एमालेको बुद्धि पलायो, अब संशोधनको पक्षमा मतदान गर्छः मन्सुर

काठमाडौं, फागुन १२-नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको ढिलै भएपनि बुद्धि पलाएको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले संविधान संविधान विधेयक प्रक्रिया रोक्न खोजिरहेको भए एमाले मधेशबाट पूर्ण रुपमा समाप्त हुने बताउनुभयो । भन्नुभयो एमालेको बुद्धि पलाएको छ। अब विपक्षमा मतदान गरे मधेशबाट सकिन्छ। विधेयक प्रक्रियामा लैजान […]

संसद बैठक सुचारु

काठमाडौं, फागुन १२- व्यवस्थापिका–संसदको अवरोध विहीबार ९आज०देखि खुलेको छ ।नेकपा एमालेसहितका विपक्षी दलहरु संविधान संशोधन विधेयकमाथिको छलफल अघि बढाउन सहमत भएपछि बैठक सुचारु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि विपक्षीहरु बैठकको अवरोध खुला गर्न तयार भएका थिए । सहमतिपछि बसेको बैठकमा संशोधन विधेयकमाथि छलफल सुरु भएको […]

संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्छ: कर्ण

काठमाण्डौं,फागुन १२-मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले सरकारले संसदमा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सिमांकन परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो नागरिकताको सवालमा वैवाहिक अंगीकृतलाई अधिकार दिने भनेको […]

निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ: गृहमन्त्री निधि

काठमाण्डौं,फागुन, १२-उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय निर्वाचनमा मधेशी मोर्चाले पनि भाग लिने विश्वास व्यक्त गर्नु भएको छ ।  उपप्रधानमन्त्री निधिले निर्वाचन तोकिएको समयमा सम्पन्न हुने पनि स्पष्ट पार्नुभयो । आज भक्तपुरस्थित पाईलट बाबा आश्रममा पुग्नु भएको उहाँले स्थानीय संचारकर्मीसँग कुरा गर्दै संविधान संशोधन गरी मधेशको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो […]

संविधान संशोधन प्रक्रिया अघि बढाउन नदिने एमालेसहित विपक्षी ९ दलको निर्णय

काठमाण्डौं,फागुन ११-नेकपा एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेका छन् ।सरकारले (आज)को व्यवस्थापिका–संसद बैठकबाट संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेपछि त्यसबारे धारणा बनाउन बसेको विपक्षी ९ दलको बैठकले प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेको हो । प्रतिपक्षी दलहरुले संविधान संशोधनको प्रक्रिया अघि बढेपछि त्यसको परिणामलाई स्वीकार्नेरनस्वीकार्नेबारे मधेसी मोर्चाले स्पस्ट पार्नुपर्ने […]

अखिल क्रान्तिकारीले स्ववियु चुनावमा भाग लिने

जंग बहादुर रेउले , घोराही , फागुन,११- नेपाल कम्यनिष्ट पार्टी निकट अखिल  क्रान्तिकारीले दाङको महेन्द्र बहुमुखीमा स्ववियु चुनावमा भाग लिने भएको छ । फागुन १८ गते हुन लागेको स्ववियु निर्वाचन नजिकिदै गर्दा अखिल क्रान्तिकारीले महेन्द्र बहुमुखी क्याम्पसमा आज( बुधबार) संगठन दर्ता गरेको हो । त्रिविले स्ववियु निर्वाचनको तालिका जानकारी विनानै बाहिर सार्वजनिक गरेको भन्दै गत […]

तोकिएकै मितिमा चुनाव गर्न गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गर्‍यो

काठमाडौं,फागुन, १०-  सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ।‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भन्नुभयो आज देखि नै हामी तयारीमा लाग्नेछौं। जसरी ०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको निर्वाचन शान्तिपूर्ण गर्न हामी तयार छौँ । निर्वाचनको […]

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

काठमाडौं,फागुन, ९- सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आज बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो । सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति […]

वैशाख ३१ गते चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौं, फागुन ९ – निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ ।सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका क्रममा निर्वाचन आयोगका आयुक्तले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने गरी मिति तय गर्न सरकारलाई सुझाव दिएको आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो । कठिन परिस्थितिका बावजुत पनि देशको […]

राप्रपा अध्यक्षमा कमल थापा, थापा(२८०४ राणा(२५१)

काठमाडौं, फागुन ९ – राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको मतदानमा थापाले २ हजार ८ सय ४ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २ सय ५१ मत मात्र ल्याउनुभएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । ८१ मत भने बदर भएको थियो । मतदानका लागि ५४ वटा विद्युतीय मेसिनको प्रयोग […]