प्रधानमन्त्री र राजपाका नेताहरुबीच छलफल

काठमाडौँ , जेठ,१- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई दुई तिहाइ मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा नेताहरुले स्थानीय तहको पहिलो चरणको […]

मतगणना अपडेटःहालको परिणाम

 काठमाडौं, जेठ १ – आईतबार भएको पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्नपछि केही ठाउँमा हिजै रातिबाट मतगणना थालिएको छ। केही ठाउँको मतपरिणाम आउन थालेको छ भने केही ठाउँमा अहिले विहान सर्वदलीय बैठकपछि गणना थालिने भनिएको छ। अहिलेसम्म ललितपुर महानगरको मतगणना थालिएको जानकारी आएको छ। काठमाण्डौं, चितवन, पोखराको मतगणना हुन बाँकी छ। त्यहाँ सर्वदलीय बैठकपछि मतगणना […]

स्थानीय निर्वाचनले स्थायित्वः चीन

काठमाडौं, जेठ १- चीनले स्थानीय निर्वाचनसँगै नेपालको विकास र स्थायित्व सुनिश्चित हुने अपेक्षा गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ समकक्षी वाङ याङबीच बेइजिङमा भएको वार्तामा चीनले यस्तो बताएको हो । चिनियाँ उपप्रधानमन्त्री वाङले स्थानीय चुनाव गराएकोमा नेपाललाई बधाईसमेत दिएका छन् ।‘स्थानीय निर्वाचनले नेपालको स्थायित्व र विकास सुनिश्चित हुनेछ । यसले […]

कालिकोटमा झडप,गोली लागेर २ जना घाइते

कालिकोट,बैशाख, ३१- कालिकोटको नरहरीनाथ गाउँपालिकाको मालकोटमा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । कालीकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले विप्लव समूहले आक्रमण गरेपछि प्रतिरक्षाका लागि गोली चलाउनु परेको र गोली लागेर दुई जना सामान्य घाइते भएको जानकारी दिनुभयो । […]

काठमाण्डु,भक्तपुर,ललितपुर र भरतपुरमा मतगणना प्रक्रिया आजै सुरु हुने

काठमाडौ, वैशाख ,३१- मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै खमतगणना सुरु गर्ने तयारी भइरहेको छ । मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत […]

स्थानीय तहको पहिलो चरणको चुनावमा ७१ प्रतिशत मत खस्यो

काठमाडौं ,वैशाख,३१- आज भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताले उत्साहजनक सहभागिता जनाएका छन् । समग्रमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । ३४ जिल्लाका ३९२१ मतदान स्थलमा विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेपछि सकिएको थियो । प्रदेश नम्बर ३, ४ र ६ का ३८३ स्थानीय तह मध्ये २८१ मा […]

स्थानीय चुनाव प्रचारमा मात्र साढे १२ अर्ब खर्च

 काठमाडौं,वैशाख ,३१- बैंक तथा वित्तिय संस्थाहरूले तरलता अभाव झेलिरहेका बेला दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको अर्थतन्त्र चलायमान बनाएको छ। निर्वाचनमा दल तथा उम्मेद्वारले गरेको खर्च तथा सरकारको ठूलो बजेट प्रवाहका कारण अर्थतन्त्र एकै पटक चलायमान देखिएको हो। निर्वाचन आयोगले पहिलो चरणका लागि मात्रै उम्मेद्वारालाई साढे १२ अर्बको खर्च गर्न छुट दिएको छ। निर्वाचनमा […]

निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर मताधिकार प्रयोग गर्न सबै मतदातालाई प्रधानमन्त्रीको अनुरोध

  काठमाण्डाैं, वैशाख,३० – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सबै मतदातालाई अपिल गर्नुभएको छ । शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री दाहालले भय र संकोच विना निर्धक्क भई आफुले चाहेका […]

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अाह्वान

काठमाडौँ,वैशाख,३०- निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ । निर्वाचन आयोगको मिडिया सेन्टरमा आज आयोजित विशेष पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । […]

चितवन र मध्यपश्चिमका जिल्लाहरू संवेदनशील

काठमाडौं, ३० वैशाख – पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चितवन र ६ नम्बर प्रदेशका जिल्लाहरू सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील सूचीमा परेका छन् । गृह मन्त्रालयले सोहीअनुसार ती जिल्लामा सुरक्षा रणनीति बनाई थप सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधि धेरै भएकाले संवेदनशीलको सूचीमा परेको हो । सुरक्षा मूल्यांकनकै […]