स्थानीय चुनावका लागि सबै स्थानीय तहमा काम सुरु

काठमाडौं, फागुन ३० – आउँदो वैशाख ३१ गते हुने चुनावको लागि सात सय ४४ वटै स्थानीय तहबाट काम सुरु भएको छ । सरकारले ७ सय ४४ वटा स्थानीय तहको संख्या र सिमानासहितको प्रतिवेदन बुझाएसँगै काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले कार्यालय स्थापना गरेर चुनावको लागि आवश्यक तयारी सुरु […]

कमल थापामाथि १० आरोप लगाउँदै लोहनी राप्रपाबाट बाहिरिए आरोपसहित

काठमाण्डु, २९ फागुन- राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन् ।आईतबार डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आजैबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन्।लोहनीले पार्टी […]

चैत ३ भित्र स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं,फागुन,२९- निर्वाचन आयोगले ७४४ स्थानीय तहमा चैत ३ गतेभित्र पुग्ने गरी कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।यसरी कर्मचारी खटाउनुअघि तत्कालैबाट निर्वाचन सम्बन्धी कार्य गर्न प्रत्येक स्थानीय तहमा कायम मुकायम वा निमित्त मुकरर गर्न र आयोगलाई जानकारी […]

नेपाल शिक्षक संघमा वीरेन्द्र यादवको सम्पुर्ण प्यानल विजयी

बाँके,फागुन २९- नेपाल शिक्षक संघ बाँकेको आठौं जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि वीरेन्द्र कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नपालगंजको मंगल प्रसाद मा.वि.मा शनिबार भएको निर्वाचनमा यादव भारी मतले विजय हुनुभएको हो । अध्यक्ष सहित ३० पदमा स्पष्ट प्यानल सहित २ प्यानलबाट ६० जनाले उम्मेदवारी दर्ता गराएका थिए । कुल ११ सय […]

स्थानीय तहमा पर्याप्त कर्मचारी व्यवस्था गर्न निर्वाचन आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं, फागुन २९ – निर्वाचन आयोगले अहिले कायम भएका ७ सय ४४ वटा स्थानीय तहमा आगामी चैत ३ गतेभित्रमा पर्याप्त कर्मचारी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।आयोगको शनिबार बसेको बैठकले आपसी समन्वय गरी कर्मचारीको व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । साथै संघीय […]

बाँके लगायत देशभर आज मोर्चाको बन्दको आह्वान

बाँके,फागुन २७- सप्तरीमा भएको घटनाको विरोधमा मधेशी मोर्चाले आज देशव्यापी बन्दको आह्वान गरेको छ । घटनाको विरोध स्वरुप बन्द आश्वान गरिएको मोर्चा बाँकेले जनाएको छ । मोर्चाले यसअघि फागुन २४ र २५ गते दुई दिन सम्म मधेश बन्द आह्वान गरेको थियो । संघिय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्धिन राईले केन्द्रिय कार्यक्रम अन्तर्गत आज बाँकेमा पनि […]

मन्त्रिपरिषद विस्तार :राप्रपाका थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रीमा नियुक्त

काठमाण्डौ,फागुन २६- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारकाक्रममा थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गर्नु भएको हो । माओवादी केन्द्रको कोटाका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर सो मन्त्रालय थापालाई दिइएको हो । यस्तै, नेपाली कांग्रेसको कोटाका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई फिर्ता […]

कञ्चनपुरमा भारतीय एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु : गोली नहानेको भारतको दाबी

कन्चनपुर, फागुन २६ – कल्भर्ट निर्माणका विषययमा कन्चनपुरको नेपाल–भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाउँदा विहीबार एकजनाको मृत्यु भएको छ ।गोली लागेर ज्यान गुमाउनेमा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतम रहेका छन् । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सीपी अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषणा […]

एनसेल कर छलीमा सघाउ पुग्ने गरी मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं,फागुन २६ – सरकारले एनसेल बिक्रीमा पुँजीगत लाभकर छलीलाई सघाउ पुर्‍याउने प्रकृतिको निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राखेको मौखिक प्रस्तावमा केही मन्त्रीको विरोधका बाबजुत प्रधानमन्त्री पुष्पकमल दाहालले कर छलीलाई नै सघाउ पुर्‍याउने खालको निर्णय गरेका हुन्। मन्त्रिपरिषद्ले बिक्रेता कम्पनी टेलियासेनेराबाट लाभकर असुल गर्नुपर्ने निर्णय गरेकाले कर छलीमा सघाउ पुग्ने […]

सप्तरी घटनामा मृतकका परिवारलाई १०र१० लाख दिने सरकारको निर्णय

काठमाडौं, फागुन २५ – सरकारले सप्तरी घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।समितिमा को–को रहने भन्ने चाहीँ खुलाइएको छैन । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको छ । यस्तै सप्तरी घटनामा मृतकका परिवारलाई […]