स्थानीय निर्वाचन २ दिन बाँकीः मतदान तयारी धमाधम

काठमाडौं, २९ वैशाख – मौन अवधिसँगै तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा मतदाता परिचयपत्र वितरण, मतदानस्थलमा मतदानको तयारी, राजनीतिक दलसँग मतदानलाई सहज बनाउन छलफल र मतदाता शिक्षा कार्यक्रम सुरु भएको आयोगले उल्लेख गरेको छ । बिहीबार मध्यरातबाट चुनाव प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरु भएको हो । पहिलो चरण निर्वाचनका लागि मतदानको व्यवस्थापकीय काम […]

मेरो नेतृत्वमा सरकार हुँदैनथ्यो भने निर्वाचन त के स्थानीय तह पनि बन्दैनथ्यो : प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख-  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताउनुभएको छ । राजधानीका साँखु, थली र बौद्धमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । ‘स्थानीय तहलाई गाउँ पंचायत वा गाविसकै रुपमा राख्न खोज्ने प्रवृत्तिबिरुद्ध लामो संघर्ष गर्नु परेको र अन्ततः […]

आयोगका पदाधिकारीबीच बजेटमा विवाद

काठमाडौं २८ बैशाख- स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ । निर्वाचानअघि सरकारले बजेट ल्यान सक्ने नसक्ने विषयमा आयोगकै पदाधिकारीबीच गम्भीर मतभेद देखिएको हो । आजको नागरिकमा खबर छ । पमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिताभित्र रहेर सरकारले बजेट ल्यान […]

राज्यका अंगहरु आग्रह र पूर्वाग्रहले चल्नुहुँदैन :प्रधानन्यायाधीश कार्की

काठमाडौ,वैशाख ,२६ – प्रधानन्यायाधिश सुशीला कार्कीले संविधान र कानुनले सुम्पिएको जिम्मेवारी पुरा गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।प्रधानन्यायाधिश कार्कीले राज्यका प्रमुख अंगहरु कुनै आग्रह वा पूर्वाग्रहबाट निर्देशित हुन नदिनेमा आफू सचेत रहेको पनि स्पष्ट पार्नु भयो । ६५ औं कानुन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान र […]

हामी काम गरेर देखाउँछौ कांग्रेस नेता सिंह

काठमाडौं, २६ वैशख – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नु भएको छ । काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्न त्या पुग्नु भएका नेता नेता सिंहले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको हो । नेता सिहले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनिसकेको बताउनु […]

गठबन्धनले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं, २६ वैशाख – संघीय गठबन्धनले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ । अहिल केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर गठबन्धनको तर्फबाट विभिन्न नेताहरुले भेट्ने कार्यक्रम रहेको गठबन्धनका नेता मनिस सुमनले जानकारी दिनुभयो । भेटमा संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित हुने सम्भावना कम […]

टीकापुर घटनाका आरोपी छोड्ने शर्तमा फोरम पनि सरकारमा

काठमाडौं , बैशाख २६ – टीकापुर घटनाका आरोपीहरूलाई रिहा गर्ने शर्तमा फोरम लोकतान्त्रिक सरकारमा गएको छ ।स्रोतका अनुसार साता दिनभित्रै ०७२ भदौ ७ गते भएको टीकापुर घट्नाका आरोपीलाई थुनामुक्त गर्ने शर्तमा विजय गच्छादारको पार्टी फोरम लोकतान्त्रिक सरकारमा गएको हो  । वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पनि सामाजिक सञ्जाल फेसबुकमा टीकापुर घटनाका आरोपीलाई मुक्त गर्ने शर्तमा फोरम […]

राजनीतिक वस्तुस्थितिका विषयमा छलफल सुरु

काठमान्डौ,बैशाख,२५- मुलुकको पछिल्लो राजनीतिक वस्तुस्थितिका विषयमा छलफल सुरु गरेको संघीय गठबन्धनको बैठक आज दोस्रो दिन बस्दैछ । काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो तीन बजे बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले जानकारी दिए । बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने […]

सरकारमा सहभागी हुने गच्छदारको तयारी, आज संयुक्त बैठक

काठमाडौं, २५ वैशाख – नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । विजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले सरकारमा सहभागी हुने विषयमा टुंगो लगाउन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । पार्टी कार्यालय तिनकुनेमा बिहान ११ बजे बस्ने बैठकमा सरकारमा सहभागी हुने विषयमा टुंगो लगाइने फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र […]

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगको भनाई

काठमाडौं, २५ वैशाख – निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि चाहिने सबै सामग्री जिल्ला पुर्याइसकेको बताएको छ । बैशाख ३१ गते आइतबार हुने स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तिम चरणमा रहेको र अब केही प्राविधिक विषय मात्रै बाँकी रहेको आयोगको भनाइछ । आयोगका सचिव गोपीनाथ मैनालीले […]