जाँदाजाँदै दाहाल सरकारले गर्याे यस्ताे निर्णय

काठमाण्डाैं,जेठ, ९- सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको उर्जामन्त्री जनार्दन शर्माले जानकारी […]

आर्थिक वर्ष २०७४-०७५ को ‘प्रिबजेट’ माथि छलफल अाज

काठमाडौं ,जेठ,९- व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको संसद बैठकमा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल सुरु हुँदैछ । संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । सरकारका तर्फबाट पेस […]

प्रधानमन्त्रीको राजीनामा भोलिसम्ममा

काठमाडौं,जेठ,९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको भद्र सहमतिलाई पालना गर्दै प्रधानमन्त्री दाहालले बुधबारभित्र राजीनामा दिने स्पष्ट पारेका हुन्। ‘सत्तारूढ कांग्रेससँग जे भद्र सहमति भएको थियो, त्यहीअनुसार अब हामी १० गतेभित्र छाड्छौं,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकमा भने। […]

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : नेता महत

काठमाडौ,जेठ, ८- नेपाली काँग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन सुझाव दिनुभएको छ । बैशाख मसान्त भित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको आलोचना पनि गर्नुभयो । काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री दाहालले राजीनामा नदिएर मुलुकलाई अनिश्चयको भूमरीमा फसाउने काम गरेको आरोप पनि लगाउनु भयो ।

दोस्रो निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा

काठमाडौं,जेठ, ८ आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनकालागि दलहरुले आन्तरिक तयारी थालेका छन् । त्यसकालागि संसदमा रहेका शीर्ष दलहरु आन्तरिक गृहकार्यमा व्यस्त भएको जनाइएको छ । उनीहरु दोस्रो चरणमा हुने ४ सय ६१ स्थानीय तहकालागि उम्मेदवार छनौटमा जुडेका हुन् । पहिलो चरणको मत परिणामबाट पहिलो स्थानमा रहेको एमालेले दोस्रो चरणका लागि […]

प्रधानमन्त्री दाहालले सरकार छाड्ने

काठमाडाैं, जेठ,८- प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्नुहुने भएको छ। आजदेखी सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ। स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुनेछ । […]

पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझै सुचारु हुन सकेन

कास्की,जेठ,७- पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको आरोप लगाउँदै एमाले बाहेक दलका प्रतिनिधिहरु बाहिरिएपछि शनिबार दिउँसोबाट स्थगित मतगणना अझै सुरु हुन सकेको छैन। पोखरा १७ मा १५ सयभन्दा बढी मत गणना भएपछि फर्जी मत भेटिएको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मतगणना बहिस्कार गरेका हुन्। सूर्य चिन्हमा फरक रंग […]

नेपालगंजमा एमालेले गर्यो खादा ओढाएर उम्मेदवारलाइ सम्मान

नेपालगन्ज,जेठ,७– नेकपा एमाले वडा नं.१०मा जेठ ३१ गते हुने स्थानिय निकायको निर्बाचनको निम्ति वडा कमिटिको तर्फबाट प्रस्ताव गरीएका उम्मेदवारलाइ खादा ओढाएर सम्मान गरीएको छ । नेकपा एमाले चेतनानगर टोल कमिटिका अध्यक्ष सुनिता सिग्देलद्धारा जितेर विकास निर्माणमा अग्रसर रहन सुझाव दिदै सम्मान गरीएको थियो । नेकपा एमाले वडा नं.१०का प्रस्तावित उम्मेदवारहरु अध्यक्ष दमन कुमार श्रेष्ठ,महिला सदस्य […]

सरकारद्धारा वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाण्डाैं,जेठ, ७- सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईताबार विहान बसेको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै अपरान्ह ५ बजे राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने र राष्ट्रिय महत्वका आयोजनाहरुलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पारिएको […]

राजपालाई फकाउँदै सरकार

काठमाडौं, जेठ,७- सरकारले संसदमा पेस भएको संविधान संशोधन प्रताव थाती राखेर राष्ट्रि जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोरम नेपालकाा अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुसंग कुराकानी गरेका छन् छ । सरकारले राजपालाई दोस्रो चरणाको चुनावमा ल्याउन मभेसका केही जिल्लामा स्थानीय तहको संख्या […]