मधुरौडेल बाँके,जेठ,१२- निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न राजनितिक दलहरु जिम्मेवार हुनुपर्ने सरोकारवालहरुले बताएका छन् । स्थानीय शान्ति समितीले शुक्रबार नेपालगन्जमा गरेको शान्ति पुर्ण निर्वाचनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया बोल्ने सरोकारवालहरुले सो कुरा बताएका हुन् । निर्वाचन शान्तिपुर्ण सम्पन्न गर्नको लागि राजनितिक दलको साथै उम्मेदवारहरुको पनी ठुलो भुमिका खेल्नुपर्ने उनीहरुले बताएका थिए । कार्यक्रममा बोल्दै बाँकेका […]
राजनीति
पोखरा महानगरमा एमाले विजयी
नेकपा एमालेले बहुमत वडासहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख विजयी भएका छन्। शुक्रबार सम्पन्न मतपरिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भए। महानगरको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए। जिसी र गुरूङले प्रतिस्पर्धी कांग्रेस उम्मेद्वारलाई रामजी कुँवरलाई झण्डै करिब १४ हजार अन्तरले मतले […]
काँग्रेसको कार्यसम्पादन समिति बैठक जारी
काठमाडौं,जेठ, १२- नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा छलफल भइरहेको छ । सरकार गठनका समयमा माओवादी केन्द्र र काँग्रेसबीच भएको सहमति अनुरुप अबको सरकारको नेतृत्व काँग्र्रेसले गर्ने भएकाले काँग्रेस अहिले सरकार गठनको कसरतमा जुटेको हो । पार्टी कार्यालय सानेपामा जारी […]
नेपाली काँग्रेस बुढीनन्दा नगरपलिकाको चुनावी प्रचार प्रसार कार्यक्रम सुरु
रमित बि. क, बाजुरा,जेठ,११- नेपाली काँग्रेस बुढीनन्दा नगरपालिकाको चुनावी प्रचार प्रसार कार्यक्रम आजबाट सुरु भएको छ । यही जेष्ठ ३१ गते हुन गईरहेका दोस्रो चरणको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गदै सञ्चालन गरिएको हो । आज कोल्टीहुदै नरु लगायतका केही स्थानमा कार्यकर्ता संग भेटघाट तथा प्रशिक्षण गरिएको बिद्यार्थी नेता रविन्द्र रोकायाले जानकारी दिनुभएको छ ।बुढीनन्दा नगरपालिाकामा […]
प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य : नेपाली काँग्रेस
काठमाण्डौं,जेठ,११- प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएसंगै बिभिन्न राजनैतिक दलहरुले प्रतिक्रिया दिएका छन् । नेपाली काग्रेस, नेकपा एमाले र राजपा नेपाल लगायतका दलहरुले राजीनामा बारे पार्टिको धारणा ब्यक्त गरेका हुन् । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य रहेको भन्दै निरन्तर सहकार्यका लागि आफ्नो पार्टि तयार रहेको विज्ञप्ती मार्फत जनाउनुभएको छ । […]
प्रधानमन्त्री दाहालद्वारा राजीनामा
काठमाण्डाैं,जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदवाट राजीनामा दिने घोषणा गर्नु भएको छ । आज सिंहदरबारवाट देशवासीका नाममा विशेष सम्वोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नु भएको हो । आधा घण्टा लामो सम्वोधनका क्रममा दाहालले नेपालको राजनीतिमा देखिएको नैतिकताको खडेरी टार्न र इमान राख्न आफूले राजीनामा गरेको बताउनु भयो । उहाँले वर्तमान सरकारले दोस्रो चरणको चुनाव […]
त्यागी नेतृ नाथले लिईन उपाध्यक्षको उम्मेदवारी फिर्ता
रमित बि.क. बाजुरा जेष्ठ १०- लगनशिल र योग्य कुनै पनि कार्यकर्तालाई सरकारी पदमा जान स्वभाविक ईच्छा हुन्छ । आफनो त्याग,तपस्या र योगदानको फल चाख्न कार्यकर्ता बीच तीब्र प्रतिष्पर्धा हुन्छ । बाजुरामा पनि नेपाली काँग्रेसका कार्यकर्ता बीच स्थानिय तहको उम्मेदवार बन्न तीब्र प्रतिष्पर्धा भएको थियो । यद्येबी साविकको आर्टीचौर गाविस वडा नं. ६ हालको छेडेदह गाउँपालिका […]
प्रधानमन्त्रीको राजीनामा अझै अनिश्चित, सिंहदरबारबाटै दिन सक्ने
काठमाण्डाैं, जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए पछि आज विहान ११ बजेका लागि बोलाइएको संसद बैठक भोलि ४ बजेसम्मका लागि सूचना टाँसी सरेको छ । संसद सुचारु नभए पछि सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्री दाहालकोे तयारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री […]
बाजुरामा आगामी जेठ ३१ मा ९ तहका २ सय ६३ सिटका लागि निर्वाचन हुने
रमित बि.क., बाजुरा,जेष्ठ ९- बाजुराका ४ नगरपालिकाका ३८ वटा वडा र ५ गाउँपालिकाका २१ वटा वडा गरी जम्मा ६९ वडा रहेका छन् । मेयर उपमेर सहित १९८ सिट नगरपालिकामा र अध्यक्ष उपाध्यक्ष सहित १ सय ६५ गाउँपालीका गरी जम्मा २६३ सिटको निर्वाचन हुने जिल्ला निर्वाचन काार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर थापाले जानकारी दिनुभएको छ । […]
कांग्रेसले स्थानीय तहमा भिड्ने उम्मेदवारको टुंगो लगायो,युवा नेतृत्वलाई उम्मेदवारी
रमित बि.क. बाजुरा,जेष्ठ ९- नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले यही जेठ ३१ गते हुने भनिएको स्थानीह तहको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुुंगो लगाएको छ । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाको लागि मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको अधिकांश पदको टुन्गो लागेको कांग्रेस श्रोतले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसारः बडिमालिका नगरपालिको मेयर पदको उम्मेदवारमा […]








