वरा अनशन फिर्ता

मधुपौडेल बाँके,जेठ,२१- उम्मेदवारी सिफारिशको बिषयलाई लिएर नेपाली कांग्रेस पार्टी कार्यालय,बाँकेमा गरिएको आमरण अनशन तेस्रो दिन तोडिएको छ । जिल्ला सदस्य राजु थापाले क्षेत्रीय सभापतिद्वारा गरिएको उक्त सिफारिशको बिरोध गर्दै शुक्रबारदेखि आमरण अनशन बसेका थिए । आईतबार बाँके कांग्रेसकी सभापति किरण कोईरालाले थापालाई जुस खुवाएर अनशन खुलाए थिइन । दुबै पक्षले अब उम्मेदवारको नाम तोक्ने जिम्मा […]

प्रधानमन्त्रीको निर्वाचन गर्न प्रमुख तीन दल सहमत,देउवा प्रधानमन्त्री पक्का

काठमाण्डाैं, जेठ, २१- मुलुकको ४० औं प्रधानमन्त्रीका लागि मंगलबार निर्वाचन हुने पक्का भएको छ ।सत्तारुढ काँग्रेस-माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमाले सहमतिमै प्रधानमन्त्री चयन गर्न सहमत भएपछि निर्बाचन हुने पक्का जस्तै भएको हो । सभामुख ओनसरी घर्तीको आह्वानमा आज बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा दलहरु सहमतिमै अघि बढन तयार भएका हुन ।बैठकमा एमाले […]

राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम नेपालले देउवा सरकारलाई समर्थन गर्ने

काठमाडौं, जेठ २१- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेशका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आज दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गर्नु भएको […]