मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं, २५ वैशाख – आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिहंदरबारमा दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डा, आशन्न स्थानीय तहको निर्वाचन, सुरक्षा अबस्था, निवार्चन तयारी, दलहरुबीच भएका पछिल्ला छलफल तथा असन्तुष्टदलहरुको माग सम्बोधन लगाएतका बारेमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । बैठकमा दोस्रो […]

प्रधानन्यायाधीश कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट

काठमाडौं,वैशाख,२४- प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् ।आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानन्यायाधीशको भेटको कारण खुलेको छैन ।सामान्यतयाः संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ । न्यायाधीश कार्की पनि विदा स्वीकृत गराउनका लागि शीतलनिवास गएको अनुमान गरिएको […]

नेपाली काङग्रेसले बाँके जिल्लामा सम्पर्क कार्यालय स्थापना

मधु पौडेल बाँके,बैशाख,२४- स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बाँकेले जिल्लाका उपमहानगर पालिका, नगरपालिका र गाउँपालिकमाहरुमा सम्पर्क कार्यलय स्थापना गरेको रहेको छ । स्थानिय तहको निर्वाचन अन्तरगत दोस्रो चरणको निर्वाचन यहि जेठ ३१ गते बाँकेमा हुने भएपछि सबै राजनितिक पार्टीहरुले प्रचार प्रसारका कार्यहरु अगाडी बढाइरहेका बेला नेपाली काँग्रेसले शनिवार मात्रै ४ स्थानमा वडा सम्पर्क […]

चुनावमा गाउँगाउँ खटिएका काँग्रेस सांसदलाई देउवाले बोलाए काठमाडौं,चोलेन्द्रलाई महाअभियोगको तयारी

काठमाडौं,वैशाख,२४- सत्तारुढ नेपाली काँग्रेसले सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव खारेज गर्ने सर्वोच्चको आदेशलाई पुनरवलोकनका लागि अदालत जाने कि भन्ने विषयमा पनि छलफल थालेको  छ । ‘अदालतको आदेशका विषयमा छलफल गर्न आइतबार हाम्रो पार्टीका सांसदको छलफल बोलाएका छौं’, कांग्रेसका सांसद एवं महाभियोग प्रस्तावका प्रस्तावक मीन विश्वकर्माले भने, ‘अदालतले क्षेत्राधिकार मिचेर आदेश दिएको छ । […]

अब देउवा प्रधानमन्त्री ,प्रचण्डले जेठ पहिलो साता देउवालाई सत्ता हस्तान्तरण गर्ने

काठमाडौं,वैशाख,२४-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् ।सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् । गत १९ साउनमा प्रधानमन्त्री प्रचण्ड चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय […]

महाभियोगबारे संसद्ले आज के गर्ला ? सरकारको रणनीति यस्तो छ ।

काठमाडौं,वैशाख,२४-  सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? सबैतिर चासो छ ! आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आजको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ । सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगिसक्नु भएको छैन, विभिन्न विकल्पमा उहाँलाई सुझाव आइरहेको छ । उहाँ अझै आन्तरिक छलफलमै हुनुहुन्छ । ३१ वैशाखको […]

संघीय गठवन्धनद्वारा उपेन्द्र यादवमाथि कारबाही, अध्यक्षबाट हटाइयो

काठमाडौं , बैशाख,२४ – संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप […]

काँग्रेसको वडा कार्यालय स्थापना, एमाले परित्याग गरी काँग्रेसमा प्रवेश

नेपालगन्ज ,बैशाख ,२३, स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेसले बाँकेका विभिन्न ठाउँमा शनिबार वडा कार्यालय स्थापना गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर ६ र ३, खजुरा गाउँपालिका २ र नेपालगन्ज १६ मा वडा कार्यालय स्थापना गरिएको हो । चार वटै वडा कार्यालयको पार्टी सभापति किरण कोईराला, सचिव कपिलदेव शर्मा, महासमिति सदस्य महेन्द्र […]

दुई चरण चुनावबारे प्रधानमन्त्रीले शुक्रबार मोर्चाका नेताहरुसंग छलफल गर्ने

काठमाडौं,वैशाख, ७- प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (शुक्रबार) बिहान आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीसँग तराईरमधेसको चुनाव दोस्रो चरणमा गर्नेबारे  छलफल गर्नु हुने भएको छ ।प्रधानमन्त्रीका एक सहयोगीका अनुसार भोलि बिहान ८ बजे मोर्चा नेताहरुसँग संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लाग्नु भएको हो । प्रधानमन्त्री र मोर्चाबीचको छलफल बालुवाटारमा हुनेछ ।  मोर्चा सम्बद्ध सद्भावना […]

स्थानीय तहको निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था: गृहमन्त्री

काठमाडौं, वैशाख ७- उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्धरुपमा परिचालन गरिएको बताउनु भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गर्नुभयो । जिल्ला तहमा प्रमुख […]