ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अाह्वान

काठमाडौँ,वैशाख,३०- निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ । निर्वाचन आयोगको मिडिया सेन्टरमा आज आयोजित विशेष पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । […]

चितवन र मध्यपश्चिमका जिल्लाहरू संवेदनशील

काठमाडौं, ३० वैशाख – पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चितवन र ६ नम्बर प्रदेशका जिल्लाहरू सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील सूचीमा परेका छन् । गृह मन्त्रालयले सोहीअनुसार ती जिल्लामा सुरक्षा रणनीति बनाई थप सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधि धेरै भएकाले संवेदनशीलको सूचीमा परेको हो । सुरक्षा मूल्यांकनकै […]

स्थानीय निर्वाचन २ दिन बाँकीः मतदान तयारी धमाधम

काठमाडौं, २९ वैशाख – मौन अवधिसँगै तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा मतदाता परिचयपत्र वितरण, मतदानस्थलमा मतदानको तयारी, राजनीतिक दलसँग मतदानलाई सहज बनाउन छलफल र मतदाता शिक्षा कार्यक्रम सुरु भएको आयोगले उल्लेख गरेको छ । बिहीबार मध्यरातबाट चुनाव प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरु भएको हो । पहिलो चरण निर्वाचनका लागि मतदानको व्यवस्थापकीय काम […]

मेरो नेतृत्वमा सरकार हुँदैनथ्यो भने निर्वाचन त के स्थानीय तह पनि बन्दैनथ्यो : प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख-  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताउनुभएको छ । राजधानीका साँखु, थली र बौद्धमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । ‘स्थानीय तहलाई गाउँ पंचायत वा गाविसकै रुपमा राख्न खोज्ने प्रवृत्तिबिरुद्ध लामो संघर्ष गर्नु परेको र अन्ततः […]

आयोगका पदाधिकारीबीच बजेटमा विवाद

काठमाडौं २८ बैशाख- स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ । निर्वाचानअघि सरकारले बजेट ल्यान सक्ने नसक्ने विषयमा आयोगकै पदाधिकारीबीच गम्भीर मतभेद देखिएको हो । आजको नागरिकमा खबर छ । पमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिताभित्र रहेर सरकारले बजेट ल्यान […]

राज्यका अंगहरु आग्रह र पूर्वाग्रहले चल्नुहुँदैन :प्रधानन्यायाधीश कार्की

काठमाडौ,वैशाख ,२६ – प्रधानन्यायाधिश सुशीला कार्कीले संविधान र कानुनले सुम्पिएको जिम्मेवारी पुरा गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।प्रधानन्यायाधिश कार्कीले राज्यका प्रमुख अंगहरु कुनै आग्रह वा पूर्वाग्रहबाट निर्देशित हुन नदिनेमा आफू सचेत रहेको पनि स्पष्ट पार्नु भयो । ६५ औं कानुन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान र […]

हामी काम गरेर देखाउँछौ कांग्रेस नेता सिंह

काठमाडौं, २६ वैशख – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नु भएको छ । काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्न त्या पुग्नु भएका नेता नेता सिंहले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको हो । नेता सिहले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनिसकेको बताउनु […]

गठबन्धनले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं, २६ वैशाख – संघीय गठबन्धनले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ । अहिल केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर गठबन्धनको तर्फबाट विभिन्न नेताहरुले भेट्ने कार्यक्रम रहेको गठबन्धनका नेता मनिस सुमनले जानकारी दिनुभयो । भेटमा संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित हुने सम्भावना कम […]

टीकापुर घटनाका आरोपी छोड्ने शर्तमा फोरम पनि सरकारमा

काठमाडौं , बैशाख २६ – टीकापुर घटनाका आरोपीहरूलाई रिहा गर्ने शर्तमा फोरम लोकतान्त्रिक सरकारमा गएको छ ।स्रोतका अनुसार साता दिनभित्रै ०७२ भदौ ७ गते भएको टीकापुर घट्नाका आरोपीलाई थुनामुक्त गर्ने शर्तमा विजय गच्छादारको पार्टी फोरम लोकतान्त्रिक सरकारमा गएको हो  । वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पनि सामाजिक सञ्जाल फेसबुकमा टीकापुर घटनाका आरोपीलाई मुक्त गर्ने शर्तमा फोरम […]

राजनीतिक वस्तुस्थितिका विषयमा छलफल सुरु

काठमान्डौ,बैशाख,२५- मुलुकको पछिल्लो राजनीतिक वस्तुस्थितिका विषयमा छलफल सुरु गरेको संघीय गठबन्धनको बैठक आज दोस्रो दिन बस्दैछ । काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो तीन बजे बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले जानकारी दिए । बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने […]